खेलकुद

    Showing १४१-१५० of ५६२ items.
  • आईसीसी टी २० विश्वकपको दोस्रो खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित

    इटहरी ।  आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको छ । नेपालले दिएको १२४ रनको लक्ष्य इटलीले १२.४ ओभरमा पूरा गरेको हो ।नेपालको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमै दुई पटकको टी–२० विश्वकप विजेता इंग्ल्याण्ड विरुद्ध ४ रनले नेपाल पराजित भएको थियो । लगातार दुई हारपछि अंकविहीन नेपालको सुपर एट सम्भावना कमजोर बनेको छ । पहिलो खेलमा स्कटल्याण्ड विरुद्ध पराजित भएको इटलीले भने टी–२० विश्वकपमा आफ्नो पहिलो जीत हात पारेको हो ।यस संस्करणमा डेब्यु गर्ने एक मात्र टोली इटलीले विश्वकपमा आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको हो ।मुम्बईस्थित वानखे

    • प्रकाशित मितिः माघ २९, २०८२
    • २९२ पटक पढिएको
  • इटालीलाई नेपालले दियो १२४ रनको सामान्य लक्ष्य

    काठमाडाैं । मुम्बईको वानखेडे स्टेडियममा इटालीविरुद्ध विश्वकपको दोस्रो खेल खेलिरहेको नेपालले सामान्य रनको लक्ष्य दिएको छ। विकेट पतन रोक्न नसकेको नेपालले कमजोर मानिएको टोलीविरुद्ध २० ओभरमा १२३ रन मात्र बनाएको हो। इटालीले टस जितेर फिल्डिङ रोेजपछि ब्याटिङ गरेको नेपाली टोली ३ बलअगावै १ सय २३ रनमा अलआउट भयो। समूह चरणको पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीले इटालीविरुद्धको पहिलो इनिङसमा बिर्सनलायक प्रदर्शन गर्यो। लामो सट खेल्ने धुनमा रहेका नेपाली ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन्। सुपर ८ मा पुग्ने सम्भावना कायम राख्न जित्नै पर्ने दबाबमा रहेको खेलमा न

    • प्रकाशित मितिः माघ २९, २०८२
    • १७६ पटक पढिएको
  • इटलीविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै, दुवै टोली जीतको खोजीमा

    इटहरी ।  आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा इटलीविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्न शुरु गरेको छ ।इटलीका निमित्त कप्तान ह्यारी मानेन्तीले टस जितेर पहिले बलिङको निर्णय गरेका हुन् । नियमित कप्तान वायन म्याड्सेन चोटका कारण उपलब्ध छैनन् ।नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग हार बेहोरेको थियो । इटली पनि पहिलो खेलमा स्कटलयान्डसँग पराजित भएको थियो । त्यसैले आज पहिलो जीतको खोजीमा दुवै टोली रहेका छन् ।नेपालले आज शेर मल्लको ठाउँमा ललित राजवंशीलाई टोलीमा समावेश गरेर एक जना खेलाडी परिवर्तन गरेको छ ।

    • प्रकाशित मितिः माघ २९, २०८२
    • २१७ पटक पढिएको
  • आइसीसी पुरुष टी २० विश्वकपमा आज नेपाल इटलीसँग खेल्दै

    इटहरी ।  भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी– २० विश्वकपमा नेपालले आफ्नो दोस्रो खेलमा आज इटलीको सामना गर्दै छ । खेल मुम्बईस्थित वानखेडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।नेपालले टी– २० अन्तर्राष्ट्रियमा पहिलो पटक इटलीको सामना गर्न लागेको हो । तर, एक दिवसीयमा भने नेपाल र इटालीबीच तीन खेल भइसकेका छन् । जसमा तीनै खेल नेपालले आफ्नो पक्षमा पारेको छ ।नेपाल र इटलीबीचको पहिलो भेट सन् २००५ को विश्वकप छनोट सिरिज डिभिजन २ मा भएको थियो । उक्त भेटमा नेपालले इटलीलाई ८८ रनले पराजित गरेको थियो । यसैगरी, सन् २०१० को विश्वकप लिग डिभिजन ४ मा नेपालले दोस्रोपटक इटलीको सामना गरको

    • प्रकाशित मितिः माघ २९, २०८२
    • १६७ पटक पढिएको
  • यस्ता छन् विश्वकप क्रिकेट खेल्दै गरेका नेपाली टिमका १५ खेलाडीका विशेषता

    इटहरी ।  शनिबारदेखि आइसीसी पुरुष टी २० विश्वकप क्रिकेट प्रतियोगिता शुरु भएको छ । नेपाली टिमबाट १५ जना खेलाडी सहभागी भएका छन् । प्रतियोगितामा नेपालले हिजो पहिलो खेल खेल्दा हार बेहोरेको छ । नेपालले अब तीन खेल खेल्न बाँकी छ ।यस्ता छन् नेपाली क्रिकेट टिमका १५ खेलाडीका विशेषताःकुशल भुर्तेल (ओपनिङ ब्याटर)कुशल भुर्तेल नेपाली क्रिकेट टोलीका आक्रामक ओपनिङ ब्याटर हुन् । पावर हिटिङ, छिटो स्कोर बनाउने र इनिङ्सलाई आक्रामक रूपमा शुरु गर्ने क्षमता पनि भुर्तेलमा छ ।भुर्तेलले फिल्डिङ र बलिङमा पनि योगदान दिन सक्ने हुनाले नेपाली टोलीलाई थप बलियो बनाउने नेपाली क्रिकेटप्रेमीको आशा छ ।आसिफ शेख (विकेटकिपर

    • प्रकाशित मितिः माघ २६, २०८२
    • २३५ पटक पढिएको
  • आईसीसी टी २० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

    इटहरी ।  आइसीसी पुरुष टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको छ ।आइतबार वानखाडे क्रिकेट स्टेडियममा इंग्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रन, लोकेश बम र कप्तान रोहित पौडेलले समान ३९–३९ रन बनाए ।बलिङतर्फ इंग्ल्याण्डका लागि लिम डसनले दुई विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्गल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।इङ्ल्यान्डका लागि जेकब वेथेलले ५५ रन र कप्तान हेरी बेकरले ५३ रन बनाए

    • प्रकाशित मितिः माघ २६, २०८२
    • १८० पटक पढिएको
  • यस्तो छ टी–२० विश्वकपमा नेपालको खेल इतिहास

    इटहरी । नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । त्यसबेला विश्वकप खेलेका खेलाडी सोमपाल कामी हालसम्म पनि खेलिरहने एकमात्र खेलाडी हुन् ।सोमपालसँगै त्यसबेला विश्वकप खेलेका कप्तान पारस खड्का हाल नेपाली क्रिकेटको अभिभावक संस्था क्यानमा सचिवका रूपमा छन् । त्यसबेलाका उपकप्तान ज्ञानेन्द्र मल्ल केही समय अघिसम्म सहायक प्रशिक्षकका रूपमा थिए ।नेपालले सन् २०१४ मा हङकङ र अफगानिस्तानलाई पराजित गरे पनि बंगलादेशसँग पराजित भएपछि अगाडिको यात्रा रोकिएको थियो । बंगलादेश हङकङसँग पराजित भए पनि नेपालसँग अङ्क बराबर भए पनि नेट रनरेटमा केही अगाडि रहेकाले दोस्रो चरणमा प्रवेश गरेको थिय

    • प्रकाशित मितिः माघ २६, २०८२
    • १४६ पटक पढिएको
  • टी २० विश्वकपको समूह चरणमा नेपालको लक्ष्य सुपर ८ को

    इटहरी ।  नेपालले टी २० विश्वकपको दशौं संस्करणको छनोट प्रतियोगिताअन्तर्गत पहिलो खेल आज खेल्दैछ । यसअघि सहभागी दुवै विश्वकपमा समूह चरण पार गर्न नसकेको नेपाली टोलीले यसपटक भने सुपर ८ सम्म पुग्ने लक्ष्य लिएर तयारी गरिरहेको छ ।नेपालको समूहमा यसअघि बंगलादेश रहेकोमा बंगलादेश हटेपछि स्कटल्यान्ड समावेश भएकाले नेपालका लागि केही सहज हुन सक्ने देखिन्छ । नेपाली टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले पनि अघिल्लोपटक विश्वकपमा खेलिसकेको हुँदा त्यसमा बटुलेको अनुभव र सिकेका कुरालाई प्रयोग गरेर यसपटक अघिल्लो चरणमा पुग्ने नेपालले लक्ष्य राखेको छ ।यसपटक समूह चरण पार गरेर सुपर ८ मा पुग्न सफल भएमा आगामी विश्व

    • प्रकाशित मितिः माघ २५, २०८२
    • १६२ पटक पढिएको
  • नेपालले टी २० विश्वकपको दशौं संस्करणको पहिलो खेल आज खेल्दै

    इटहरी ।  नेपाली क्रिकेट टोलीले हिजोदेखि शुरु भएको दशौं संस्करणको टी २० विश्वकपमा आफ्नो पहिलो खेल आज खेल्दै छ ।दुई पटकको विश्वविजेता टोली इंग्ल्यान्डसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ । मुम्बईस्थित वानखेडे रङ्गशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । नेपालले २९ माघमा दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ भने २ फागुनमा पूर्वविजेता वेस्ट इन्डिज र ४ फागुनमा स्कटल्यान्डसँग खेल्नेछ ।प्रतियोगितामा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्यान्ड्स रहेका छन् । समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ

    • प्रकाशित मितिः माघ २५, २०८२
    • २६५ पटक पढिएको
  • यी हुन् टी–२० विश्वकप २०२६ खेल्ने नेपाली टोलीका १५ खेलाडी, ५ खेलाडी पहिलो पटक विश्वकप खेल्दै

    इटहरी ।  दशौं संस्करणको आइसिसी टी–२० विश्वकप २०२६ भारत र श्रीलंकमा हिजो शुरु भएको छ ।यो प्रतियोगितामा नेपाल तेस्रो पटक सहभागी भएको छ । समूह ‘सी’ मा रहेको नेपालले विश्वविजेताद्वय इंग्ल्यान्ड र वेस्ट इन्डिजसहित स्कटल्यान्ड र इटालीसँग प्रतिस्पर्धा गर्ने भएको छ ।नेपालले समूहका आफ्ना चारै खेल मुम्बईस्थित वाङखेडे रंगशालामा खेल्नेछ ।५ जना खेलाडी पहिलो पटक खेल्दैविश्वकप खेल्ने नेपालको १५ सदस्यीय टोलीमा शेर मल्लसहित ५ जना खेलाडी डेब्यु गर्न बाँकी खेलाडी हुन् । सोमपाल कामीले तेस्रो पटक टी–२० विश्वकप खेल्दैछन् भने ९ खेलाडीले दोस्रो पटक विश्वकप खेल्न लागेका छन् । आरिफ शेख, बसिर अहमद, नन्दन यादव,

    • प्रकाशित मितिः माघ २४, २०८२
    • २४५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल