राजनीति

    Showing १-१० of ९२७ items.
  • श्रम संस्कृति पार्टीले मनायो स्थापनाको पहिलो वार्षिकोत्सव

    फिदिमः श्रम संस्कृति पार्टीले स्थापनाको पहिलो वार्षिकोत्सव मनाएको छ ।२०८२ साल कात्तिक १६ गते निर्वाचन आयोगमा दर्ता भएको सो पार्टीले पाँचथरमा पहिलो स्थापना दिवस मनाएको हो ।पाँचथरमा र्याली तथा सरसफाइ कार्यक्रमपछि गणतन्त्र चोकमा पुगेर कोणसभा आयोजना गरिएको थियो ।

    • प्रकाशित मितिः कार्तिक २३, २०८३
    • ४६ पटक पढिएको
  • आईजीपी नियुक्तिपछि ओलीको टिप्पणीः सरकारले भनेको मान्ने मान्छे नियुक्ति गरेको होला

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गरेर नयाँ नियुक्ति गरेको विषयमा व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन् ।बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले सरकारले उनीहरूले भनेको मान्ने व्यक्ति भएकै कारण नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको हुन सक्ने टिप्पणी गरेका हुन् । सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएर एआईजी डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले पदमुक्त कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहका

    • प्रकाशित मितिः कार्तिक १८, २०८३
    • ७५ पटक पढिएको
  • काङ्ग्रेस नेतृ रुक्मीणि धिमाल श्रम संस्कृति पार्टीमा प्रवेश

    बेलबारीः मोरङको बेलबारी– ३ की काङ्ग्रेस नेतृ रुक्मीणि धिमाल श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको छ ।नेपाली काङ्ग्रेसमा सक्रिय पति राजेश धिमालको मृत्युपछि राजनीतिमा सक्रिय भएकी धिमाल २०७४ को स्थानीय चुनावमा बेलबारीको उपप्रमुखमा पराजित हुनुभएको थियो ।त्यसपछि उहाँ बेलबारी साना शहरी तथा खानेपानी संस्थाको अध्यक्ष चुनिनुभएको थियो ।वि. सं. २०७९ को स्थानीय निर्बाचनमा उहाँले पुनः नगर उपप्रमुखको उम्मेद्वारी दाबी गरे पनि टिकट पाउनुभएन । पुतली चुनाव चिह्न लिएर उहाँले बागी उम्मेद्वारी दिए पनि कांग्रेसका आधिकारिक उम्मेद्वार नितु थापा निर्वाचित हुनुभएको थियो ।पछिल्लो समय उहाँ काङ्ग्रेसमै सक्रिय हुँदै आउनु

    • प्रकाशित मितिः कार्तिक १४, २०८३
    • ६७ पटक पढिएको
  • कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार हुने

    काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ ।केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न १५ औं महाधिवेशनबाट निर्वाचित सभापतिबाहेकका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार गर्ने भएको हो ।निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बिहीबार दिउँसो २ बजे कांग्रेसको केन्द्रीय कार्यालयमा शपथ ग्रहण समारोह आयोजना गरिने जानकारी दिएका छन् ।निर्वाचन समितिले सोमबार सूचना प्रकाशित गरेर महाधिवेशनबाट निर्वाचन पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण समारोह उपस्थितिका लागि निमन्त्रणा गरेको छ ।१५ औ

    • प्रकाशित मितिः कार्तिक १०, २०८३
    • ९० पटक पढिएको
  • कांग्रेस इटहरी सभापति केसीलाई सम्मान

    इटहरी । नेपाली कांग्रेस इटहरी उपमहानगर सभापति विकास केसीलाई जनप्रतिनिधि बनेर इटहरी उपमहानगरपालिकाको नेतृत्व गर्न सुझाव दिइएको छ । जनता बहुमुखी क्याम्पस प्रजातन्त्रवादी प्राध्यापक संघले आयोजना गरेको कार्यक्रममा केसीलाई सम्मान गर्दै सहभागीहरूले यस्तो सुझाव दिएका हुन् ।जनता बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्षसमेत रहेका केसी नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सर्वसम्मत रूपमा नगर सभापति चयन भएपछि सम्मान गरिएको हो । कार्यक्रममा सहभागीहरूले सामाजिक संस्था र क्याम्पसको नेतृत्वमा सफल भूमिका निर्वाह गरेका केसीले अब जनप्रतिनिधिका रूपमा इटहरीको समग्र विकासको नेतृत्व गर्नुपर्ने धारणा राखेका थिए ।सम्म

    • प्रकाशित मितिः कार्तिक ९, २०८३
    • २२० पटक पढिएको
  • यस्तो बन्यो नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट नयाँ कार्यसमिति

    इटहरी । हालै सम्पन्न नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट गगनकुमार थापा सभापति पदमा निर्वाचित हुुनुभएको छ ।यस्तो छ कांग्रेसको नयाँ कार्यसमितिक. सभापति१. गगनकुमार थापाख. उपसभापति१. विश्वप्रकाश शर्मा (वरिष्ठ उपसभापति, निर्विरोध)२. पुष्पा भुसाल (महिला उपसभापति, निर्विरोध)३. डा. चन्द्रकान्त भण्डारी४.ई. मधु आचार्य५. विनोद चौधरीग. महामन्त्री१. प्रदीप पौडेल२. उदयशमशेर जबरा३. डा. डिला संग्रौला (पन्त) (महिला)घ. सहमहामन्त्री१. प्रतिमा गौतम (महिला)२. रामहरि खतिवडा (खुला)३. अजयबाबु शिवाकोटी (खुला)४. बहादुरसिंह लामा (तामाङ)५. प्रकाश रसाइली (स्नेही)६. अजयकुमार चौरसिया७. मनोजमणि आचार्य८. योगेन्द्र चौधरी

    • प्रकाशित मितिः कार्तिक ७, २०८३
    • १०५ पटक पढिएको
  • कांग्रेसले कोजाग्रत पूर्णिमामा यसपटक चियापान कार्यक्रम नगर्ने

    इटहरी । नेपाली कांग्रेसले यस पटकको कोजाग्रत पूर्णिमामा चियापान नगर्ने भएको छ ।कांग्रेस नेता बीपी कोइराला २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि ०३४ सालको कोजाग्रत पूर्णिमाको दिन सौहार्दता अभिवृद्धि र शुभकामना आदानप्रदान गर्न ‘चियापान समारोह’ आयोजना गरिएको थियो । त्यसपछि हरेक वर्ष नेपाली कांग्रेसले सोही तिथिमा चियापान कार्यक्रम गर्दै आएको छ ।विशेष परिस्थितिमा कुनैकुनै वर्ष सो कार्यक्रम स्थगित भएको छ । यस वर्ष पनि देशले शोकको सामना गरिरहेको स्थिति रहेको भन्दै कांग्रेसले सो कार्यक्रम स्थगित गरिएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी वि

    • प्रकाशित मितिः कार्तिक ७, २०८३
    • १८८ पटक पढिएको
  • कांग्रेस सभापति गगन थापाले लिए शपथ

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमबीच उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको मतगणना शुक्रबार दिउँसो सम्पन्न भएको थियो । मतगणनामा श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापा निर्वाचित भएका थिए । 

    • प्रकाशित मितिः असोज ३१, २०८३
    • ९३ पटक पढिएको
  • कांग्रेस दलित सहमहामन्त्रीमा प्रकाश रसाइली निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा दलित क्लस्टरतर्फको सहमहामन्त्री पदमा प्रकाश रसाइली (स्नेही) फराकिलो मतान्तरका साथ निर्वाचित भएका छन् ।केन्द्रीय निर्वाचन समितिका अनुसार स्नेहीले ४ हजार ८२१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।उनका निकटतम प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १२१ मत प्राप्त गरे भने अर्का उम्मेदवार नरेन्द्र पासवानले ७९६ मत पाए ।

    • प्रकाशित मितिः असोज २९, २०८३
    • ५४४ पटक पढिएको
  • कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरिबाबु महर्जनको अग्रता

    काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत खुल्ला तर्फको केन्द्रीय सदस्य पदको जारी मतगणनामा चिरिबाबु महर्जनले अग्रता लिएका छन् ।पछिल्लो मत परिणाम अनुसार महर्जन १ हजार ९३५ मत प्राप्त गरी पहिलो स्थानमा छन् । त्यसैगरी निष्कल राई १ हजार ८५८ मतका साथ दोस्रो र प्रा.डा. गोविन्दराज पोखरेल १ हजार ६८६ मतका साथ तेस्रो स्थानमा छन्।कांग्रेसमा खुला केन्द्रीय सदस्य ४५ जना चुनिने व्यवस्था छ । जसका लागि प्रतिस्पर्धामा ८९ जना उम्मेदवार छन् ।४५ औं स्थानसम्म रहेका उम्मेदवारहरूले हाल प्राप्त गरेको मत :चिरीबाबु महर्जन – १९३५निष्कल राई – १८५८प्रा.डा. गोविन्दराज पोखरेल – १६८६इन्द्रबहादुर बानियाँ – १६४६जितना

    • प्रकाशित मितिः असोज २८, २०८३
    • ८९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल