भरतपुरः राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना सांसदहरूले सहमहामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

समानुपातिक सांसद रमेश प्रसाईं र मोरङ क्षेत्र नम्बर १ बाट विजयी यज्ञमणि न्यौपानेले सहमहामन्त्री पदमा उम्मेद्वारी दिने आज घोषणा गरेका हुन् ।

पहिलो चरणमा सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । त्यसपछि मात्रै पदाधिकारीहरूमा निर्वाचन हुने बताइएको छ ।

रास्वपामा ५ जना सहमहामन्त्री रहने व्यवस्था छ । तीमध्ये २ जना मनोनित गर्ने व्यवस्था छ ।