इटहरी । आज पनि सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ४ हजार १०० रुपैयाँ बढेको हो । चाँदीको भाउ तोलामा २४० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ३ लाख ४ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ५ हजार २५० रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा ९ हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३०० रुपैयाँ बढेको थियो ।
इटहरी । शुभम् पावर लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीहरूका लागि सुरक्षित गरिएको शेयरको ‘लक–इन’ अवधि आज माघ २६ गते सकिने भएको छ ।कम्पनीका अनुसार १४ लाख ३१ हजार ३० कित्ता शेयरको लक–इन अवधि सकिने भएको हो । लक–इन अवधि समाप्त भएपछि ती शेयरहरू दोस्रो बजार कारोबारका लागि योग्य हुनेछन् ।लक इन सकिने शेयरहरूमध्ये संस्थापक समूहको १४ लाख कित्ता रहेको छ । त्यसैगरी, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सुरक्षित गरिएको १९ हजार ४२० कित्ता र कर्मचारीहरूका लागि सुरक्षित ११ हजार ६१० कित्ता शेयर रहेको छ ।कम्पनीका सञ्चालकहरू र उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको
इटहरी । साताको पहिलो कारोबार दिन हिजो नेपाली शेयर बजार मापक परिसूचक नेप्से ०.३७ प्रतिशत अर्थात १०.२५ अंकले घटेर २ हजार ६९८.४४ अङ्कमा रोकिएको छ ।नेप्सेमा सूचीकृत मध्ये ३३० वटा कम्पनीको २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता शेयर १ लाख ११ हजार ९७८ पटक किनबेच हुँदा ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार १४३ रुपैयाँको कारोबार भएको छ ।नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये लगानी र अन्य समूह मात्रै क्रमशः ०.०८ र ०.४६ प्रतिशतले बढेको बजारमा होटल समूह सर्वाधिक अर्थात २.१३ प्रतिशतले घटेको थियो ।सुपर मादी हाईड्रोपावरको सर्वाधिक ५६ करोड ३ लाख ४८ हजार १५५ रुपैयाँको शेयर किनबेच भएको बजारमा आँखुखोला जलविद्युत्, रिड
इटहरी । हिजो झैँ आज पनि सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ४ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलामा २७० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ९१ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ७१० रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा ९ हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६२० रुपैयाँ घटेको थियो ।
इटहरी । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक १.०१ प्रतिशत अर्थात २७.१९ अङ्कले बढेर २ हजार ७०८.७० बिन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृतमध्ये ३२६ कम्पनीको ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता शेयर १ लाख ८ हजार ८१७ पटक किनबेच हुँदा ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार ८०० रुपैयाँको शेयर कारोबार भएको छ ।नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये व्यापारबाहेक सबै समूहमा हरियाली छाएको छ । निर्जीवन बीमा र अन्य समूह सर्वाधिक १.९८ प्रतिशतले बढ्दा व्यापार समूह ०.४८ प्रतिशतले घटेको थियो ।युनियन हाईड्रोको सर्वाधिक ५८ करोड ७७ लाख ६३ हजार ८६२ रुपैयाँको शेयर किनबेच भएको बजारमा राधी व
विराटनगर, — विराटनगरको बरगाछीस्थित ओमोडा एण्ड जेकु (Omoda & Jaecoo) शोरुममा आज आयोजित विशेष समारोहका बीच नयाँ पुस्ताको लाइफस्टाइल इलेक्ट्रिक SUV iCAUR V23 औपचारिक रूपमा सार्वजनिक गरिएको छ। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्रमुख अतिथिका रूपमा उपस्थित भई उक्त गाडीको भव्य अनावरण गर्नुभएको हो।विराटनगरका लागि iCAUR सवारी साधनको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि. ले सार्वजनिक गरेको यस गाडीको सुरुवाती मूल्य रु. ४९.९९ लाख तोकिएको छ। कार्यक्रममा शारडा ग्रुपका निर्देशक प्रदीप शारडा, SPG अटोमोबाइल्स प्रा.लि. का सहायक महाप्रबन्धक आशिष दाहाल, ग्राहकहरू, अटोमोबाइल क्षेत्रका प्र
काठमाडौंः जेनजी आन्दोलनका क्रममा क्षति भएको पाँच महिनापछि माघ २४ गते शनिबार कोटेश्वरको भाटभटेनी खुल्ने भएको छ । भदौ २४ गते आगजनी भएको कोटेश्वरस्थित भाटभटेनी त्यसपछि बन्द थियो ।‘आगजनीबाट क्षतिग्रस्त भएका आफ्ना स्टोरहरुमध्ये पहिलो चरणमा कोटेश्वर सुपरस्टोर पुनः सञ्चालनमा ल्याएको घोषणा गर्न पाउँदा खुसी लागेको छ,’ भाटभटेनीले एक विज्ञप्तिमार्फत् भनेको छ ।देशभर भाटभटेनी सुपरस्टोरका २० वटा स्टोरमा क्षति भएको थियो ।भाटभटेनीले जारी गरेको विज्ञप्तिमा कठिन घडीमा साथ, सहयोग र धैर्यका लागि सबै ग्राहक, स्थानीय समुदाय, सुरक्षा निकाय तथा सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।
इटहरी । आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ९ हजार ५०० रुपैयाँ घटेर फेरि तोलाको ३ लाख रुपैयाँभन्दा तल झरेको छ । चाँदीको भाउ पनि आज तोलामा ६२० रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ९५ हजार २०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ९८० रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा १४ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा २६५ रुपैयाँ बढेको थियो ।
विराटनगर । कोशी प्रदेशमा पर्यटन क्षेत्रको दिगो विकासका लागि स्पष्ट नीति, निजी क्षेत्रको नेतृत्व र सरकार–निजी–समुदायबीचको सहकार्य अपरिहार्य रहेको निष्कर्षका साथ ‘कोशी प्रदेशमा पर्यटन’ विषयक साझा संवाद कार्यक्रम सम्पन्न भएको छ। इनोभेट नेक्स्ट इम्प्याक्टको आयोजनामा विराटनगरस्थित पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशको सभाहलमा आयोजित कार्यक्रममा सरकारी निकाय, निजी क्षेत्र, पर्यटन व्यवसायी, शैक्षिक संस्थाका विद्यार्थी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रमको उद्घाटन सत्रमा स्वागत मन्तव्य दिँदै सहजीकरणकर्ता बसन्त अधिकारीले नेपालका प्रतिस्पर्धात्मक सबल पक्षहरूका रूपम
इटहरी । होटल फरेष्ट इन लिमिटेडले आज माघ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये ४ लाख कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीका लागि २ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि र ८० हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि निष्कासन गरी बाँडफाँड भइसकेको छ ।कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि बाँकी रहेको ३३ करोड २० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३३ लाख २० हजार कित्ता साधारण शेयर निष्का