मनोरञ्जन

    Showing ९१-१०० of १४२ items.
  • परदेशीको कथा बोल्ने ‘परदेशी–२’को गीत सार्वजनिक (भिडियोसहित)

    काठमाडौँ । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’को नयाँ गीत ‘हिजो काम’  सार्वजनिक गरिएको छ । बडादसैँको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको गीतले परदेशीकै कथा बोलेको छ ।सतिश चापागाईँको शब्द, प्रशान्त तामाङको स्वर रहेको गीतमा बि।बि अनुरागीको सङ्गीत छ । गीतको श्याम श्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।गीतको भिडियोमा चलचित्रका शीर्ष कलाकार प्रकाश सपूत र दिलीप रायमाझीसँगै रमा थपलिया लगायतलाई प्रस्तुत गरिएको छ । नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको ‘परदेशी–२’मा प्रकाश र दिलीपसँगै प्रशान्त तामाङ, केकी अधिकारी, वर्

    • प्रकाशित मितिः असोज ३, २०८०
    • १६६ पटक पढिएको
  • बालगीत ‘पंखहरु’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौंँ । बालगीत ‘पंखहरु’ सार्वजनिक भएको छ । भास्कर स्वारको शब्द तथा स्वारकै र सुवास पौडेलको संगीत तथा एरेन्ज रहेको गीतमा सुर्याश कार्की, सहर्ष स्वार, वासवी भट्ट, समय भट्ट, रिबिस्का आचार्य, अब्य रेग्मी, प्रज्ञा पोखरेल, प्रतिभा ठकुरी, भेरी कुमार, आध्या पौडेल, प्रतिभा ठकुरी, सुप्रभ जोशी, कृषा लोहनी लगायतको स्वर रहेको छ ।गीतको भिडियोमा भने बालबालिकाको बिभिन्न क्रियाकलपा देखाईको छ । भिडियो रविन श्रेष्ठ, अभिषेक गिरी र इलेक्स श्रेष्ठले तयार पारेका हुन् ।भिडियोमा पनि बालगायक गायिका देखिएका छन् । गीतको रेकडिङ ५१५० स्टुडियोमा स्टीवन तामाङले गरेका हुन् । 

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • १७१ पटक पढिएको
  • स्वीजरल्याण्डको हिउँमा अनिलाको ‘बादलसँगै’ (भिडियोसहित)

    काठमाडौँ । गायिका अनिला राईले ‘बादलसँगै’ बोलको आफ्नो गीतको  भिडियो स्वीजरल्याण्डमा छायाँकन गरेकी छन् । उक्त गीतको भिडियोलाई उनले आफ्नै अफिसियल युट्युब च्यानल ‘अनिला राई अफिसियल’ मार्फत हालै सार्वजनिक गरेकी हुन् ।बेलायतलाई कर्मथलो बनाउँदै आएकी अनिला नेपाली गीतसंगीत क्षेत्रमा पनि सक्रिय रहँदै आएकी छन् । हालैका दिनमात्र उनका झण्डै एक दर्जन गीतको भिडियो शृंखलावद्ध रुपमा रिलिज भएको थियो । यसैबेला अनिलाले स्वीजरल्याण्ड घुम्न गएको मौकामा ‘बादलसँगै’ गीतको भिडियो निर्माण गरेकी हुन् ।गायिका अनिला केही साताअघि परिवारसहित स्वीजरल्याण्ड घुम्न गएकी थिइन् । सोही मौकामा ‘बादलसँगै’ गीतको भिडियो निर्म

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • १९१ पटक पढिएको
  • आदर्श मिश्रको ‘एकादेशको सहर’ गीत सार्वजनिक

    काठमाडौँ । कमेडियन आदर्श मिश्रको मुख्य अभिनय रहेको गीत एकादेशको सहर बजारमा आएको छ।   उक्त गीत सुरज महर्जनको स्वरमा सजिएको छ भने शब्द रचना र निर्देशन समेत उनकै रहेको छ।संयुक्ता महर्जनको निर्माण र राकेल मानन्धरको सहायक निर्देशन रहेको उक्त गीतलाई  विकास केसीले छायाङ्कन तथा सम्पादन गरेका छन् ।आदर्श मिश्र, महेन्द्र (मैन), निरज श्रेष्ठ र अर्चना श्रेष्ठको मुख्य भूमिका रहेको म्युजिक भिडियोमा हालको अवस्थामा जस्तोसुकै वर्गका व्यक्ति अन्तिममा आफ्नो भविष्य खोज्दै विदेशी भूमिमा पुग्नु परेको र तीनै बिदेसिएका व्यक्तिले पठाएको रेमिटेन्सले देशको अर्थतन्त्र धानिरहेको दृश्य देख्न सकिन्छ। 

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • १५६ पटक पढिएको
  • पुष्पको ‘निष्ठुरी’मा साक्षी (भिडियोसहित)

    काठमाडौँ । गायक तथा संगीतकार पुष्प गजमेरको ‘निष्ठुरी’ बोलको गीतको भिडियो बजारमा आएको छ । गीतमा शब्द, संगीत समेत गायक पुष्प गजमेरकै छ । चान्द सिंहको एरेन्ज रहेको गीतको भिडियोमा भिडियोमा साक्षी लम्साल र रमेश दियालीको अभिनय देख्न सकिन्छ । साक्षी पछिल्लो समय रुचाइएकी मोडल हुन् । थुप्रै भिडियो अभिनय गरेकी साक्षी यसमा अहिले सम्मकै फरक अबतारमा देखा परेकी छन् । प्रकाश धितालको निर्देशन रहेको भिडियो हिमालयन म्युजिक एकेडेमीले बजारमा ल्याएको हो । प्रवासमा रहेर नेपाली गति गाउदै आएका गायक गजमेरले यसअघि दर्जन बढी गीत बजारमा आएका छन् ।

    • प्रकाशित मितिः साउन ३२, २०८०
    • १७४ पटक पढिएको
  • डिबीको गजलमा रविना र भुवनको रोमान्स (भिडियोसहित)

    काठमाडौँ । गायक डिबी खड्काको स्वर रहेको गजल गीत ‘माया गरे झै गरी’ सार्वजनिक भएको छ । मनमोहक शैलीमा तयार ट्रयाजेटिका शब्दले भरिएको गीतमा शब्द तथा सङ्गीत भूपेन्द्र खत्रीको छ ।कुसल सिंहको सङ्गीत संयोजन रहेको गीतको भिडियो पनि बनेको छ । जसमा रविना केसी र भुवन श्रेष्ठको रोमान्स देख्न सकिन्छ । भिडियोमा उद्धव नेपाली, सिसेमी लिम्बु र कृष्ण चौलागाइको समेत अभिनय छ ।एक जोडी प्रेमीको प्रेम, रोमान्स र ट्रयाजेटी देखाएको भिडियो सुवास श्रेष्ठ प्रधानले निर्देशन गरेका हुन् । भिडियोमा विनोद तामाङको छायाङ्कन र  टेकेन्द्र शाहको सम्पादन  छ ।

    • प्रकाशित मितिः साउन ३२, २०८०
    • १६९ पटक पढिएको
  • ‘मेरो कथाको’मा रोमाण्टिक देखिए आकाश र उषा (भिडियोसहित)

