राजनीति

    Showing २१-३० of ९२७ items.
  • नेपाली कांग्रेस महाधिवेशनमा सहमहामन्त्रीको मतगणनामा रामहरि खतिवडाको अग्रता

    काठमाडौंः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहमहामन्त्री पदको मतगणनामा रामहरि खतिवडाले अग्रता लिनुभएको छ ।१६८९ मत गणना हुँदा खतिवडाले सर्वाधिक ७६८ मत प्राप्त गर्नुभएको छ । अर्का प्रतिस्पर्धी अजय शिवाकोटीले ५४८ मत पाउनुभएको छ ।अन्य प्रतिष्पर्धी डिल्लीराज सुवेदीले ४३९ मत ल्याउनुभएको छ । देवेन्द्रराज कण्डेलले ३३४ मत ल्याउनुभएको छ ।विकास कोइरालाले २८४ मत, रमेशप्रसाद धमलाले २०५ मत, अमृतकुमार अर्यालले १७६ मत र विमलराज क्षेत्रीले ६१ मत ल्याउनुभएको छ ।मतगणना कार्य जारी रहेको छ ।

    • प्रकाशित मितिः असोज २६, २०८३
    • १६८ पटक पढिएको
  • कांग्रेस महामन्त्रीमा पौडेल, राणा र संग्रौला विजयी

    इटहरी ।  नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला (पन्त) निर्वाचित हुनुभएको छ ।महामन्त्रीको खुलातर्फ प्रदीप पौडेल ४ हजार १९४ मतसहित विजयी हुनुभएको हो । उहाँ उपसभापति र महामन्त्री निर्वाचनमा सबभन्दा बढी मत प्राप्त गर्ने उम्मेद्वार पनि बन्नुभएको छ ।अर्का महामन्त्री उदयशमशेर राणा २ हजार ३३० मतसहित निर्वाचित हुनुभएको हो ।महामन्त्रीका अन्य प्रतिस्पर्धीमध्ये सुनिलकुमार शर्माले २ हजार २५७ मत ल्याउनुभएको छ । राणा र शर्माबीच जम्मा ७३ मतको अन्तर छ ।खुला महामन्त्रीका अन्य उम्मेदवारमध्ये गुरूराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अ

    • प्रकाशित मितिः असोज २६, २०८३
    • ९० पटक पढिएको
  • कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी

    विराटचोकः नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित हुनुभएको छ ।अन्तिम मतगणना अनुसार खुलातर्फ भण्डारी र आचार्य उपसभापति तथा समावेशीतर्फ चौधरी निर्वाचित हुनुभएको हो ।खुला उपसभापतिमा भण्डारी ३ हजार ७३५ मतसहित निर्वाचित हुनुभएको हो । विजयी मधु आचार्यले २ हजार ३४२ मत पाउनुभएको थियो ।प्रतिस्पर्धामा रहेका अन्य आकांक्षीमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरूङले १ हजार ५९६, दीपक गिरीले ९२३ र चन्द्रमोहन यादवले ७६० मत ल्याउनुभएको थियो ।समावेशी उपसभापतिमा विनोद चौधरी आफ्ना निकटतम प्रतिस्पर्धी जीवन परियारलाई

    • प्रकाशित मितिः असोज २६, २०८३
    • १७५ पटक पढिएको
  • कोशीमा नेपालीसहित १४ भाषा सरकारी कामकाजको भाषा बन्ने, कात्तिक २५ देखि लागू हुने

    विराटनगरः कोशी प्रदेशमा नेपालीसहित १४ वटा भाषाले सरकारी कामकाजको भाषाका रूपमा कानुनी मान्यता पाएका छन् ।प्रदेशसभाको शनिबार बसेको बैठकले ‘कोशी प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत रूपमा पारित गरेको हो ।विधेयक पारित भएसँगै प्रदेशमा नेपालीका साथै लिम्बू, मैथिली, तामाङ, थारु, उर्दू, राजवंशी, राई, नेपाल, मगर, चाम्लिङ, शेर्पा, बान्तवा र सन्थाल भाषालाई सरकारी कामकाजको भाषाका रूपमा निर्धारण गरिएको छ ।सभामुख अम्बरबहादुर विष्टले विधेयक पारित भएसँगै प्रदेशमा १४ वटा भाषाले सरकारी कामकाजको कानुनी मान्यता पाएको जानकारी दिए ।प्रदेशसभाबाट पारित भएको ऐन आगामी २०८३ साल क

    • प्रकाशित मितिः असोज २५, २०८३
    • ३४५ पटक पढिएको
  • कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

    विराटनगर । कोशी प्रदेशसभाको चालु तथा बजेट अधिवेशन अन्त्य भएको छ ।प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नवौँ अधिवेशनको अन्त्य गर्नुभएको हो ।प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार शनिबार राति १२ बजेदेखि कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य भएको छ ।

    • प्रकाशित मितिः असोज २५, २०८३
    • १६९ पटक पढिएको
  • विवाद समाधानपछि कांग्रेस उपसभापति र महामन्त्रीको मतगणना पुनः शुरु

