आर्थिक

    Showing ४५१-४६० of १,०५४ items.
  • शेयर बजारमा एक घण्टामा भयो १० अर्ब ८९ करोड रुपैयाँको कारोबार

    इटहरी । आज शेयर बजारमा उतारचढाव देखिएको छ । प्रि ओपनमा उच्च अंकले बढेको बजारमा त्यसपछि उतारचढाव देखिएको हो । बजार छिनमै घट्ने र छिनमै बढ्ने गर्दा कारोबार रकम उच्च भएको छ । एक घण्टामै १० अर्ब ८९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार दिउँसो १२ बजेसम्ममा नेप्से सूचक २ प्रतिशत अर्थात् ५७ दशमलव ७१ अंक घटेको छ । सो अवधिमा १० अर्ब ८९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।सबैभन्दा धेरै ङादी ग्रुप पावरको ४६ करोड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।उच्च कारोबार गर्ने अन्य कम्पनीमा रिडी पावर, आँखु खोला जलविद्युत कम्पनी, शिवम् सिमेण्ट र कुमारी बैंक रहेका छन् ।

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • २०१ पटक पढिएको
  • ‘घण्टी’लाई लगानीकर्ताले गरे स्वागत, लगातार तीन सकारात्मक सर्किटपछि १२ बजे नै बन्द भयो शेयर बजार

    इटहरी ।  चुनावी परिणामसँगै उत्साही भएका शेयर लगानीकर्ताले नेपालको शेयर बजारलाई लगातार हरियो झण्डा देखाइरहे । आज प्रि ओपनमै राम्रो अंकले बढेको शेयर बजार त्यसपछिका सर्किट ब्रेक पनि पार गर्दै ६ प्रतिशत बढेपछि १२ बजेर १ मिनेट जाँदा नै आजका लागि कारोबार बन्द भएको छ ।निर्वाचनको परिणामअनुसार रास्वपाको स्पष्ट बहुमतको सरकार बन्ने भएपछि शेयर बजारका लगानीकर्ता उत्साहित हुँदा आज बजार खुलेदेखि नै लगातार शेयर बजार बढेर २ मिनेट हाराहारीमात्रै कारोबार भएको हो ।बजार खुले लगत्तै ४ प्रतिशतले बढेको नेप्सेले २० मिनेटका लागि कारोबार स्थगन गरेको थियो । त्यसपछि खुलेको बजारमा फेरि आधा मिनेट कारोबार नभई ५ प्र

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • २१९ पटक पढिएको
  • घट्यो सुनको भाउ तोलामा ३७०० रुपैयाँ, चाँदीको ६५ रुपैयाँ

    इटहरी ।  नेपाली बजारमा आज सुनको भाउ प्रतितोला ३ हजार ७०० रुपैयाँले घटेर तोलाको ३ लाख १३ हजार २०० रुपैयाँ कायम भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ५ हजार ४१० रुपैयाँ तोकिएको छ ।

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • २०२ पटक पढिएको
  • आधा मिनेटमै शेयर बजारमा दोस्रो सकारात्मक सर्किट ब्रेक

    इटहरी ।  प्रि ओपन सेसनमा १ दशमलव ६४ प्रतिशत बढेको बजार नियमित कारोबार खुलेको १ मिनेट नबित्दै ४ प्रतिशत बढेर पहिलो सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार रोकिएको थियो ।२० मिनेटपछि खुलेको बजारमा आधा मिनेट नभई थप १ प्रतिशत बढेर ५ प्रतिशतको वृद्धि भएपछि पुनः ४० मिनेटका लागि शेयर कारोबार रोकिएको छ । अब १२ बजे मात्रै आजको बजार खुल्नेछ । त्यसपछि पनि थप १ प्रतिशत बढेमा आजका लागि शेयर कारोबार बन्द हुनेछ ।आज प्रि ओपन सेसनमा शेयर बजार १ दशमलव ६४ प्रतिशत बढेको थियो ।५ प्रतिशतले बढेको बजारमा रिलायन्स स्पिनिङ मिल्सबाहेक बाँकी सबै कम्पनीको शेयरमूल्य बढेको छ । बजार ४ प्रतिशत बढ्दा सबैभन्दा धेरै

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • १३२ पटक पढिएको
  • चुनावपछिको शेयर बजारः बजार खुलेको १ मिनेटमै ४ प्रतिशत बढेपछि २० मिनेटलाई कारोबार बन्द

    विराटचोकः फागुन १९ गते खुलेको शेयर बजार त्यसपछि आज खुलेको छ । फागुन २० देखि २२ सम्म चुनाव बिदा, २३ गते शनिबार, २४ गते नारी दिवसको बिदापछि आज बजार खुलेको हो । आज बजार खुलेको १ मिनेटमै ४ प्रतिशत बढेपछि सर्किट ब्रेक लगाएर २० मिनेटको लागि बजार रोकिएको छ ।निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम मत परिणाम सार्वजनिक भइसक्न लागेको र रास्वपाले झण्डै दुई तिहाइ हाराहारी सिट ल्याउने सङ्केतका बीच बजार खुलेको हो । चुनावपछिको पहिलो कारोबारको दिन आज शेयर बजार खुलेको १ मिनेटमै ४ प्रतिशत अर्थात् १०८ दशमलव ६० अङ्क बढेको हो । बजार २८२१ दशमलव १० बिन्दुमा पुगेको छ ।११ बजेर १ मिनेट जाँदा २० मिनेटका लागि कारोबार रोकिए

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • १७५ पटक पढिएको
  • रास्वपालाई नेप्सेको हरियो झण्डा, प्रि ओपन सेसनमा १ दशमलव ६४ प्रतिशतले बढ्यो बजार

    विराटचोकः विराटचोकः फागुन १९ गते खुलेको शेयर बजार त्यसपछि आज खुलेको छ । फागुन २० देखि २२ सम्म चुनाव बिदा, २३ गते शनिबार, २४ गते नारी दिवसको बिदापछि आज बजार खुलेको हो ।निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम मत परिणाम सार्वजनिक भइसक्न लागेको र रास्वपाले झण्डै दुई तिहाइ हाराहारी सिट ल्याउने सङ्केतका बीच बजार खुलेको हो । चुनावपछिको पहिलो कारोबारको दिन आज शेयर बजारको प्रि ओपन सेसनमा १ दशमलव ६४ प्रतिशत अर्थात् ४४ दशमलव ६३ अङ्क बढेर २७५७ दशमव १२ अङ्कमा रोकिएको छ ।कारोबार भएका ११८ कम्पनीको शेयर मूल्य बढेको छ । ३ कम्पनीको घटेको छ भने तीन कम्पनीको स्थिर रहेको छ ।

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • २०९ पटक पढिएको
  • तोलामा ४२०० रुपैयाँ घट्यो सुनको भाउ

    इटहरी ।  आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट भएको छ । आज सुन प्रतितोला ४ हजार २०० रुपैयाँ र चाँदी तोलामा ९५ रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ५ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १४५ पटक पढिएको
  • निर्वाचन अवधिमा पनि बैंकिङ सेवा उपलब्ध हुने

    काठमाडौंः बैंक तथा वित्तीय संस्थाहरुले निर्वाचन अवधिमा पनि बैंकिङ सेवा उपलब्ध गराउने भएका छन् ।नेपाल राष्ट्र बैंकले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गरी वित्तीय सेवा सञ्चालन गरिदिन अनुरोध गरेपछि सार्वजनिक बिदाका दिनमा पनि सेवा उपलब्ध हुने भएको हो ।फागुन २१ गते हुने निर्वाचनका लागि सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गरेको छ । त्यस्तै, फागुन १८ गते हिमाली तथा पहाडी र १९ गते तराईका जिल्लामा होली पर्वको सार्वजनिक बिदा रहेको छ । सो अवधिमा बैंकिङ सेवा सञ्चालन गर्न केन्द्रीय बैंकले निर्देशन दिएको हो ।त्यसैगरी निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता सञ्चालन गर्ने संस्थाहरुद्

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • १५७ पटक पढिएको
  • तोलामा ११ हजार रुपैयाँ घट्यो सुनको भाउ

    इटहरी । आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ११ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा २७५ रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ३ लाख १७ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ५ हजार ५४० रुपैयाँ निर्धारण भएको छ ।

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • २३५ पटक पढिएको
  • चुनावअघिको अन्तिम कारोबार दिन साढे ३८ अङ्कले बढ्यो शेयर बजार

    इटहरी ।  आज चुनावअघिको अन्तिम शेयर कारोबार दिन हो । आज नेपाली शेयर बजार ३८ दशमलव ५२ अङ्कले बढेर २७१२.४९ विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३२९ कम्पनीको १ करोड ५१ लाख ८४ हजार ६०७ कित्ता शेयर ६१ हजार ३२९ पटक किनबेच हुँदा ६ अर्ब २३ करोड ४३ लाख ८१ हजार ४८० रुपैयाँको शेयर कारोबार भएको छ ।व्यापारबाहेक सबै समूहमा हरियाली छाउँदा जलविद्युत समूह सर्वाधिक २.१३ प्रतिशतले बढेको छ । माइक्रोफाइनान्स समूह १.६६ प्रतिशत, बैंकिङ समूह १.६४ प्रतिशत, होटल तथा पर्यटन समूह १.६० प्रतिशत, विकास बैंक समूह १.५९ प्रतिशत, लगानी समूह १.५२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.४९ प्रतिशत, फाइनान्स समूह १.४३ प्रतिशत,

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • २३६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल