काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेर पहिले फिल्डिङको निर्णय गरेको छ ।
कर्णालीका कप्तान सोमपाल कामीले टस जित्दै विराटनगर किंग्सलाई पहिले ब्याटिङ गर्न निम्ता दिएका हुन् । त्रिवि क्रिकेट मैदानमा छिटपुट वर्षा भइरहेकाले मैदानलाई त्रिपालले ढाकेर केही समय राखिएको थियो ।
अहिले खेल शुरु भइसकेको छ ।


















