राजनीति

    Showing ५३१-५४० of ८४३ items.
  • रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा

    काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका आउँदो निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन् ।रुकुम पश्चिममा अहिले चलिरहेको नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले आउँदो चुनाव रुकुम पूर्वबाट लड्ने घोषणा गरेका हुन् ।‘अहिलेको चुनाव रुकुमबाटै लड्छु । म पूर्वी रुकुमबाट लड्ने छु,’ उनले भने, ‘पूर्वी रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु भन्ने यो बुझिराख्छुहोला ।’उनले पश्चिम रुकुमका जनताको विशासको चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको भन्दै विकास निर्माणलाई नयाँ शिराबाट अघि बढाउने र रुकुमका जनताका दु:ख सुखामा एकाकार हुनका निम्ति आउ

    • प्रकाशित मितिः पुस २६, २०८२
    • २८६ पटक पढिएको
  • ओलीको निष्कर्ष : एघारौँ महाधिवेशनले एमालेलाई झन् बलियो शक्तिका रूपमा उभ्यायो

    इटहरी डेस्क । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक सुरु भएको छ। केन्द्रीय कमिटीको पहिलो बैठक सम्पन्न भएको २२ औँ दिनमा पुसको चिसो मौसम र भौगोलिक कठिनाइका बाबजुद देशभरबाट केन्द्रीय सदस्यहरूको उल्लेखनीय सहभागिता छ।बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले ११औँ राष्ट्रिय महाधिवेशनको संक्षिप्त समीक्षा, त्यसले दिएको मुख्य राजनीतिक सन्देश, भदौ २३–२४ पछि विकसित असामान्य राजनीतिक अवस्था, प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी कानुनी संघर्ष, प्रस्तावित आम निर्वाचन, विश्व राजनीतिक परिदृश्य र पार्टीका तात्कालिक कार्यभारबारे धारणा राखेका छन्।अध्यक्ष ओलीले मङ्सिर २७ देख

    • प्रकाशित मितिः पुस २६, २०८२
    • २३५ पटक पढिएको
  • कांग्रेस विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा चहलपहल सुरु

    इटहरी । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै भृकुटीमण्डप क्षेत्रमा महाधिवेशन प्रतिनिधि र कार्यकर्ताहरूको चहलपहल देखिन थालेको छ।देशभरका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू काठमाडौँ आइपुग्न थालेसँगै महाधिवेशन स्थल आसपासमा कांग्रेस नेता कार्यकताको उपस्थिति बाक्लिएको हो ।आइतबार र सोमबार आयोजना हुने विशेष महाधिवेशनका लागि मञ्च निर्माण, हल सजावट र प्राविधिक तयारी अन्तिम चरणमा पुगेको छ । प्रतिनिधि र कार्यकर्ताहरूको उपस्थितिले त्यस क्षेत्र थप सक्रिय देखिएको छ।महाधिवेशन व्यवस्थापन समितिका अनुसार हिजोदेखि प्रतिनिधि दर्ता, परिचयपत्र वितरण र बसोबास समन्वयको काम पनि अगाडि बढाइएको छ। प्रतिनिधिहरू आउ

    • प्रकाशित मितिः पुस २६, २०८२
    • २९८ पटक पढिएको
  • १३ दिनमै टुट्यो रास्वपासँग कुलमानको सहकार्य : बस्यो उज्यालो नेपाल पार्टीको पहिलो बैठक

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको सहकार्य टुटेपछि उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठक बसेको छ।त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले यसअघि पार्टी संरक्षक रहेका घिसिङलाई अध्यक्षमा नियुक्त गर्ने औपचारिक निर्णय गरेको छ।उक्त निर्णयपछि उज्यालो नेपालको केन्द्रीय समितिको बैठकको अध्यक्षता घिसिङले गरेका छन्। बैठक अहिले पनि जारी छ।बैठक सकिएपछि उनलाई पत्रकार सम्मेलनमार्फत औपचारिक रुपमा पार्टी अध्यक्ष घोषणा गरिँदै छ।

    • प्रकाशित मितिः पुस २६, २०८२
    • १९९ पटक पढिएको
  • विशेष महाधिवेशनमा सहभागी नहुन कांग्रेस सुदूरपश्चिमका ६ जिल्ला सभापतिको अपील

    कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको संस्थापन पक्षका ६ जिल्ला सभापतिले विशेष महाधिवेशनमा सहभागी नहुन महाधिवेशन प्रतिनिधिसँग आग्रह गरेका छन् ।६ जिल्लाका सभापतिहरूले संयुक्त विज्ञप्ति निकालेर विशेष महाधिवेशनलाई ‘विधानविपरीत’ भन्दै त्यसमा सहभागी नहुन पार्टी–पंक्तिलाई अपिल गरेका हुन्।प्रदेशका कुल ९ जिल्लामध्ये ६ जिल्ला सभापतिहरू बझाङका खडकबहादुर बोहरा, डोटीका नरेन्द्रबहादुर सिंह, डडेल्धुराका भीम साउद, अछामका पुष्पबहादुर शाह, कञ्चनपुरका पदम बोगटी र कैलालीका नारायणदत्त भट्टले संयुक्त विज्ञप्ति निकालेर विशेष महाधिवेशनको विपक्षमा उभिएका हुन्।उनीहरूले नियमित महाधिवेशन नै गरिनुपर्नेमा

    • प्रकाशित मितिः पुस २५, २०८२
    • २०५ पटक पढिएको
  • विशेष महाधिवेशनको पक्षमा कांग्रेसका विभिन्न जिल्ला समितिले विज्ञप्तिमार्फत् गरे सहभागिताको लागि आह्वान

    इटहरी ।  नियमित महाधिवेशन नभएपछि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन आह्वान गरेपछि जिल्ला कार्यसमितिहरूले स्वागत गर्दै सहभागिताका लागि अपिल गरेका छन् ।हालसम्म कांग्रेसका ललितपुर सभापति जितेन्द्रकुमार श्रेष्ठ, कास्की सभापति किशोरदत्त बराल, सिन्धुपाल्चोक सभापति जंगबहादुर लामा, उदयपुर सभापति हिमाल कार्की, काभ्रे सभापति तीर्थ लामा, धनकुटा सभापति दिनेश राईले विशेष महाधिवेशनका पक्षमा विज्ञप्ति जारी गरी सहभागिताका लागि अपिल गरेका छन् ।कांग्रेसका ३० भन्दा बढी जिल्ला सभापति विशेष महाधिवेशन पक्षमा रहेको बताइएको छ

    • प्रकाशित मितिः पुस २४, २०८२
    • २८२ पटक पढिएको
  • शेखर कोइरालालाई राष्ट्रिय सभा निर्वाचनमा ३ सिट

    इटहरी । नेपाली कांग्रेसमा छुट्टै समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइराला पक्षले राष्ट्रिय सभाको निर्वाचनमा तीन सिट पाएको छ ।नेकपा एमालेसँगको तालमेलमा राष्ट्रिय सभा सदस्यका लागि कांग्रेसले पाएको नौ सिटमध्ये कोइराला समूहलाई संस्थापन पक्षले तीन सिट दिएको छ ।कोइराला समूहले आफूले पाएको तीन सिटमध्ये मधेश प्रदेशबाट रञ्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा र लुम्बिनी प्रदेशबाट बासुदेव जंगलीलाई उम्मेदवार बनाएको छ ।कांग्रेसको भ्राते संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वअध्यक्ष कर्ण अपाङ्गता/अल्पसंख्यक, देवकोटा महिला र जंगली अपाङ्गता/अल्पसंख्यक क्लस्टरबाट सिफारिसमा परेका हुन् ।कांग्रेसको

    • प्रकाशित मितिः पुस २३, २०८२
    • २१२ पटक पढिएको
  • कांग्रेसको कलह उत्कर्षमा : आज विशेष महाधिवेशन आह्वान हुँदै

    इटहरी । कांग्रेसभित्र विशेष महाधिवेशन बोलाउने मागलाई लिएर संस्थापनपक्ष र महामन्त्रीहरूबीचको द्वन्द्वले कांग्रेस विभाजनउन्मुख भएको छ । पार्टी केन्द्रीय सचिवालयको तर्फबाट आज महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि विशेष महाधिवेशनको आह्वान गर्ने तयारी गरेका छन् ।संस्थापन पक्षले नियमित महाधिवेशनमा जाने निर्णय गरे पनि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागलाई आधार बनाएर महामन्त्रीद्वय विशेष महाधिवेशन बोलाउन लागेका हुन् । २९ असोजमा ५४ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षरबाट विशेष महाधिवेशनको माग गरिएको निवेदन केन्द्रीय कार्यालयमा दर्ता छ । निवेदन दर्ताको ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने

    • प्रकाशित मितिः पुस २३, २०८२
    • २५७ पटक पढिएको
  • रास्वपाको एकता सभामा गएनन् बालेन र कुलमान

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले विभिन्न व्यक्ति तथा समूहलाई पार्टीमा मिलाउन ‘वृहत राजनीतिक समायोजन घोषणा सभा’ आयोजना गर्यो । सोमबार केन्द्रीय कार्यालय बनस्थलीमा आयोजित कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका पूर्व नेता, थरूहट/थारूवान अभियान्ताहरु रास्वपामा समायोजन भए ।कार्यक्रमको ब्यानरमा सभापति रवि लामिछानेलाई दायाँ र बायाँ ठूला तस्बिरसहित ‘प्रोजेक्टेड’ गरिएको थियो । उक्त कार्यक्रममा सभापति लामिछानेसहित उपसभापति डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले लगायतका नेताहरू सहभागी भए ।तर, वरिष्ठ नेता बनेका काठमाडौँ महानगरका मेयर बालेन शाह र उपसभापति बनाउने सहमति भएका कुलमान घिसिङ भने एकता

    • प्रकाशित मितिः पुस २२, २०८२
    • २०० पटक पढिएको
  • प्रतिनिधि सभा निर्वाचन : सबै दलको समानुपातिक बन्दसूचीमा त्रुटि

    इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूची पेस गरेका ६४ वटै दलको सूची नमिलेको पाइएको छ ।निर्वाचन आयोगअन्तर्गत समानुपातिक निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुस १३ र १४ गते तोकिएको समयसीमाभित्र ५४ वटा दलले ५८ वटा निर्वाचन चिह्नमा भाग लिने गरी बन्दसूची पेस गरेका थिए।नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा लगायत शीर्ष दलसहित ६४ वटै दलको बन्दसूचीमा कुनै न कुनै त्रुटि देखिएको जाँचबुझमा संलग्न अधिकारीले जनाएका छन् । जाँचबुझपछि सबै दललाई बन्दसूची सच्याउन तथा संशोधन गरी पुनः पेस गर्न आइतबार साँझसम्म पत्राचार गरिसकिएको छ ।निर्वाचन आयोगका अनुसार ६४ दलले समानुपात

    • प्रकाशित मितिः पुस २२, २०८२
    • २४६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल