इटहरी । स्पेनले २०२६ फिफा विश्वकपको अन्तिम–१६ मा पोर्चुगललाई १–० ले पराजित गर्दै विश्वकप इतिहासमा लगातार सबैभन्दा धेरै खेलमा गोल नखाएको नयाँ कीर्तिमान बनाएको छ ।डलासमा सोमबार भएको खेलमा स्पेनले लगातार छ खेलसम्म विपक्षीलाई गोल गर्न नदिई नयाँ इतिहास रचेको हो ।स्पेनका गोलकिपर उनाइ सिमोनविरुद्ध पछिल्ला ६०९ मिनेटदेखि कुनै पनि खेलाडीले गोल गर्न सकेका छैनन् ।यो कीर्तिमानको सुरुआत सन् २०२२ को विश्वकपबाट भएको थियो । त्यसबेला स्पेनले अन्तिम–१६ मा मोरक्कोसँग निर्धारित समयमा ०–० को बराबरी खेलेको थियो ।पेनाल्टी सुटआउटमा पराजित भए पनि यो खेललाई आधिकारिक रूपमा क्लिन सिटका रूपमा गणना गरिएको थियो ।जारी वि
इटहरी । फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमीफाइनलमा प्रवेश गरेको छ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्स फिफा विश्वकप २०२६ को सेमीफाइनलमा प्रवेश गरेको हो ।अमेरिकाको बोस्टन स्टेडियममा आज बिहान भएको पहिलो क्वाटरफाइनलको मध्यान्तरपछिको खेलमा फ्रान्सका दुवै फरवार्डले गोल गरेका थिए ।चार वर्षअघि कतारमा भएको विश्वकपमा फ्रान्स र मोरक्को सेमीफाइनलमा भिडेका थिए । जसमा फ्रान्स विजयी हुँदै फाइनल पुगेको थियो । यस पटक ती दुई टोलीको क्वाटरफाइनलमै भेट हुँदा नतिजा दोहोरिएको हो ।यो हारपछि अन्तर्राष्ट्रिय फुटबलमा मोरक्कोको लगातारको ३४ खेलको अपराजित
इटहरी । फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा पुग्ने टिमको टुङ्गो लागेको छ ।क्वाटरफाइनलमा युरोपबाट सर्वाधिक ६ टिम पुग्दा दक्षिण अमेरिका र अफ्रिकाबाट १–१ टिम मात्र पुगेका छन् ।पाँच पटकको विजेता ब्राजिलसँगै तीनवटै आयोजक राष्ट्रहरु अमेरिका, मेक्सिको र क्यानडा अन्तिम १६ बाटै बाहिरिएका छन् । पोर्चुगल पनि अन्तिम १६ बाटै बाहिरिएको छ ।साविक विजेता अर्जेन्टिनासहित पूर्व विजेताहरु फ्रान्स, स्पेन र इंग्ल्यान्डले पनि अन्तिम ८ मा स्थान बनाएका छन् ।यस संस्करणमा कीर्तिमानी पाँच पटकको विजेता ब्राजिल पराजित हुँदै बाहिरियो । नर्वे र मोरक्कोले पनि भई बाहिरियो ।मोरक्कोले सहआयोजक क्यानडालाई ३–० ले हराएर लग
इटहरी । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भएको राउन्ड अफ १६ को अन्तिम खेलको पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै स्वीट्जरल्यान्ड ७२ वर्षपछि क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।पेनाल्टी सुटआउटमा कोलम्बियाका जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गरे । डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजले पेनाल्टीमा गोल गर्न असफल भए ।स्वीट्जरल्यान्डका ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले गोल गर्दा म्यानुअल अकांजीले गोल गर्न सकेनन
इटहरी । खेलको ७९ औँ मिनेटसम्म २ गोलले पछि परेको अर्जेन्टिना त्यसपछिको ११ मिनेटमा ३ गोल गरी इजिप्टलाई ३–२ गोलले पछि पार्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा ७९ मिनेटसम्म २–० ले पछि परेको अर्जेन्टिनाले अन्तिम ११ मिनेटमा तीन गोल फर्काएको हो । खेलको ७९ मिनेटमा कप्तान लियोनल मेसीको पासमा क्रिस्टियन रोमेरोले हेडर गोल गरेका थिए ।त्यसको ५ मिनेटपछि मेसीले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा फर्काएका थिए । मध्यान्तरपछिको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जीत दिलाएका हुन् ।इजिप्टले खेलको १५ औं मिनेटमा नै
इटहरी । फिफा विश्वकप २०२६ अन्तर्गत अमेरिकाको सियाटल स्टेडियममा मंगलबार बिहान भएको खेलमा घरेलु टोलीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा पुगेको छ ।बेल्जियको जीतमा चाल्र्स डे केटलेरले दुई, हान्स भानकेन र रोमेलु लुकाकुले एकएक गोल गरेका थिए ।खेलको नवौं मिनेटमा चाल्र्स डे केटलेरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३१ औं मिनेटमा मलिक टिलम्यानले फ्रिकिकमार्फत गोल गर्दै अमेरिकालाई बराबरीमा फर्काएका थिए ।पुनः दुई मिनेटमै बेल्जियमका केटलेरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अगाडि बढाएका थिए । खेलको ५७ औं मिनेटमा भानकेनले तेस्रो गोल गरेका थिए
इटहरी । अमेरिकाको डलास स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पोर्चुगललाई १–० ले पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।मध्यान्तरपछिको अतिरिक्त समयको पहिलो मिनेटमा स्पेनका मिकेल मेरिनोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो हारसँगै पोर्चुगल अन्तिम १६ बाट बाहिरिएको छ ।यसअघि सन् २०२२ को विश्वकपमा पोर्चुगल क्वार्टरफाइनलसम्म पुगेको थियो । स्पेन १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सन् २०१० मा विश्व च्याम्पियन बनेको स्पेन त्यसयता क्वार्टरफाइनलमा पुग्न सकेको थिएन ।सन् २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको स्पेन २०१८ र २०२२ को विश्वक
इटहरी । विश्वकप फुटबल २०२६ मा राउण्ड अफ ३२ सम्म कुनै गोल नखाएको आयोजक मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक राष्ट्र बनेको बनेको छ ।१० खेलाडीमा समेटिएको इंग्ल्यान्ड सहआयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डले अब क्वाटरफाइनलमा नर्वेसँग प्रतिष्पर्धा गर्नेछ ।मेक्सिकोको अज्टेका स्टेडियममा आज बिहान सम्पन्न खेलमा इंग्ल्यान्डका लागि जुड बेलिङहमले २ तथा कप्तान ह्यारी केनले १ गोल गरेका थिए ।मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमिनेजले १–१ गोल गरेका थिए ।आयोजक टोली क्यानडा पनि अन्तिम १६ बाटै बाहिरिइसकेको छ ।
इटहरी । पाँच पटक विश्वकप फुटबल जितिसकेको ब्राजिललाई पराजित गर्र्दै एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनसँगै नर्वे क्वार्टरफाइनलमा पुगेको छ ।नर्वेले पाँच पटकको विश्वविजेता ब्राजिललाई २–१ ले पराजित गरेको हो । खेलको ८० औं मिनेटमा आन्द्रेयास स्केल्डेरुपको सटीक क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै नर्वेका हालाण्डले आफ्नो टिमलाई १–० को अग्रता दिलाए ।खेलको ९० औँ मिनेटमा हालान्डले थप गोल गर्दै नर्वेको अग्रता दोब्बर बनाए । योसँगै हालान्डले यस विश्वकपमा आफ्नो गोल संख्या सात पुर्याएर सर्वाधिक गोलकर्तामध्ये एक बनेका छन् । अर्जेन्टिनाका लिओनल मेसी र फ्रान्सका केलियन एमबाप्पेले पनि जारी विश्वकपमा सम
विराटचोकः अमेरिकाको फिलाडेल्फिया स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै फ्रान्सले क्वार्टरफाइनलमा स्थान सुरक्षित बनााएको छ ।कप्तान किलियन एम्बाप्पेले खेलको ७० औं मिनेटमा गरेको एक मात्र गोल नै खेलको निर्णायक गोल बनेको थियो । एम्बाप्पेले पेनाल्टीमार्फत् गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । डिजायर डुएलाई पाराग्वेका खेलाडीले पेनाल्टी बक्सभित्र लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो ।जारी विश्वकपमा एम्बाप्पेको सातौं गोल हो । उनी अर्जेन्टिनाका लियोनल मेसीसँगै जारी विश्वकपमा सर्वाधिक गोल गर्ने सूचीमा शीर्ष स्थानमा छन् । एम्बाप्पे मेसीको विश्वकपको सर्वकालीन २० गोलको