राजनीति

    Showing ४१-५० of ७८३ items.
  • यस्तो छ असार १५ सम्मको संसदीय क्यालेन्डर

    काठमाडौंः प्रतिनिधिसभाको आगामी डेढ महिनाको संसदीय क्यालेन्डर सार्वजनिक भएको छ । क्यालेन्डरमा प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम समावेश गरिएको छैन ।प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २५५ बमोजिम शनिबार प्रतिनिधिसभाको आगामी १५ असारसम्मको क्यालेन्डर सार्वजनिक गरिएको संसद सचिवालयले जनाएको छ ।प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा हरेक महिनाको पहिलो साताको एक दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्ने व्यवस्था गरिएको छ । नियमालवीको नियम ५६ मा भनिएको छ, ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक मह

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • १२४ पटक पढिएको
  • आज मदन–आश्रितको ३३ औँ स्मृति दिवस

    काठमाडौंः आज नेकपा (एमाले) ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाउँदैछ ।पार्टीका अनुसार आज मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठीको आयोजना हुँदै छ । अन्य स्थानमा मदन–आश्रितका योगदानको चर्चा, विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम छ ।नेता भण्डारीलाई जनताको बहुदलीय जनवादका प्रणेताका रूपमा मानिन्छ ।२०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा दुवै जना नेताको निधन भएको थियो ।

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • १२५ पटक पढिएको
  • निजामती कर्मचारी राजनीतिक दलमा आवद्ध भए सरकारले बर्खास्त गर्ने

    इटहरी ।  निजामती सेवा कर्मचारी राजनीतिक दलमा आवद्ध भए सरकारले बर्खास्ती गर्ने भएको छ ।सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।कर्मचारी ट्रेड युनियन खारेजी गर्ने तथा कुनै पनि कर्मचारी राजनीतिमा आबद्ध भए बर्खास्त गर्ने नीति सरकारले लिएको उहाँले बताउनुभयो ।

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • २२९ पटक पढिएको
  • खेलकुद अध्यादेश स्वीकृत गर्याे कोशी प्रदेश सरकारले, यी हुन् अन्य निर्णयहरू

    विराटनगरः कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक बसेको छ । मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले प्रदेशको विकास र प्रशासनसँग सम्बन्धित विभिन्न निर्णयहरू गरेको छ ।सो बैठकले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश खेलकुद ऐन पहिलो संशोधन अध्यादेश २०८३ स्वीकृत गरेको छ । त्यस्तै, विपत् खोज उद्धार तथा राहत वितरण सम्बन्धी कार्यविधि २०८३ लाई स्वीकृत गरेको छ ।प्रदेश बीउबिजन नियमावली र प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली २०८३ लाई पनि बैठकले स्वीकृति प्रदान गरेको छ ।मन्त्रिपरिषद्ले उद्योग, कृषि तथा सहकारी मन्त्रालय मातहतका निकायहरूका लागि आगामी आर्थिक वर्षको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • १८७ पटक पढिएको
  • सरकारले प्रस्तुत गर्याे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम

    इटहरी ।  सरकारले आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम ल्याएको छ ।आज अपराह्न बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको हो ।नीति तथा कार्यक्रममा नयाँनयाँ कार्यक्रम समावेश गरिएको छ ।

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • १३३ पटक पढिएको
  • आजदेखि बजेट अधिवेशन शुरु हुने

    इटहरीः  आजदेखि सङ्घीय संसद्को बजेट अधिवेशन शुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।संसद् सचिवालयका अनुसार नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सो धारामा प्रतिनिधिसभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान छ ।राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्र

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • १४५ पटक पढिएको
  • ‘वरिष्ठलाई नै प्रधानन्यायाधीश बनाउने भए संवैधानिक परिषद किन चाहियो’ –रवि लामिछाने

    काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वोच्च अदालतको चौथो वरीयतामा रहेका मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिश गरेपछि उत्पन्न विवादबारे आफ्नो प्रतिक्रिया दिँदै न्यायालयको परम्परा र विधि नमिचिएको बताएका छन् । रास्वपा सांसदहरूको प्रशिक्षणका लागि आयोजित कार्यक्रमको समापनमा आज लामिछानेले भने, ‘संवैधानिक परिषदको निर्णय असंवैधानिक भयो, न्यायालयको परम्परा यस्तो थिएन भन्ने कुरा आइरहेको छ । म उहाँहरूलाई प्रश्न गर्छु — यो निर्णय कसरी असंवैधानिक भयो ?’ सर्वोच्चका ६ जना न्यायाधीश सर्टलिस्ट भएकामा तीमध्ये एक जनालाई चुन्नुपर्ने प्रावधान रहेको र संवैधानिक परिषद

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • १६४ पटक पढिएको
  • बैशाख २८ गते संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने सरकारको निर्णय

    काठमाडौंः यही २८ वैशाखमा संसदका दुवै सदनलाई सम्बोधन गर्न सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ ।आज बसेको बैठकपछि संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय भएको सरकारका प्रवक्ता शिक्षा मन्त्रीसस्मित पोखरेलले जानकारी दिएका हुन् ।

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • १५७ पटक पढिएको
  • आज साँझ ५ बजे बोलाइयो संवैधानिक परिषद्को बैठक

    इटहरी ।  प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषदको बैठक आज साँझ ५ बजेका लागि बोलाउनुभएको छ । हिजो राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि रिक्त संवैधानिक पदमा नियुक्तिको बाटो खुलेको हो ।प्रधानन्यायाधीश, प्रमुख निर्वाचन आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग अध्यक्ष लगायत संवैधानिक पद रिक्त छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्षको पद रिक्त छ भने एकजना बाहेक अरु सदस्य छैनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक सदस्य पद रिक्त छ । समावेशी आयोगमा पनि अध्यक्ष र अर्का एक सदस्यको पद रिक्त छ । महिला आयोगमा पनि एक पद रिक्त छ ।

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • १४८ पटक पढिएको
  • ३ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने

    काठमाडौंः आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ ।प्रधानमन्त्रीको सचिवालयले बैठकका एजेन्डाबारे भने केही जानकारी दिएको छैन । हिजो पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।बैठकले संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिश गर्ने अनुमान गरिएको छ ।

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • १४७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल