खेलकुद

    Showing ३१-४० of ८१ items.
  • एसिया कपः उपाधिका लागि भारत र श्रीलंका भिड्दै

    काठमाडौँ । एसीसी एसिया कप क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा स्टेडियममा हुने फाइनलमा भारत र घरेलु टोली श्रीलंका भिड्दैछन् ।भारत र श्रीलंकाबीचको खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ ।सर्वाधिक सफल टिम भारत आठौंपटक एसिया कपको उपाधि उचाल्न चाहन्छ भने श्रीलंका सातौंपटक उपाधि जित्ने होडमा छ ।भारत र श्रीलंका आठौंपटक एसिया कपको उपाधिका लागि भिड्दैछन् । यसअघि श्रीलंकालाई पाँचपटक पछि पार्दै भारतले उपाधि जितेको छ ।यता श्रीलंकाले पनि तीनपटक फाइनलमा भारतलाई हराउँदै उपाधि जितेको छ । जारी प्रतियोगिताको सुपर फोरमा भने भारतले श्रीलंकालाई ४१ रनले

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • २८ पटक पढिएको
  • एसीसी यू—१९ प्रिमियर कप खेल्ने प्रारम्भिक टोलीको घोषणा

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिता बन्द प्रशिक्षणका लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले बिहीबार बन्द प्रशिक्षणका लागि २४ सदस्यीय टोलीको घोषणा गरेको हो ।घोषित टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्ब्रे, दिपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल, सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा रहेका छन् ।यसैगरी बन्द प्रशिक्षणका लागि घोषित टोलीमा प्रज्ज्वल थापा, तुलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादब, विपिन रावल, युनिससिंह ठकुरी, अशोक पौडेल, अविनाष तिवा

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • ३५ पटक पढिएको
  • एसिया कप क्रिकेटः पाकिस्तानलाई हराउँदै श्रीलङ्का फाइनलमा

    काठमाण्डौ । घरेलु टोली श्रीलङ्काले एसिया कपको सुपर फोर खेलमा पाकिस्तानमाथि दुई विकेटको रोमाञ्चक जितका साथ फाइनलमा स्थान बनाएको छ ।श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा भएको खेलमा श्रीलङ्का डकवर्थ लुइस पद्धतिअनुसार २ विकेटले विजयी भएको हो ।पाकिस्तानले दिएको २ सय ५२ रनको लक्ष्य श्रीलङ्काले निर्धारित ४२ ओभरको अन्तिम बलमा पूरा गर्यो । साविकको विजेता श्रीलङ्काले पर्सि आइतवार भारतसँग उपाधिका लागि खेल्ने छ ।भारत एक खेल अगावै शीर्ष स्थानमा रहँदै फाइनलमा पुगिसकेको छ । भारतले सुपर फोरको अन्तिम खेल भने आज बङ्लादेशसँग खेल्नेछ । 

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • ३६ पटक पढिएको
  • श्रीलङ्कालाई हराउँदै भारत एक खेलअघि नै एसिया कपको फाइनलमा

     काठमाण्डौ । श्रीलङ्कालाई हराउँदै भारत एक खेलअघि नै एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ ।मङ्गलवार कोलम्बोमा भएको सुपर फोर को खेलमा भारतले श्रीलङ्कालाई ४१ रनले हरायो । भारतले दिएको २ सय १४ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलङ्का ४१ ओभर ३ बलमा १ सय ७२ रनमा अल आउट भयो । श्रीलङ्काका लागि दुनिथ वेलालेगेले नटआउट ४२ रन बनाए । यस्तै धनन्जय डी सिल्भा ४१ रन बनाएर आउट भए । बलिङतर्फ भारतका कुलदीप यादवले ४ तथा हार्दिक पान्ड्या र रवीन्द्र जडेजाले २र२ विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारत ४९ ओभर १ बलमा २ सय १३ रन बनाउँदा अल आउट भयो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५३ रन

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • ३८ पटक पढिएको
  • आज पनि भारत र पाकिस्तानको खेल हुँदै

    काठमाडौं। एसिया कप क्रिकेटमा भारत र पाकिस्तानको खेल आज पनि हुँदैछ ।हिजो वर्षाका कारण स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुन लागेको हो । आज हिजो रोकिएकै ठाउँबाट खेल शुरु हुनेछ ।कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा वर्षा शुरु भएको थियो । आज भारतले खेल यहीबाट शुरु गर्नेछ ।भारत र पाकिस्तानबीचको खेलमा ‘रिजर्भ डे’ राखिएको थियो । आज हुन नसकेको अवस्थामा भने खेल रद्द हुँदै दुवै टोलीले एक–एक अङ्क बाँड्नेछन् । पाकिस्तानले सुपर फोरको पहिलो खेलमा बङ्लादेशलाई ७ विकेटले हराएको थियो । भारतले भने सुपर फोरको पहि

    • प्रकाशित मितिः भदौ २५, २०८०
    • ३७ पटक पढिएको
  • महिला विश्वकप फुटबल :दक्षिण अफ्रिकासँग बराबरीमा रोकिएपछि अप्ठ्यारोमा अर्जेन्टिना

