काठमाडौंः अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णयको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।सरकारको निर्णय बदर गर्न माग गर्दै प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्री अर्याललाई विपक्षी बनाएर आज रिट दायर गरिएको हो । अधिवक्ता मनिषकुमार श्रेष्ठले रिट दायर गरेका हुन् ।दायर गरिएको रिटमा सदस्यताको योग्यताबारे नेपालको संविधानको धारा ८७ को उपधारा १ (ङ) मा संघीय संसद्को सदस्य हुन कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने व्यवस्थाविरुद्ध सिफारिश गरिएको, विगतमा नियुक्तिका निम्ति ‘कुलिङ अफ पिर
इटहरी । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका समानुपातिक सांसदलाई निर्वाचन आयोगले आज प्रमाणपत्र प्रदान गरेको छ ।आज एक कार्यक्रमका बीच समानुपातिकतर्फका ११० जना सांसदहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा.जानुकाकुमारी तुलाधार र सगुन शमशेर जबराले सांसदहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।सो निर्वाचनमा समानुपातिकतर्फ ६ वटा राजनीतिक दलले सिट प्राप्त गरेका थिए । समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिष्ट पार्टीले ९, श्रम संस्कृति पार्टी र
काठमाडौंः फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् ।थापाले हिजो बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामापत्र बुझाएको बताइएको छ । सर्लाही–४ बाट उम्मेद्वार बनेका थापालाई रास्वपाका डा. अमरेशकुमार सिंहले पराजित गरेका थिए ।रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ ।चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव र दबाब दिइरहेका थिए ।थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबा
इटहरी । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनबाट समानुपातिकतर्फ सांसद बनेकाले आज बिहीबार निर्वाचन आयोगबाट विजयी भएको प्रमाणपत्र पाउने भएका छन् ।आयोगले आज समानुपातिकतर्फका ११० जना सांसदलाई प्रमाणपत्र दिने भएको हो ।निर्वाचन आयोगका अनुसार, निर्वाचित सांसदहरुले प्रमाणपत्र पाएपछि चैत १२ गते शपथ ग्रहण गराउने भएको छ ।शपथ ग्रहणपछि नयाँ सरकार निर्माणको प्रक्रिया शुरु हुनेछ ।
काठमाडौंः प्रतिनिधिसभाको समानुपातिक निर्वाचनमा ११० सांसद निर्वाचित भएका छन्, तीमध्ये ३७ जिल्लाबाट भने कुनै पनि दलका उम्मेद्वार समानुपातिक सांसद भएनन् ।११० जना समानुपातिक सांसदमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका ५७, नेपाली कांग्रेसका २०, नेकपा एमालेका १६, नेपाली कम्युनिष्ट पार्टीका ९ जना, श्रम संस्कृति पार्टीका ४ जना र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ जना सांसद छन् ।११० जना सांसदमध्ये काठमाडौंबाट सबैभन्दा धेरै १७ जना समानुपातिक सांसद निर्वाचित भएका छन्, जसमा रास्वपाका १० जना छन् ।आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको सूचीअनुसार विजयी उम्मेद्वारहरूको नागरिकता जारी भएको जिल्लालाई आधार मान्द
इटहरी । हालै भएको प्रतिनिधिसभामा विजयी भएका प्रत्यक्ष तथा समानुपातिकतर्फका सांसदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन आज योगाभ्याससँगै शुरु भएको सो पार्टीले जनाएको छ ।सो पार्टीका अनुसार आज सभापति रवि लामिछानेले सम्बोधन गरेसँगै अभिमुखीकरण समापन गरिने भएको छ । ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबार उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
काठमाडौंः हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ जना सांसदलाई ललितपुरको ग्वार्कोमा अभिमुखीकरण कार्यक्रम गरी रास्वपाले संसदीय अभ्यास र आचरण सिकाइरहेको छ ।सो कार्यक्रममा सांसदहरूले संसदीय भूमिका, बोल्ने तरिका, न्याय पाउने अधिकार र जनताको अपेक्षा अनुसार काम गर्ने विषयमा ज्ञान प्राप्त गरेको बताएका छन् । पदको गरिमा बढाउन, संविधान र कानुनको अध्ययन गर्न तथा भ्रष्टाचार अन्त्य गर्न सांसदहरूलाई निर्देशन दिइएको छ ।रास्वपाका धेरै सांसद पहिलो पटक निर्वाचित भएका र एक अर्कालाई नचिनेका हुनाले सांसदबीच परिचयको कार्यक्रम पनि गराइएको बताइएको छ । निर्वाचनमा प्
काठमाडौंः नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) सञ्चालक समिति सदस्यबाट लिमा अधिकारीले राजीनामा दिनुभएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसदमा नाम सिफारिश भएपििछ अधिकारीले निफ्राबाट राजीनामा दिनुभएको हो ।साढे चार वर्ष निफ्रा सञ्चालक समितिमा काम गरेकी अधिकारी पछिल्लोपटक गत २३ मंसिरमा भएको सातौं वार्षिक साधारणसभाबाट दोस्रो कार्यकालका लागि सञ्चालक सदस्यमा सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा पछि नेकपा समाजवादीमा आबद्ध हुनुभएको थियो । समाजवादी छोडेर उहाँ रास्वपामा आबद्ध हुनुभएको थियो ।
विराटचोकः फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य चयन निर्वाचनमा पहिलो दल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फबाट विजयी हुने ५७ सांसद चयन गरेको छ ।रास्वपाको सचिवालय बैठकले आइतबार निर्वाचन आयोगमा सिफारिश गरेका नाम सार्वजनिक गरेको हो । रास्वपाले विभिन्न क्लस्टरबाट ४८ महिला र ९ जना पुरुष गरी ५७ जनाको सूची आयोगमा सिफारिश गरेको हो ।यी हुन् निर्वाचन आयोगमा सिफारिश भएका ५७ जनाखसआर्य महिला– १६प्रतिभा रावलरचना खतिवडा खत्रीलिमा अधिकारी आचार्यविदुषी राणासमीक्षा बाँस्कोटाश्रद्धा कुँवर क्षेत्रीटीका संग्रौला (पिछडिएको क्षेत्र)क्रान्तिशिखा धितालआकृति अवस्थीसृष्टि भट्टराईमञ्जु भुषालप्र
इटहरी । नेपाली कांग्रेसले समानुपातिक सांसदका लागि नाम सिफारिश गरेको छ ।आइतबार बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले समानुपातिक प्रणालीबाट निर्वाचित हुने १५ महिला र ५ पुरुषको नाम निर्वाचन आयोगमा पठाएको हो ।यी हुन् कांग्रेसले समानुपातिक सांसदको लागि निर्वाचन आयोगमा पठाएको सूचीआदिवासी जनजातिबाट१. मदनकृष्ण श्रेष्ठ (अपाङ्गता समेत),२. भीष्मराज आङदम्बे,३. गीताकुमारी सेन्दाङ,४. गंगालक्ष्मी अवाल,५. गीता गुरुङ६. रेनुका काउचाखस आर्य समूहबाट१. अर्जुननरसिंह केसी,२. कालीबहादुर सहकारी,३. सुशीला ढकाल आचार्य,४. रुक्मिणीदेवी कोइ५. सीता थपलियादलित समूहबाट१. हरिनादेवी कामी,२. पवित्रा विक३. मनमाया