राजनीति

    Showing ५५१-५६० of ७८५ items.
  • समानुपातिक निर्वाचनका लागि १०० दल दर्ता

    काठमाडौंः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् ।आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण गरेको थियो । सो समयभित्र एक सय राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीका लागि आवेदन दिएको आयोगले जनाएको छ ।यसरी आवेदन गर्नेमा संयुक्त निर्वाचन चिह्न लिएका र एकल चुनाव चिह्न लिएका राजनीतिक दल छन् । प्राप्त भएको आवेदन माथि आवश्यक अध्ययन गरी यही मङ्सिर २६ गतेसम्म स्वीकृत गरिने आयोगले उल्लेख गरेको छ ।आयोगले तय गरेको कार्यसूची अनुसार आगामी पुस

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • १७८ पटक पढिएको
  • सरकार र जेनजीबीच भएको सम्झौता राजपत्रमा प्रकाशित गरिने

    काठमाडौंः बुधबार आफू र जेनजीहरूबीच भएको सम्झौतालाई अनुमोदन गर्ने निर्णय सरकारले गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त सम्झौता अनुमोदन गर्ने निर्णय गरेको हो ।सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलका अनुसार उक्त सम्झौतालाई राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ ।उक्त सम्झौता सम्बद्ध मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय समेत बैठकले गरेको खरेलको भनाइ छ । 

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • २७३ पटक पढिएको
  • सरकार र जेनजीबीच मंसिर २४ मा भएको सम्झौताको पूर्णपाठ

    काठमाडौंः बुधबार साँझ सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले १० बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।दुवै पक्षबीच बुधबार सिंहदरबारमा आन्दोलन संस्थागत गर्ने विषयलाई लिएर सम्झौता भएको हो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको पृष्ठभूमिमा अन्तरिम सरकार बनेपनि तीन महिनापछि आएर मात्र औपचारिक सम्झौता भएको हो ।सम्झौतामा हस्ताक्षरपछि केही जेनजीहरूबीच विवाद पनि भएको थियो ।यस्तो छ सम्झौताको पूर्ण पाठःप्रस्तावनाःदेशमा व्याप्त भ्रष्टाचार, कुशासन, दण्डहीनता, भेदभाव, बहिष्करण तथा आर्थिक–सामाजिक असमानता र अन्याय जस्ता संरचनात्मक कारणहरूबाट सिर्जित द्वन्

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • ३६३ पटक पढिएको
  • एमाले महाधिवेशनमा विद्युतीय मतदान हुने

    काठमाडौंः नेकपा एमालेको ११ औं महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान हुने भएको छ ।एमालेले १० औं महाधिवेशनमा पनि विद्युतीय मतदान गरेको थियो ।नेकपा एमालेका अनुसार निर्वाचन टोलीले आवश्यक भोटिङ मेसिन बुक गर्ने, प्रतिनिधिहरूको नाम इन्ट्री गर्ने काम शुरु गरिसकेको छ ।

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • १७३ पटक पढिएको
  • मतदाता नामावलीमा दाबी–विरोध मंसिर २६ सम्म गर्न सकिने

    काठमाडौंः निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार मङ्सिर २६ गतेसम्म अनलाइनमार्फत त्रुटि सच्याउन, जानकारी दिन तथा उजुरी दर्ता गराउन अनुरोध गरिएको छ ।फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने व्यक्ति योग्य मतदाता मानिने आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक (दावी विरोध) कार्यक्रमअन्तर्गत सङ्कलित मतदाताको विवरण आयोगको वेबसाइटमा प्रकाशन गरिनेछ । आयोगले सङ्कलित मतदाता नामावली आफ्नो वेबसाइटमा प्रकाशन गरेपछि मङ्सिर २६ गतेसम्म नाम, ठेगाना वा अन्य विवरणमा त्रुटी

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • २०९ पटक पढिएको
  • जेनजी आन्दोलनलाई सरकारले लियो स्वामित्व, जेनजी र सरकारबीच भयो १० बुँदे सहमति