    काठमाडौं । विवादका कारण रोकिएको नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि भएको निर्वाचन अन्तर्गत उपसभापति र महामन्त्रीको मतगणना शुरु भएको छ । मतपेटिकाका सन्दर्भमा सिर्जना भएको विवाद साम्य भएपछि अहिले साढे ७ बजेबाट मतगणना प्रक्रिया शुरु भएको जनाइएको  छ । यसअघि निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेद्वारहरूसँग छलफल गरेको थियो । त्यसलगत्तै मतगणनाका लागि उम्मेद्वारहरूकै रोहवरमा मतपेटिका खोलिएको थियो ।उम्मेद्वार र प्रतिनिधिले एक मतपेटिका कम भेटिएको र दुई मतपेटिकाको सिलबन्दी खोलिएको अवस्थामा भेटिएको भन्दै मतगणना अघि बढ्न सकेको थिएन । अहिले विवाद समाधान भएसँगै मतगणना प्रक्रिया अघि बढ

    • प्रकाशित मितिः असोज २४, २०८३
    • २०४ पटक पढिएको
  • एक मतपेटिका कम रहेको र दुईमा सिलबन्दी तोडिएको भन्दै कांग्रेस मतगणनामा विवाद

    काठमाडौं । नेपाली कांग्रेसको जारी मतगणनामा विवाद भएको छ । दिउँसो सुरु भएको उपसभापति र महामन्त्री पदको मतगणनाका क्रममा विवाद भएको हो ।उम्मेदवार र प्रतिनिधिले मतदान स्थलबाट ल्याएको एक मतपेटिका नभेटिएको र दुई मतपेटिकाको सिलबन्दी तोडिएको भन्दै प्रश्न उठाएको स्रोतले बतायो ।सो प्रश्न उठेपछि मतगणना रोकिएको छ ।

    • प्रकाशित मितिः असोज २४, २०८३
    • ७९ पटक पढिएको
  • मोरङ ३ मा कांग्रेसको इतर पक्षको क्षेत्रीय सभापतिमा बद्री बस्नेत निर्विरोध निर्वाचित

    विराटचोकः आज भएको नेपाली कांग्रेसको संस्थापन इतर समूहको क्षेत्रीय अधिवेशनबाट मोरङ क्षेत्र नम्बर ३ को सभापतिमा बद्री बस्नेत निर्वाचित हुनुभएको छ ।आज सुकुना बहुमुखी क्याम्पसमा भएको महाधिवेशनबाट उहाँ निर्वाचित हुनुभएको हो । केन्द्रीय महाधिवेशन प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिको नाम भने चयन हुन बाँकी रहेको बताइएको छ ।केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सुन्दरहरैंचाबाट सुवास पौडेल, किशोर तिम्सिना, भगवती पौडेल, विन्देश्वर साह, महेन्द्र परियार, भूगोल कार्की, श्यामलाल खवास, विमला राई, जनार्दन बास्तोला, भुवनकुमार राउत, रुद्रबहादुर कार्की, मदनप्रसाद आचार्य, गोविन्दबहादुर राउत, ताराकुमारी लिम्बू, शोभा काफ्ले

    • प्रकाशित मितिः असोज २४, २०८३
    • २३१ पटक पढिएको
  • ९३.८८ प्रतिशतको भारी मतका साथ गगन थापा नेपाली कांग्रेसको सभापति पदमा निर्वाचित

    काठमाडौंः नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा गगनकुमार थापा सभापति पदमा निर्वाचित भएका छन् ।हिजो सम्पन्न निर्वाचनको मत परिणामअनुसार सभापति थापाले ६ हजार ५८४ मत प्राप्त गर्नुभएको छ । थापासँग प्रतिस्पर्धामा उत्रिएका श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको छ । ५४ मत बदर भएको थियो ।७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए ।कुल खसेको मतका आधारमा थापाले ९३.८८ प्रतिशत मत ल्याउँदा खड्गीले ५.३५ प्रतिशत मत ल्याउनुभएको छ । ०.७७ प्रतिशत मत बदर भएको छ ।थापा अघिल्लो महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित हुनुभएको थियो ।गत वर्ष भएको विशेष महाधिवेशनका प्रतिनिधिले थापालाई सभ

    • प्रकाशित मितिः असोज २४, २०८३
    • ९७ पटक पढिएको
  • कांग्रेस महाधिवेशमा सभापतिको मतपत्रको लिस्टिङ सम्पन्न ४३ मत बदर

    काठमाडौंः नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न भएपछि सभापति पदको मतगणना भइरहेको छ ।कांग्रेसमा ७ हजार ३ सय १७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । तीमध्ये सभापति पदमा ४३ मत बदर भएको छ ।अहिले जम्मा मतगणना जारी छ । प्रारम्भिक मत सार्वजनिक भएको छैन । कांग्रेस सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिष्पर्धा भएको थियो ।सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा भइरहेको छ । सभापति बाहेकको पदका मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिएको छ ।मतगणना स्थलमा सीसी क्यामेरा जडान गरिएको छ ।

    • प्रकाशित मितिः असोज २४, २०८३
    • १०४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल