इटहरी ।  आज सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो । चाँदीको मूल्य भने तोलामा १२५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला २ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला ५ हजार ७० रुपैयाँ निर्धारण भएको छ ।