इटहरी । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ । चाँदीको मूल्य भने घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो ।
आज सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले घटेर ३ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको छ ।

















