राजनीति

    Showing १४१-१५० of ९२७ items.
  • कोशी प्रदेशमा ५ जना नयाँ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

    विराटनगरः नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार सञ्चालनमा सहकार्य गर्ने गरी भएको तीन बुँदे सहमतिसँगै कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । सहमति बमोजिम आज नेकपा औपचारिक रूपमा सरकारमा सहभागी भएको हो । नेकपाले सरकारमा चार महत्वपूर्ण मन्त्रालयसहित पाँच जनालाई पठाएको छ, जसमा तीन जना महिला छन् ।नेकपाले गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुन, गीता तिम्सिनालाई सामाजिक विकास, खिनु लङ्वा लिम्बूलाई पर्यटन, वन तथा वातावरण र जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिने गरी सिफारिश गरेको थियो । सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीका रूपमा पठाएको

    • प्रकाशित मितिः भदौ १, २०८३
    • ३५८ पटक पढिएको
  • नेकपाले कोशीमा जीवन आचार्यसहित ५ जनालाई मन्त्री बनाउने

    विराटनगरः आन्तरिक छलफलपछि नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ ।नेकपा संयोजक प्रचण्डका छोरीज्वाइँ जीवन आचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनेछन् । उनी अघिल्लोपटक पनि मन्त्री थिए ।कोशी प्रदेश इञ्चार्ज राजेन्द्र राईका अनुसार गीता तिम्सिनालाई सामाजिक विकास मन्त्री बनाइने भएको छ । गोम्बु शेर्पाले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । खिनु लङ्वा लिम्बूलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।सपना दर्जीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीको जिम्मेवारी दिइने भएको छ । नयाँ मन्त्रीक

    • प्रकाशित मितिः भदौ १, २०८३
    • २०६ पटक पढिएको
  • उपचारका लागि गएका देउवा ५ महिनापछि फर्किए स्वदेश

    काठमाडौंः पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा ५ महिनापछि स्वदेश फर्केका छन् ।केहीबेर अघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका देउवालाई विमानस्थलमै नेताहरू पूर्णबहादुर खड्का, शशांक कोइराला, विमलेन्द्र निधी, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत, मीनबहादुर विश्वकर्मा, जीतजंग बस्नेत, कान्तिका सेजुवाल, ईश्वरी न्यौपाने लगायतले स्वागत गरेका थिए ।निर्वाचनभन्दा केही दिन अघि देउवा गत फागुनमा उपचारका लागि भनेर सिंगापुर र हङकङ बसेका थिए । हङकङबाट थाइल्याण्ड हुँदै देउवा आज नेपाल आएका हुन् ।देउवालाई बाजागाजासहित स्वागत गरि

    • प्रकाशित मितिः साउन २८, २०८३
    • १९७ पटक पढिएको
  • कोशीमा कांग्रेसका मन्त्रीले दिए मुख्यमन्त्री कार्कीसमक्ष सामुहिक राजीनामा

    विराटनगरः कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी मन्त्रीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष सामुहिक राजीनामा दिएका छन् ।राजीनामा बुझाउनेमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ पालुङ्वा रहेका छन् ।यससँगै मुख्यमन्त्री कार्की नेतृत्वको सरकारको आगामी स्वरूप र नयाँ राजनीतिक समीकरणबारे चासो बढेको छ । राजीनामापछि मुख्यमन्त्री कार्कीले सरकार पुनर्गठन तथा आगामी राजनीतिक सहकार्यबारे आवश्यक निर्णय लिने

    • प्रकाशित मितिः साउन २८, २०८३
    • २८४ पटक पढिएको
  • सुन्दरहरैंचाको प्रशासकीय भवन केन्द्र सार्न प्रदेश सरकारले दियो स्वीकृति

    इटहरी ।  शुक्रबार बसेको कोशी प्रदेश मन्त्रीपरिषदको बैठकले मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासकीय भवनको केन्द्र सार्न स्वीकृति प्रदान गरेको छ ।‘सुन्दरहरैँचा नगरपालिका मोरङको हाल रहेको केन्द्र १२ नम्बर वडामा छ । त्यसलाई ८ नम्बर वडामा लैजाने नगरपालिकाको सभाको सिफारिशलाई स्वीकृत गर्ने निर्णय भएको छ । साविक मृगौलिया ९ र हालको सुन्दरहरैंचा ८ मा प्रशासकीय भवनको केन्द्र बनाउन सहमति दिइएको कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः साउन २३, २०८३
    • १७२ पटक पढिएको
  • दुर्गा प्रसाईँ र धवल शमसेरले खोले नयाँ पार्टी, साउन २८ गते दर्ता गर्ने

    काठमाडौंः राप्रपा छोडेर छुट्टै अभियान सञ्चालन गरिरहेका डा. धवल शमशेर जबरा र अभियन्ता दुर्गा प्रसाईंले नयाँ पार्टी गठन गरेका छन् ।उनीहरूले पार्टीको नाम जय नेपाल पार्टी तय गरेका छन् । पार्टीको सभापति धवल शमशेर जबरा र सर्वोच्च नेता दुर्गा प्रसाईं रहने भएका छन् ।दल दर्ताका लागि उनीहरू साउन २८ गते निर्वाचन आयोग जाने बताइएको छ ।चुनाव चिह्नबारे भने विभिन्न विकल्पमा छलफल भइरहेकोले टुंगिन बाँकी रहेको बताइएको छ ।राणाले जेठ १७ गते राप्रपा परित्याग गरेका थिए । उनले राप्रपाका विभिन्न तहका १८५ जना नेताहरूलाई पनि सँगै लगेका छन् ।राणालाई नयाँ पार्टी खोल्न मेडिकल व्यवसायी तथा केही वर्षदेखि राष्ट्र, राष्ट्रियता

    • प्रकाशित मितिः साउन २०, २०८३
    • २७१ पटक पढिएको
  • आजको मन्त्रिपरिषद् बैठकका यी हुन् ७ निर्णय

    काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ७ निर्णय गरेको छ । यस्ता छन् ती निर्णयहरु तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने ।लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति गर्ने ।नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने।पशु बधशाला र मासु जाँच ऐन, २०५५ चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने।बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने।विश्वविद्यालय अनुदान आयोगमा रिक्त र

    • प्रकाशित मितिः साउन २०, २०८३
    • २९२ पटक पढिएको
  • नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन

    काठमाडौंः जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा आज नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ ।श्रेष्ठको शव बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।त्यसपछि शवयात्रा सहित पशुपति आर्यघाटमा दाहसंस्कारका लागि लगिने बताइएको छ ।यही साउन ७ गते नेता श्रेष्ठलाई नेपाली कांग्रेस सभापति गगन थापाले पार्टीको वरिष्ठ नेता मनोनित गरिएको घोषणा गर्नुभएको थियो ।

    • प्रकाशित मितिः साउन १२, २०८३
    • २७६ पटक पढिएको
  • बागमती सरकारबाट एमाले बाहिरियो, ६ मन्त्रीको सामूहिक राजीनामा

    इटहरी ।  बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष मंगलबार राजीनामा बुझाउँदै एमालेले सरकारलाई दिएको समर्थन पनि औपचारिक रूपमा फिर्ता लिएको छ ।एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्रीलाई सम्बोधन गर्दै पठाएको पत्रमार्फत् संविधानको धारा १६८ को उपधारा (९) बमोजिम पार्टीको निर्णय तथा विकसित राजनीतिक परिस्थितिका आधारमा सरकारमा सहभागी सबै मन्त्रीले तत्काल प्रभावबाट राजीनामा दिएको जानकारी गराएका छन् । पत्रमा राजीनामा स्वीकृत गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अघि बढाउन आग्रह गर

    • प्रकाशित मितिः साउन ६, २०८३
    • २९४ पटक पढिएको
  • धार्मिक विषयलाई लिएर जानकी मन्दिर परिसरबाट लखेटिए श्रम संस्कृतिका कार्यकर्ता

    जनकपुरः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न जनकपुरधामको जानकी मन्दिरमा पुगेका नेता तथा कार्यकर्तालाई हिन्दू सम्राट सेनाले लखेटेका छन् । साम्पाङको विगतको गाईसम्बन्धी अभिव्यक्तिको विरोध गर्दै उनलाई जनकपुरमा प्रवेश निषेध गर्ने चेतावनी दिइएको छ ।घटनापछि श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमा घटनाको निन्दा गर्दै गृहमन्त्रीको फोन अफ भएको गुनासो गर्दै कार्यकर्तालाई संयमित हुन आग्रह गर्नुभएको छ ।साम्पाङ आज जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने र जनकपुरमा श्रम संस्कृति पार्टीको साधारण सभा तथा पार्टी प्रवेशको कार्यक्रम रहेको थियो ।हर्क साम्पाङले फेसबुकमा ‘गाई

    • प्रकाशित मितिः साउन ५, २०८३
    • २१८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल