राजनीति

    Showing ५७१-५८० of ७८५ items.
  • विराटनगरमा सोमबार ‘नेपाली कम्युनिष्ट पार्टी’ को एकता सन्देश सभा हुने

    विराटनगरः विभिन्न १५ वामपन्थी राजनीतिक दलहरू मिलेर बनेको नवगठित ‘नेपाली कम्युनिष्ट पार्टी’ले सोमबार विराटनगरमा विशाल ‘एकता सन्देश सभा’को आयोजना गर्ने पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।विराटनगरस्थित जनआन्दोलन चोकको उत्तरतर्फ रहेको पुरानो गुद्रीको खुल्ला मैदानमा दिउँसो १२ बजे हुने सभालाई पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।सभालाई पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, भीम रावल लगायत एकता प्रक्रियामा सहभागी भएका सबै घटकका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।२०८२ कात्तिक १९ गते १० रा

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • ३०४ पटक पढिएको
  • एमाले महाधिवेशनका लागि मोरङ–५ बाट सर्वसम्मत प्रतिनिधि चयन

    विराटनगरः यही मंसिर २७ गतेदेखि २९ गतेसम्म हुने नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मोरङ क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधिहरू सर्वसम्मत चयन भएका छन् ।निर्वाचन समितिका अनुसार खुला तर्फ ज्ञानेश्वर राजवंशी, मनोज अग्रवाल र दिलिप बगडिया सर्वसम्मत चयन भएका छन् । महिलातर्फ उषा झा र शान्ता डंगोल तथा युवातर्फ मो. हमिद आजाद सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।चयन भएकामध्ये दिलिप बगडिया र शान्ता डंगोल संस्थापान पक्षका नेताहरू हुन् । त्यस्तै, ज्ञानेश्वर राजवंशी, मनोज अग्रवाल, उषा झा र मो. हमिद आजाद संस्थापना–इतर समूहका नेताका रूपमा चिनिन्छन् ।मोरङ क्षेत्र नं. ५ बाट प्रतिनिधि पदका लागि

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • २७३ पटक पढिएको
  • एमालेको महाधिवेशन प्रतिनिधिका लागि सोलुमा मात्रै सर्वसम्मत प्रतिनिधि चयन

    इटहरी ।  मंसिर २७ गतेदेखि २९ गतेसम्म हुने नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि कोशी प्रदेशको सोलुखुम्बु जिल्लामा मात्रै सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । बाँकी जिल्लामा प्रतिनिधि चयनका लागि भोलि मतदान हुने भएको छ ।सोलुखुम्बुबाट बुद्धिकुमार राजभण्डारी, डुफकुमार बास्तोल, डि. बि. रानापाल, कल्पना राई, मोहनकुमारी कार्की र जगनाथ बास्तोला प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् ।अधिवेशनका लागि भूगोलबाट २२९ जना, जिफन्ट (ट्रेड युनियन) बाट ७ जना र प्रदेश कमिटीबाट ५ जना गरी करिब २४१ प्रतिनिधि सहभागी हुनेछन् ।पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको गृह जिल्ला मोरङबाट ४६ प्रतिनिधि चयनका लागि १४५ जनाले

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • २७४ पटक पढिएको
  • वामदेव क्षेत्रीसहित १० नेताले छोडे प्रचण्ड–माधवको साथ

    इटहरी । नेपाली कम्युनिष्ट पार्टीका तीन जना केन्द्रीय सदस्यसहित १० नेताले सो पार्टी परित्याग गरेका छन् ।पुष्पकमल दाहाल प्रचण्ड संयोजक र माधव कुमार नेपाल सहसंयोजक रहेको नेकपाबीच प्रदेश समितिहरू समायोजन भइहँदा लुम्बिनी प्रदेशका प्रभावशाली १० नेताले पार्टी छोडेको घोषणा गरेका हुन् ।बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले नेकपा छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन् । केन्द्रीय सदस्यहरू वामदेव क्षेत्री, गोविन्द केसी र किस्मत विकले पार्टी परित्याग गरेका हुन् । त्यस्तै पार्टी छाड्नेहरूमा प्रदेश कार्यालय प्रमुख सचिव यज्ञ पोख्रेल, लुम्बिनी प्रदेश सदस्यद्वय कृष्ण भण्डारी र भक्तबहादुर

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • २३० पटक पढिएको
  • मोरङ ३ मा ९ प्रतिनिधिका लागि एमालेका ३७ जनाको उम्मेद्वारी दर्ता

    इटहरी । नेकपा एमालेको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मोरङ क्षेत्र नं. ३ बाट ९ जना प्रतिनिधिका लागि ३७ जनाले क्षेत्रीय निर्वाचन समिति बेलबारीमा उम्मेद्वारी दर्ता गराएका छन् ।निर्वाचन समितिका संयोजक गणेशप्रसाद दाहालका अनुसार ४० वर्षमुनिका युवाको १ जना कोटामा ६ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । जसमा विजय डाँगी, हिमालय थापा (पर्वत), भविन पाण्डे, निरजकुमार ढकाल, प्रदीप नेपाल र नवीन पौडेल रहेका छन् । त्यसैगरी, ३ महिला कोटामा ७ जनाको दाबी परेको छ जसमा धनमाया तामाङ, यमुना विष्ट, यशोदा लिम्बू, सीता तामाङ, दुर्गा सुवेदी (दङ्गाल), रत्नदेवी गुरुङ (मधु) र अञ्जु सिग्देल रहेका छन् ।खुला कोटाका

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • २२६ पटक पढिएको
  • ओलीप्रति विद्याको गुनासो : सदस्यता रोकेर महाधिवेशनमा सहभागी हुनबाट वञ्चित गर्नुभो

    इटहरी । पूर्वराष्ट्रपति एवम् नेकपा (एमाले) का पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले एमालेको ११ औँ महाधिवेशनमा सहभागी हुनबाट आफूलाई वञ्चित गरिएको भन्दै गुनासो गरेकी छन् ।महाधिवेशन नजिकिँदै गर्दा भण्डारीले २ वर्षअघि नै नवीकरण गरिएको आफ्नो पार्टी सदस्यता नेतृत्वले रोकेको भन्दै अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।बिहीबार बिहान आफ्नो फेसबुक पेजमार्फत ११औँ महाधिवेशनका लागि एमालेका सदस्यहरूलाई शुभकामना दिँदै उनले आफू भने यसमा सहभागी हुनबाट वञ्चित भएको गुनासो गरेकी हुन्।यद्यपि महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि एमाले परिवारको अभिन्न सदस्यको हैसियतले आफ्नो साथ रहने पार्टीका पूर्वउपाध

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • २२८ पटक पढिएको
  • नेकपामा थप चार पार्टी समाहित हुँदै, आज एकता घोषणा

    इटहरी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा बिहीबार थप चार पार्टी समाहित हुँदैछन्।जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूह समाहित हुन लागेका हुन् ।बिहीबार दिउँसो राष्ट्रिय सभागृहमा कार्यक्रम गरी ती समूहलाई स्वागत गर्न लागिएको नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • १८५ पटक पढिएको
  • निर्वाचनसम्बन्धी खर्च गर्न उम्मेद्वारले छुट्टै बैंक खाता खोल्नुपर्ने

    काठमाडौंः फागुन २१ गते हुने प्रतिनिधिसभाको लागि उम्मेद्वारले निर्वाचनसम्बन्धी खर्च गर्न छुट्टै बैंक खाता खोल्नुपर्ने भएको छ । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा यस्तो प्रावधान छ ।आचारसंहिताको बुँदा नम्बर १६ मा निर्वाचन खर्चसम्बन्धी आचरणको विषय छ । जसअनुसार राजनीतिक दल तथा उम्मेद्वारले निर्वाचन खर्च गर्न छुट्टै खाता खोल्नुपर्ने उल्लेख छ ।आचारसंहिताअनुसार उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा नै निर्वाचनमा आफूले खर्च गर्ने अनुमानित रकम र त्यसको स्रोत समेत खुलाउनुपर्ने हुन्छ । त्यसको खर्चका लागि छुट्टै खाता खोल्नुपर्ने आचारसंहितामा उल्लेख

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • १८८ पटक पढिएको
  • हिजो एमालेसहित १५ दल दर्ता, हालसम्म ८० दल दर्ता, आज अन्तिम दिन

    काठमाडौंः फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हिजो एकै दिन नेकपा एमालेसहित १५ वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि दर्ता हुने दलको संख्या ८० पुगेको छ । हिजो राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले, उज्यालो नेपाल पार्टी, राष्ट्रिय प्रजतन्त्र पार्टी नेपाल, प्रजातान्त्रिक पार्टी नेपालसहितका १५ पार्टी निर्वाचन आयोगमा दर्ता भएका हुन् ।निर्वाचन आयोगका अनुसार निर्वाचनमा भाग लिन दल दर्ता गर्ने आज अन्तिम दिन हो ।

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • २११ पटक पढिएको
  • महेश बस्नेत सवार गाडी लक्षित गरेर विराटनगरमा छ्यापियो रातो मसी, दुहबीमा सडकमा प्रदर्शन

    विराटनगरः सुनसरीको इटहरीमा हुने युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन जाने क्रममा नेकपा एमालेका महेश बस्नेत र भानुभक्त ढकाल सवार भएको गाडीमा विराटनगरमा दुई जनाले रातो मसी छ्यापेका छन् ।एयरपोर्ट लाइनको सडकमा रातो मसी छ्याप्ने युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।नेताद्वय सवार गाडी दुहबी कटिसकेपछि दुहबी बजारस्थित सडकमा केही युवाले टायर बालेर प्रदर्शन गरेका थिए । प्रहरीले आगो निभाएर सडक सुचारु गराइसकेको छ ।

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • २९२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल