काठमाडौं । विश्वव्यापी रूपमा पीएचपी प्रोग्रामिङमा देखिएका जोखिमका कारण नेपालको बैंकिङ प्रणाली पनि प्रभावित भएको छ ।
सम्भावित जोखिम ध्यानमा राख्दै नेपाल राष्ट्र बैंक र अधिकांश बैंक तथा वत्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक तथा रेमिट्यान्स कम्पनीले आफ्ना वेबसाइट डाउन गरेका छन् । कतिपयले भने वेबसाइटलाई अपडेट गरी पुन: सञ्चालन गरेको पनि जनाएका छन् ।
बैंकहरूले वेबसाइट बन्द गर्दा वेबमा आधारित सेवा अनलाइन बैंकिङ, खाता खोल्ने, केवाईसी अपडेट, कतिपय भुक्तानी प्रणालीका सेवा प्रभावित भएको बैंकरहरूले बताएका छन् ।
यो काम पूर्वसावधानीका लागि गरिएको र यसबाट हाललाई सर्वसाधारणको रकम र सूचनामा कुनै जोखिम नरहेको राष्ट्र बैंक र बैंकरहरूले भनाइ छ ।


