    काठमाडौँ । नवौँ महिला विश्वकप फुटबल प्रतियोगिताको शुक्रबार खेलिएको खेलमा दक्षिण अफ्रिकाले अर्जेन्टिनालाई २—२ गोलको बराबरीमा रोकेको छ । समूहगत चरणको आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएपछि अर्जेन्टिना अप्ठ्यारोमा परेको छ । समूह ‘जी’ मा दुई खेल खेलेको अर्जेन्टिना एक अङ्कसहित चौथो स्थानमा छ । दुई खेलबाट एक अङ्क बटुलेको दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । एक खेल खेलेको स्विडेन तीन अङ्कसहित पहिलो र एक खेलबाटै तीन अङ्क जोडेको इटाली दोस्रो स्थानमा छन् । अर्जेन्टिना आफ्नो पहिलो खेलमा इटालीसँग १—० गोलले पराजित भएको थियो । अर्जेन्टिनाले समूहगत चरणको तेस्रो तथा अन्तिम खेल स्विडेनसँग खेल्नेछ । द

    • प्रकाशित मितिः श्रावण १२, २०८०
    • ३० पटक पढिएको
  • एसीसी इमर्जिङ एसिया कप सुरु : नेपाली अम्पायरले खेलाउँदै पहिलो खेल

    काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप बिहीबारदेखि श्रीलंकामा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन समूह ‘ए’ का दुई खेल हुँदैछन् । पहिलो खेलमा दुई टेस्ट राष्ट्र श्रीलंका र बंगलादेश भिड्दै छन् । यी दुबै टोलीले प्रतियोगितामा आफ्नो ‘ए’ टोली सहभागी गराएका छन् ।  उक्त खेलमा नेपालका बुद्धिबहादुर प्रधान अम्पायरको भूमिकामा छन् । प्रधानसँगै भारत र ओमानका अम्पायर पनि उक्त खेलमा सक्रिय छन् । ४७ वर्षीय प्रधानले हालसम्म ४४ एकदिवसीय खेलमा अम्पायर र एउटा एकदिवसीय खेलमा रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन् । इमर्जिङ कपको पहिलो दिन नै अफगानिस्तान र ओमानबीच पनि खेल हुँदैछ । पहिलो दिनको दुबै

    • प्रकाशित मितिः असार २८, २०८०
    • ५३ पटक पढिएको
  • आजदेखि विराटनगरमा राष्ट्रिय सफ्ट टेनिस हुने

    विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा आज(बुधबार) देखि प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता सुरु हुने भएको छ । प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा प्रतियोगिता हुने भएको हो । मोरङ जिल्ला सफ्ट टेनिस संघको संयोजनामा शहीद रंगशाला र विराटनगर जुट मिल्सको टेनिस कोर्टमा आगामी १६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ । संघका अध्यक्ष श्याम लामाले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । प्रतियोगितामा ५ वटा प्रदेशसहित ३ वटा विभागीय टोलीको सहभागिता रहने जानकारी लामाले दिए । उनका अनुसार कोसी, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाल पुलिस, सशस्त्र प्रहरी बल (एपिएफ

    • प्रकाशित मितिः असार १३, २०८०
    • ६६ पटक पढिएको
  • आज साफ च्याम्पियनसिप फुटबलमा नेपाल र पाकिस्तान भिड्दै

    काठमाडौँ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज (मंगलबार) पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। बैंगलोरस्थित  कांतिराव स्टेडियममा साविक उपविजेता नेपालले पाकिस्तानको सामना गर्नेछ । नेपाल र पाकिस्तानबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ।नेपाल र पाकिस्तान दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेको छ। त्यसैले दुई टोलीका लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ।समूह (ए) मा रहेको नेपाल २ खेलमा अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ। पाकिस्तान २ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ।पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थ

    • प्रकाशित मितिः असार १२, २०८०
    • ६२ पटक पढिएको
  • यू-१६ लिग फुटबल असार ३० गतेदेखि

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-१६ लिग असार ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । एन्फा र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिहरुसँगको छलफलपछि यू-१६ लिगको मिति टुंगो लगाइएको एन्फाले जनाएको छ ।  यसअघि एन्फा यू-१६ लिग असार २३ गतेदेखि सञ्चालन हुने भनिएको थियो । तर, त्यतिबेला अधिकांश विद्यालयमा परीक्षा सञ्चालन हुने भएकाले मिति सारेर असार ३० गते पुर्‍याइएको हो।यू-१६ लिगका लागि क्लबहरुले असार १२ गतेसम्म आफ्नो टिम दर्ता गराउनु पर्नेछ । यसैगरी क्लबहरुले असार २४ गतेभित्र क्लबहरुले खेलाडीको नाम दर्ता गराउनु पर्नेछ । त्यसपछि एन्फाले असार २५ गते खेल तालिका प्रकाशन गर्नेछ । एन्फाले यू-१६ लि

    • प्रकाशित मितिः असार ११, २०८०
    • ६६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि इटहरी द्रारा संचालित itaharikhabar.com

दर्ता न.: २२६९५२/२०७६/७७

सम्पर्क: 9852041138


Copyright © 2021 / 2024 / Itaharikhabar.com / All Rights Reserved.