इटहरी । शुक्रबार बसेको कोशी प्रदेश मन्त्रीपरिषदको बैठकले मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासकीय भवनको केन्द्र सार्न स्वीकृति प्रदान गरेको छ ।
‘सुन्दरहरैँचा नगरपालिका मोरङको हाल रहेको केन्द्र १२ नम्बर वडामा छ । त्यसलाई ८ नम्बर वडामा लैजाने नगरपालिकाको सभाको सिफारिशलाई स्वीकृत गर्ने निर्णय भएको छ । साविक मृगौलिया ९ र हालको सुन्दरहरैंचा ८ मा प्रशासकीय भवनको केन्द्र बनाउन सहमति दिइएको कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले जानकारी दिनुभयो ।

