    काठमाडौंः गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले स्वामित्व लिँदै त्यस क्रममा उठेका मागलाई राज्यले सम्बोधन गर्ने सहमति गरेको छ ।भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको पृष्ठभूमिमा अन्तरिम सरकार बने पनि तीन महिनापछि आएर मात्र औपचारिक सम्झौता भएको हो ।सम्झौता नभए र सरकारले थप ढिलासुस्ती गरे फेरि सडकमा जाने चेतावनी जेनजीले दिएका थिए । उनीहरुले दबाबमात्र दिएनन्, आफ्ना तर्फबाट सम्झौताको मस्यौदा सरकारलाई बुझाए । सोही मस्यौदामा सरकार र जेनजी आन्दोलनकारीबीच पटकपटक छलफल भएर १० बुँदे निचोड निकालिएको हो ।शासकीय अव्यवस्थविरुद्ध जेनजीले असङ्गठित रूपमा गरेको आन्दोलनले तत्कालीन राजनीतिक दलको सत्ता बर

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • ३०७ पटक पढिएको
  • निर्वाचनका लागि सुर्खेत–१ बाट कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम सिफारिश

    काठमाडौंः फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम सुर्खेत क्षेत्र–१ बाट सिफारिश गरिएको छ ।क्षेत्रीय कार्यसमिति बैठकले खड्काको नाम सर्वसम्मत सिफारिश गरेको हो । खड्का गत निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । सो क्षेत्रबाट समानुपातिकतर्फ नरबहादुर सोनी र भीमा मल्लको नाम सिफारिश भएको बताइएको छ ।नेपाली कांग्रेसले मोरङको क्षेत्र नम्बर ३ बाट डा. सुनिल शर्मा र मोरङ क्षेत्र नम्बर ६ बाट डा. शेखर कोइरालाको एकल नाम सिफारिश गरेको छ ।

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • २३५ पटक पढिएको
  • प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारका लागि मोरङ–६ बाट शेखर कोइरालाको एकल नाम सिफारिश

    काठमाडौंः फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार बन्नका लागि मोरङ–६ बाट नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको एकल नाम सिफारिश भएको छ ।नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको आज बसेको बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेद्वारमा कोइरालाको एकल नाम सिफारिश गरेको हो । कोइराला २०७९ सालको निर्वाचनमा सो क्षेत्रबाट विजयी बनेका थिए ।यसअघि नै कांग्रेसले मोरङ–३ बाट डा. सुनिल शर्माको एकल नाम उम्मेद्वारका लागि सिफारिश गरेको थियो ।

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • २१८ पटक पढिएको
  • यस्ता छन् फागुन २१ को निर्वाचनका लागि चुनाव चिह्न

    काठमाडौंः निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ ।आयोगमा १२० राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन आवेदन दिएका थिए । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १०२ राजनीतिक दललाई एकल रुपमा चुनाव चिह्न प्रदान गरिएको छ ।१२ राजनीतिक दलले संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने भनी आवेदन दिएकाले संयुक्त चुनाव चिह्न प्रदान गरिएको हो । यस आधारमा आयोगले १०७ वटा चुनाव चिह्न प्रदान गरिएको जनाएको छ । आयोगमा १४३ राजनीतिक दल दर्ता कायम भएका छन् । निर्वाचनमा भाग लिने दलको सङ्ख्या ११४ छ । निर्वाचनका लागि १०७ चुनाव

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • २७६ पटक पढिएको
  • निर्वाचनका लागि मोरङ–३ मा कांग्रेसबाट सुनिल शर्माको मात्रै नाम सिफारिश

    इटहरी ।  नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ३ ले डा. सुनिल शर्मालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा एकल सिफारिश गरेको छ । उहाँ सोही क्षेत्रको निवर्तमान सांसद हुन् ।  नेपाली कांग्रेसले प्रत्यक्षतर्फ एक महिलासहित ३ जनाको नाम सिफारिश गर्न मातहतका कमिटीलाई परिपत्र गरे पनि मोरङ क्षेत्र नम्बर ३ मा क्षेत्रीय कार्यसमितिले शर्माको मात्र नाम सिफारिश गरेको हो ।समानुपातिकतर्फ भने समितिले चार जनाको नाम सिफारिश गरेको छ । जसमा वसन्त भट्टराई, सूयर्माराज राई, रेखबहादुर तामाङ र बिन्दुकुमारी कार्की छन् । यस्तै, राष्ट्रिय सभा सदस्यका लागि लोकप्रसाद संग्रौला, राष्ट्रिय भूमि आयोगका पूर्व अध्यक्

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • १९० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल