आर्थिक

    Showing ३१-४० of १,१७० items.
  • २ घण्टामा ७ अंक बढ्यो नेप्से, १ अर्ब ५५ करोड रुपैयाँको शेयर किनबेच

    इटहरी ।आज दुई घण्टाको अवधिमा नेप्से ७ अंक हाराहारी बढेर विभिन्न कम्पनीको शेयर किनबेच भइरहेको छ । सो अवधिमा १ अर्ब ५५ करोड ६० लाख ६३ हजार रुपैयाँको शेयर किनबेच भएको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार सबैभन्दा धेरै लिबर्टी हाइड्रोपावरको १६ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।सूचक बढेको बजारमा सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक अर्थात् १० प्रतिशत हाराहारी बढेको छ ।गणपति लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात् ७ प्रतिशत हाराहारी घटेको छ ।

    • प्रकाशित मितिः भदौ २६, २०८३
    • १०० पटक पढिएको
  • आज पनि घट्यो नेप्से

    इटहरी । आज पनि नेप्से परिसूचक घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १३.८५ अंक घटेर २५३१.५५ विन्दुमा अडिएको छ ।हिजो ४ अर्ब १९ करोड रुपैयाँको शेयर किनबेच भएकोमा आज ३४१ स्टकको ४४ हजार १९८ पटकको कारोबारमा ४ अर्ब ९ लाख ७१ हजार ८९८ रुपैयाँको १ करोड ५ लाख ८८ हजार ६५३ कित्ता शेयर किनबेच भएको छ ।घटेको बजारमा आज लिबर्टी इनर्जीको शेयरमूल्य १५ प्रतिशत बढेको छ । सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक १५ प्रतिशत घटेको छ ।सबैभन्दा धेरै शेयरमूल्य बढेको लिबर्टी इनर्जीको सर्वाधिक ४५ करोड ४८ लाख ८८ हजार ६३० रुपैयाँको शेयर कारोबार भएको छ ।बजार घटेसँगै समग्र बजार पूँजीकरण ४३ खर्ब ५४ अर्ब ६० करोड ३१ लाख ८१ हजार

    • प्रकाशित मितिः भदौ २५, २०८३
    • ८१ पटक पढिएको
  • घट्यो शेयर बजार सूचक, सबै समूह राताम्य

    इटहरी ।  पछिल्लो चार कारोबार दिनदेखि बढिरहेको शेयर बजार हिजो घटेको छ । हिजो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.६० प्रतिशत अर्थात् १५.४३ अंक घटेर २ हजार ५४५.४० अंकमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३५२ स्टकको १ करोड ९ लाख ६५ हजार ५४२ कित्ता शेयर ५० हजार ८०४ पटक किनबेच हुँदा ४ अर्ब १९ करोड ८९ लाख २१ हजार ३९ रुपैयाँको शेयर किनबेच भएको छ । अघिल्लो दिन ३ अर्ब ८३ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।नेप्सेमा वर्गीकृत १३ वटै समूहमा रातो पोतिँदा विकास बैंक समूह सर्वाधिक अर्थात् २.३७ प्रतिशतले घटेको थियो ।बुधबार पनि रिलायन्स स्पीनिङ मिल्सको सर्वाधिक अर्थात् ४२ करोड ७६ लाख ७४ हजार १९४

    • प्रकाशित मितिः भदौ २५, २०८३
    • ८४ पटक पढिएको
  • इटहरी सुनसरी लियो क्लबले दियो रसुवाका बाढीपीडितका लागि ३८ हजार रुपैयाँ

    इटहरीः रसुवामा बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले इटहरी सुनसरी लियो क्लबले सञ्चालन गरेको अभियानबाट ३८ हजार ३ सय ५२ रुपैयाँ सङ्कलन भएको छ ।क्लबले सञ्चालन गरेको लस्सी वितरण तथा सहयोग सङ्कलन कार्यक्रममार्फत् सो रकम जुटाइएको हो । सङ्कलित सम्पूर्ण रकम कुनै पनि सञ्चालन खर्च कटौती नगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको क्लबले जनाएको छ ।कार्यक्रम सञ्चालनका क्रममा लागेको सम्पूर्ण खर्च भने क्लबका अध्यक्ष तथा पूर्व अध्यक्षहरूले व्यक्तिगत रूपमा बेहोरेको जनाइएको छ ।क्लबका अध्यक्ष लियो रिवाश बास्तोलाका अनुसार विपद्को समयमा सानो सहयोगले पनि प्रभावित परिवारमा ठूलो आश

    • प्रकाशित मितिः भदौ २५, २०८३
    • ९१ पटक पढिएको
  • शोभा गौतम पोखरा उद्योग वाणिज्य संघको पहिलो महिला अध्यक्षमा निर्वाचित

    पोखराः पोखरा उद्योग वाणिज्य संघको ७२ वर्षे इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न संघको ३६ औं महाधिवेशन तथा ७२ औं वार्षिक साधारणसभा पछि नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सोमबार साँझ सार्वजनिक गर्दै निर्वाचन समितिले शोभा गौतमलाई अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो ।गौतमले ७५१ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी अर्जुन पोखरेलले ६३६ मत ल्याउनुभयो । उत्तममान बुद्धाचार्यले ६०१ र बलराम आचार्यले २५३ मत ल्याउनुभएको थियो । गौतम संघ स्थापना भएको ७२ वर्षमा पहिलो महिला अध्यक्ष बन्नुभएको हो ।नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, उद

    • प्रकाशित मितिः भदौ २४, २०८३
    • ९७ पटक पढिएको
  • अर्काे कम्पनीको सिलिण्डर साटेर ग्यास दिन नसकिने व्यवसायीको भनाइ

    काठमाडौंः आफूहरूसँग सल्लाह नगरी नयाँ नियमको घोषणा गरिएको भन्दै एलपी ग्यासका उपभोक्ताले जुनसुकै कम्पनीको सिलिन्डर साट्न पाउने मन्त्रीको घोषणालाई व्यवसायीले अस्वीकार गरेका छन् ।नेपाल आयल निगममा भएको छलफलका क्रममा नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दले फरक कम्पनीको सिलिन्डर दिएर अर्को कम्पनीको सिलिन्डर साट्न नसकिने जनाउनुभएको हो ।उद्योगमन्त्री गौरी यादवले ग्यास उद्योगीहरूसँग छलफल नै नगरी एकतर्फी रूपमा जुनसुकै ब्रान्डको सिलिन्डर पनि साट्न दिने निर्देशन दिएको व्यवसायीको भनाइ छ ।

    • प्रकाशित मितिः भदौ २४, २०८३
    • १२२ पटक पढिएको
  • काठमाडौंमा जुनसुकै कम्पनीको ग्यास सिलिण्डर साट्न निर्देशन, अटेर गरे कारवाही

    काठमाडौंः उपत्यकामा देखिएको खाना पकाउने ग्यास (एलपी ग्यास) को आपूर्ति समस्यालाई समाधान गर्न सरकारले नयाँ र आपतकालीन व्यवस्था लागू गरेको छ । बाढीका कारण ढुवानी र आपूर्ति प्रणाली प्रभावित भई उपभोक्ताले ग्यास पाउन सास्ती व्यहोर्नुपरेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आयल निगम र ग्यास उद्योगीहरूसँग छलफल गरी नयाँ नियम लागू गर्न निर्देशन दिनुभएको हो ।अब उपत्यकाभित्र उपभोक्ताले जुनसुकै कम्पनीको खाली सिलिन्डर दिएर बजारमा उपलब्ध अर्को कम्पनीको भरिएको सिलिन्डर सोही तोकिएको मूल्यमा साट्न पाउनेछन् । आफूले प्रयोग गर्दै आएको ब्रान्ड बजारमा अभाव भएमा वा उपलब्ध नभएमा उपभोक्ताले अन्य ब्रा

    • प्रकाशित मितिः भदौ २४, २०८३
    • ७८ पटक पढिएको
  • घट्यो सुनचाँदीको दाम

    इटहरी ।  आज सुन र चाँदी दुवैको मूल्य घटेको छ ।आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँ घटेको छ । चाँदीको भाउ तोलामा ४० रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ २४, २०८३
    • ८८ पटक पढिएको
  • मुक्तिनाथले प्राप्ति गर्ने भएपछि १५ प्रतिशत घट्यो जानकी फाइनान्स र सिन्धु विकास बैंकको शेयरमूल्य

    इटहरी ।  वाणिज्य बैंकमा स्तरोन्नति हुने तयारीमा रहेको मुक्तिनाथ विकास बैंक लिमिटेडले एकैपटक दुई वित्तीय संस्थालाई प्राप्ति गर्ने रणनीति अघि बढाएको छ ।मुक्तिनाथले मधेश प्रदेशमा बलियो उपस्थिति रहेको जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धुपाल्चोक केन्द्रित सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौता गरेको छ । यो खबर सार्वजनिक भएलगत्तै खुलेको शेयर बजारमा यी तिनै कम्पनीको शेयर मूल्य घटेको छ । मुक्तिनाथको शेयरमूल्य सामान्य घटे पनि अन्य दुई कम्पनीको मूल्य १५ प्रतिशत घटेको छ ।मुक्तिनाथ विकास बैंकको दोलखा र सिन्धुपाल्चोक क्षेत्रमा उपस्थिति तुलनात्मक रूपमा कमजोर छ । मधेस प्रद

    • प्रकाशित मितिः भदौ २४, २०८३
    • ९६ पटक पढिएको
  • बढ्यो सुनचाँदीको दाम

    इटहरी ।  आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको भाउ तोलामा ३ हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा १०० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी आज तोलाको ४ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः भदौ २३, २०८३
    • १९० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल