खेलकुद

    Showing ६१-७० of ५७४ items.
  • ब्राजिल पुग्यो समूह ‘सी’ को शीर्ष स्थानमा, हाइटी बाहिरियो

    विराटचोकः समूह ‘सी’ को दोस्रो खेलमा जीतका नतिजासँगै ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ ।यो जीतसँगै ब्राजिल २ खेलबाट ४ अंक जोड्दै समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको हो ।फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा ब्राजिलले हाइटीलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।ब्राजिलको सहज जीतमा म्याथियस कुन्हाले दुई तथा भिनिसियस जुनियरले एक गोल गरे ।खेलको २३ औं मिनेटमा कुन्हाले गोल गर्दै ब्राजिललाई पहिलो अग्रता दिलाए ।त्यसपछि ३६ औं मिनेटमा कुन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । मध्यान्तरअघिको अतिरिक्त समयमा भिनिसियसले पुनः अर्काे गोल गरेका थिए ।मध्यान्तरपछि भने कुनै पनि समूहल

    • प्रकाशित मितिः असार ७, २०८३
    • १६६ पटक पढिएको
  • खेलको दोस्रो मिनेटमा गरेको गोलले स्कटल्यान्डलाई हराउँदै मोरक्को पुग्यो समूह ‘सी’ को शीर्ष स्थानमा

    इटहरी । दुई खेलबाट ४ अंक जोड्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा स्कटल्यान्डलाई १–० ले पराजित गर्दै मोरक्को समूहको शीर्ष स्थानमा उक्लिएको छ ।बोस्टन स्टेडियममा भएको खेलको दोस्रो मिनेटमा इस्माइल साइबारीले गरेको गोल नै मोरक्कोको जीतका लागि निर्णायक भएको थियो । आज पराजित स्कटल्यान्ड ३ अंकसहित समूहको दोस्रो स्थानमा छ ।मोरक्कोले नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ ।मोरक्कोले पहिलो खेलमा ब्राजिलसँग बराबरी खेलेको थियो । आज पराजित भएको स्कटल्याण्डले पहिलो खेलमा हाइटीलाई हराएको हुनाले उसको तीन अंक छ ।

    • प्रकाशित मितिः असार ६, २०८३
    • २२२ पटक पढिएको
  • जारी विश्वकपको समूह चरणमा अमेरिकाको लगातार दोस्रो जीत

    इटहरी ।  फिफा विश्वकप–२०२६ को समूह ‘डी’ अन्तर्गत सिएटलमा भएको खेलमा अस्ट्रेलियालाई २–० ले पराजित गर्दै लगातार दोस्रो जीत हात पार्दै अमेरिका जारी विश्वकप फुटबलको नकआउट चरणमा पुग्ने दोस्रो देश बनेको छ । यसअघि मेक्सिको नकआउट चरणमा पुगिसकेको छ ।दुई जीतसँगै अमेरिकाको ६ अंक रहेको छ । यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो । अमेरिकासँग हारे पनि अघिल्लो खेल जितेको अष्ट्रेलियाको दुई खेलबाट ३ अंक छ । पाराग्वे र टर्की अंकविहीन छन् ।अमेरिकाको जीतमा एलेक्स फ्रीम्यानले ४३ औँ मिनेटमा एक गोल गर्दा एक गोल अष्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसको आत्मघाती भएको थियो । खेलको ११

    • प्रकाशित मितिः असार ६, २०८३
    • १७६ पटक पढिएको
  • भोलिदेखि स्व. लायन नरनाथ सापकोटा स्मृति फुटसल प्रतियोगिता हुने

    इटहरीः स्वर्गीय लायन नरनाथ सापकोटाको योगदानको सम्मान गर्ने उद्देश्यले इटहरीमा आजदेखि “स्व. लायन नारनाथ सापकोटा स्मृति फुटसल प्रतियोगिता–२०८३” हुने भएको छ ।लियो डिस्ट्रिकट ३२५ सी नेपालको आयोजना लियो क्लब अफ इटहरी स्मार्ट सिटीको सहआयोजनामा प्रतियोगिता हुने भएको हो ।प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा परिषद्का डिस्ट्रिक्ट प्रेसिडेन्ट मनोज तिवारीले प्रतियोगिता केवल खेलकुदमा सीमित नभई युवाहरूको नेतृत्व विकास, अनुशासन, टीम–स्पिरिट र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो ।स्वर्गीय लायन नरनाथ सापकोटाले समाजसेवा तथा युवा नेतृत्व विकासमा पुर्य

    • प्रकाशित मितिः असार ५, २०८३
    • १८७ पटक पढिएको
  • लगातार दोस्रो जीतसँगै एक खेल अगावै सहआयोजक मेक्सिको पुग्यो विश्वकपको नकआउट चरणमा

    इटहरी ।  फिफा विश्वकप २०२६ को सहआयोजक राष्ट्र मेक्सिको एक खेल खेल्न बाँकी छँदै नक आउट चरणमा प्रवेश गरेको छ ।मेक्सिकोको ग्वाडलाजारा स्टेडियममा आज बिहान भएको खेलमा दक्षिण कोरियालाई १–० ले हराउँदै मेक्सिको एक खेलअगावै नकआउट चरणमा प्रवेश गरेको हो ।मेक्सिकोको जीतमा लुइस रोमोले निर्णायक गोल गरेका थिए । उनले खेलको ५० औं मिनेटमा गरेको गोल नै मेक्सिकोको जीतका लागि पर्याप्त भयो र समूह चरणको एक खेल खेल्न बाँकी रहँदै सो नक आउट चरणमा प्रवेश गर्याे ।समूह ‘ए’ बाट ६ अंक जोड्दै मेक्सिको नकआउट चरणमा पुग्दा आजको खेलमा पराजित भए पनि दक्षिण कोरियाको ३ अंक रहेकाले दक्षिण कोरियाको पनि नकआउट पुग्ने सम्भावना

    • प्रकाशित मितिः असार ५, २०८३
    • २११ पटक पढिएको
  • विश्वकपमा सहआयोजक क्यानडाको पहिलो जीत, कतारमाथि ६ गोलको वर्षा

    इटहरी ।  फिफा विश्वकप २०२६ को सह आयोजक क्यानडाले कतारलाई ६–० को गोल वर्षा गरी विश्वकपमा पहिलो जीत दर्ता गरेको छ ।क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा खेलमा जोनाथन डेभिडले ह्याट्रिक पूरा गरे भने साइले लारिन र नाथन सालिबाले एकएक गोल गरे । एक गोल भने आत्मघाती गोल भएको थियो । जारी विश्वकपको यो चौथो आत्मघाती गोल हो ।खेलको १६ औं मिनेटमा साइले लारिनले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए । त्यसपछि जोनाथन डेभिडले २९ औं मिनेटमा गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।३३ औं मिनेटमा हमाम अहमद रातो कार्ड मैदानबाट बाहिरिएपछि कतार १० खेलाडीमा सीमित बनेको थियो । मध्यान्तरअघि

    • प्रकाशित मितिः असार ५, २०८३
    • १९२ पटक पढिएको
  • बोस्नियालाई ४–१ गोलले पराजित गरेसँगै स्वीट्जरल्यान्ड समूहको शीर्ष स्थानमा, खेलको ७४ औँ मिनेटपछि भएका थिए सबै ५ गोल

    इटहरी । अमेरिकाको लस एन्जलसस्थित सोफाइ स्टेडियममा भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ ले पराजित गर्दै स्वीट्जरल्यान्डले जारी विश्कपमा पहिलो जीत दर्ता गरेको छ । समूह चरणको पहिलो खेलमा स्वीट्जरल्याण्ड कतारसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।अमेरिकाको लस एन्जलसस्थित सोफाइ स्टेडियममा भएको खेलमा स्वीट्जरल्यान्डका लागि जोहान मान्जाम्बीले दुई तथा रुबेन वर्गास र ग्रानिट जाकाले एकएक गोल गरेका थिए ।स्वीट्जरल्याण्डका जोहान मान्जाम्बीले खेलको ७४ औं मिनेटमा गोल गर्दै स्वीट्जरल्यान्डलाई पहिलो अग्रता दिलाएका थिए ।त्यसपछि ८० औं मिनेटमा बोस्निायाका तारिक मुहारेमोभिकले विपक्षी खेलाडीलाई लडाएपछि रात

    • प्रकाशित मितिः असार ५, २०८३
    • २७१ पटक पढिएको
  • फिफा विश्वकपः पहिलो चरणमा ब्राजिल, पोर्चुगल, स्पेन, जापान र नेदरल्यान्ड्सजस्ता टोलीले बराबरी खेलेपछि आगामी खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने

    खेमचन्द्र अधिकारीइटहरी । फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणका पहिलो राउण्डका खेल सम्पन्न भएका छन् । समूह चरण अन्तर्गत पहिलो राउण्डका खेल सकिँदा मेक्सिको, दक्षिण कोरिया, अमेरिका, जर्मनी, स्वीडेन, नर्वे, अर्जेन्टिना, कोलम्बिया तथा इङ्ग्ल्यान्डले विजयी सुरुआत गरेका छन् ।पहिलो राउण्डको खेलपछि विभिन्न समूहमा रोचक प्रतिस्पर्धा देखिएको छ । केही समूहमा सबै टोली बराबरीमा रोकिँदा दोस्रो खेलको महत्त्व झन् बढेको छ ।समूह ‘ए’ मा मेक्सिको र दक्षिण कोरिया समान ३–३ अंकसहित शीर्ष दुई स्थानमा छन् । चेक रिपब्लिक र दक्षिण अफ्रिका अंकविहीन अवस्थामा छन् ।समूह ‘बी’ सबैभन्दा प्रतिस्पर्धात्मक बनेको छ । क्यानडा,

    • प्रकाशित मितिः असार ४, २०८३
    • ३३७ पटक पढिएको
  • १ का विरुद्ध ३ गोल गर्दै उज्वेकिस्तानमाथि कोलम्बियाको जीत

    इटहरी ।  फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो पहिलो खेलमा उज्वेकिस्तानलाई १ का विरुद्ध ३ गोलले हराउँदै कोलम्बियाले जीत हासिल गरेको छ ।मेक्सिकोको ऐतिहासिक अज्टेका स्टेडियममा भएको समूह के को खेलमा कोलम्बियाका लागि डानिएल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले गोल गरेका थिए ।कोलम्बियाका डानिएल मुनोजले ४० औं मिनेटमा पहिलो गोल गरेका थिए ।विश्वकपमा डेब्यु गरिरहेको उज्बेकिस्तानका लागि अब्बोसबेक फेजुल्लाएभले ६० औं मिनेटमा बराबरी गोल फर्काएका थिए । उनी फिफा विश्वकपमा उज्बेकिस्तानका लागि गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।खेलको ६५ औँ मिनेटम कोलम्बियाका लुइस डियाजले थप गोल गर्दै गोलसंख्

    • प्रकाशित मितिः असार ४, २०८३
    • २३३ पटक पढिएको
  • फिफा विश्कपमा समूह ‘के’ का कंगो र पोर्चुगल १–१ गोलको बराबरीमा

    इटहरी । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कंगो डीआर र पोर्चुगलले १–१ को बराबरी नतिजा निकाल्दै अंक बाँडेका छन् ।खेलको छैटौँ मिनेटमै पोर्चुगलका पेड्रो नेटोको सुन्दर क्रसलाई जोआओ नेभेसले हेडमार्फत गोलमा परिणत गरेका थिए ।मध्यान्तरअघिको अतिरिक्त समयमा कंगोका योआने विसाले आर्थर मासुयाकुको क्रसमा उत्कृष्ट हेड गोल गर्दै खेललाई बराबरीमा लगेका थिए ।५२ वर्षअघि सन् १९७४ मा पहिलो पटक विश्वकप खेलेको कंगोले विश्वकपमा पहिलो गोल गर्न सन् २०२६ सम्म पर्खनुपरेको थियो ।पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले यस खेलमार्फत नयाँ इतिहास रचेका छन् । ४१ वर्ष १३२ दिनको उमेरमा मैदान उत्रिएका रोनाल्डो वि

    • प्रकाशित मितिः असार ४, २०८३
    • १५६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल