काठमाडौंः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहमहामन्त्री पदको मतगणनामा रामहरि खतिवडाले अग्रता लिनुभएको छ ।
१६८९ मत गणना हुँदा खतिवडाले सर्वाधिक ७६८ मत प्राप्त गर्नुभएको छ । अर्का प्रतिस्पर्धी अजय शिवाकोटीले ५४८ मत पाउनुभएको छ ।
अन्य प्रतिष्पर्धी डिल्लीराज सुवेदीले ४३९ मत ल्याउनुभएको छ । देवेन्द्रराज कण्डेलले ३३४ मत ल्याउनुभएको छ ।
विकास कोइरालाले २८४ मत, रमेशप्रसाद धमलाले २०५ मत, अमृतकुमार अर्यालले १७६ मत र विमलराज क्षेत्रीले ६१ मत ल्याउनुभएको छ ।
मतगणना कार्य जारी रहेको छ ।


