    काठमाडौँ । अभिनेता आकाश श्रेष्ठ र मोडल उषा उप्रेतीको  प्रेम र रोमान्सले भरिपूर्ण गीत ‘मेरो कथाको’ सार्वजनिक भएको छ । गीतमा ‘द भ्वाइस अफ नेपाल सिजन–३’का विजेता गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको स्वर छ ।प्रेमील शैलीको गीतमा शब्द गीतकार गोपाल लोहार छ । गीतमा संगीत तथा संगीत संयोजन वरिष्ठ संगीतकार रन्जित गजमेरले गरेका छन् । सुदिप बरालको छायाँकन रहेको गगीतको भिडिया बन्दे प्रसादले सम्पादन गरेका हुन् ।कविराज गहतराजको कोरियोग्राफी र निर्देशनमा रहेको भिडियो गोलो प्रडक्शनले सार्वजनिक गरेकोछ । 

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • १७६ पटक पढिएको
  • रीता राउतको ‘तीजमै नाचिन्छ, कम्मर भाँचिन्छ’ तीज गीत सार्वजनिक (भिडियोसहित)

    इटहरी । नव गायिका रीता राउतको नयाँ तीज गीत तीजमै नाचिन्छ, कम्मर भाँचिन्छ सार्वजानिक भएको छ ।सुरेशचन्द्र दाहालको शब्द रचना, राजन क्षेत्रीको संगीत, विनोद बाजरालीको एरेन्ज रहेको गीत पूर्वेली इन्टरटेनमेन्टमार्फत हिजो  (आईतबार) सार्वजनिक भएको हो ।वसन्त बस्नेतको निर्देशन, विशाल श्रेष्ठको सम्पादन रहेको उक्त गीतमा रुपा थापाको अभिनय रहेको छ । गीत मोरङको सुन्दरहरैँचास्थित नयाँ वृन्दाबनको गौशालाका विभिन्न स्थानहरूमा छायांकन गरिएको छ ।

    • प्रकाशित मितिः साउन २९, २०८०
    • १,०४७ पटक पढिएको
  • ‘इलामैको चिया बगान’ मा जंगसँग नग्माको रोमान्स (भिडियोसहित)

    काठमाडौँ । गायक तथा संगीतकार किशोर शिवाकोटीको नयाँ गीत ‘इलामैको चिया बगान’ सार्वजनिक भएको छ । गीतमा गायक शिवाकोटीलाई गायिका बानिका प्रधानले स्वरमा साथ दिएकी छन् ।  सर्वजीत राई र शिव माप्चनको शब्द रहेको गीतमा एरेन्ज पविधन खालिङको छ । गीतको भिडियोमा इलामको सुन्दर दृश्य उतारिएको छ । चिया बगान भित्र हुने सुख दुःखका कथा समेटिएको भिडियो कमल राईले निर्देशन गरेका हुन् । भिडियोमा जंग मगर र नग्मा श्रेष्ठको अभिनय छ । भिडियोमा एक प्रेमीले जोडीको रोमाञ्चक प्रेमकथा पनि बुनिएको छ । भिडियोको छायांकन तथा सम्पादन योगेश दाहालले गरेका हुन् । भिडियोमा जंग र नग्माको अलावा रेनुका हुमागाई, दीपक रा

    • प्रकाशित मितिः साउन २९, २०८०
    • १८४ पटक पढिएको
  • सारिका घिमिरेको ‘कलियुग कि राधा’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौँ । सारिका घिमिरेको स्वरमा रहेको गीत ‘कलियुग कि राधा’ सार्वजनिक भएको छ । सारिकाकै शब्द तथा योगेशकाजी शाहको सङ्गीत–एरेञ्ज रहेको छ ।गम्भीर विष्टको निर्देशन रहेको गीतको भिडियोमा सारिकालाई नै फिचरिङ गरिएको छ । भिडियोमा दिनेश पराजुलीको छायाङ्कन र अनिता ग्वाचाको शृङ्गार छ । गीतको भिडियो सारिकाकै अफिसियल युट्युव च्यानलमार्फ सार्वजनिक गरिएको हो ।नायिका तथा गायिका सारिकाले पछिल्लो समय गायनमार्फत चर्चा बटुल्न सफल भएकी छिन् । 

    • प्रकाशित मितिः साउन १४, २०८०
    • १७७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल