काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ ।स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएको अस्पताल भर्ना भएका उनको गएराति साढे २ बजे निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।उनको केही दिनअघि देखि काठमाडौं मेडिकल कलेज (केएमसी)मा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।अस्पताल व्यवस्थापन प्रमुख नारायण प्रसाद दाहालका अनुसार उनलाई दुई साता अगाडि अस्पतालमा भर्ना गरिएको थियो । सिधै आईसीयुमा राखेर उपचार गरिएको थियो र अवस्था झन् जटिल बनेपछि भेन्टिलेटरमा राखिएको थियो ।संलग्न चिकित्सकका अनुसार उनको मिर्गौला फेल भएको थियो । त्यसपछि निरन्तर डायलाइसिस
विराटचोकः जापानमा सनई ताकाइची प्रधानमन्त्री बनेकी छिन् । त्यहाँ महिला प्रधानमन्त्री बनेको यो पहिलो पटक हो ।सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी)को नेता चुनिएकी टाकाइची संसद्को तल्लो सदनबाट प्रधानमन्त्रीमा अनुमोदन भएकी अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।उनले प्रतिनिधि सभाका ४६५ सदस्यमध्ये २३७ मत प्राप्त गरेकी थिइन् । बहुमतका लागि २३३ मत आवश्यक रहेकोमा त्यो सीमा पार गरेपछि उनी प्रधानमन्त्री बनेकी हुन् ।सन् २०२१ र गत वर्ष गरी दुई पटक दलको नेताको निर्वाचन हारेकी ६४ वर्षीया टाकाइची गत महिना एलडिपीको नेता चुनिएकी थिइन् ।
विराटनगर । संघीय सरकारको परिपत्रविपरीत कोशी प्रदेश सरकारले ३९ जना अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । अन्तरिम सरकारले ५ असोजमा परिपत्र गर्दै सार्वजनिक सेवालाई चुस्त, छरितो र मितव्ययी बनाउन अनावश्यक संरचना र दरबन्दी घटाउन परिपत्र गरेको थियो ।आज बिहान बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतका चार कार्यालयहरूमा ३९ जना अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत गरेको हो ।पर्यटन विकास आयोजना विराटनगर, पर्यटन कार्यालय धरान र काँकडभिट्टा, जलाधार व्यवस्थापन कार्यक्रम कार्यान्वयन इकाइ विराटनगरको दरबन्दी स्वीकृत भएको हो । पर्यटन कार्यालय धरान र काँकडभिट्टामा ७÷७ जना
काठमाडौं । नियमित महाधिवेशनको मिति सार्वजनिक गर्न माग गर्दै कांग्रेस कार्यकर्ताले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा ताला लगाएका छन् ।महाधिवेशनमा युवा प्रतिनिधित्वको सुनिश्चितता गर्न पनि उनीहरुले माग गरेका छन् । पार्टी अनिर्णियको बन्दी भएको भन्दै छिटो निर्णय गर्नका लागि युवाहरूले तालाबन्दीपछि प्रदर्शन समेत गरेका थिए । २८ असोजदेखि सुरु भएको केन्द्रीय समितिको बैठक पटक–पटक स्थगित हुँदै आएको छ । शुक्रबारका लागि बोलाइएको बैठक पनि बस्दै नबसी आजका लागि सारिएको थियो । तर आजको बैठक पनि नबसी मंगलबारका लागि सारिएको छ ।तालाबन्दीपछि कांग्रेस नेतृत्वलाई केन्द्रीय समितिको बैठक
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गर्नुभएको छ । बैठक आइतबार (भोलि) दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ ।बैठकमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति रहनेछ ।प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार
केराबारीः मोरङको केराबारी गाउँपालिका वडा नम्बर १० का पूर्व वडाध्यक्ष तथा नेकपा एमाले मोरङ जिल्ला कमिटीका निवर्तमान सदस्य जङ्गराज खवासको असामयिक निधन भएको छ ।वामपन्थी आन्दोलनका पुराना होनाहार र सक्रिय नेताको रूपमा परिचित खवासको निधनले गाउँ, समाज र पार्टी परिवारमा शोक छाएको छ । पार्टीका नेताहरूले स्वर्गीय खवासलाई निष्ठावान, इमानदार र जनपक्षीय नेताको रूपमा स्मरण गरेका छन् ।वडाध्यक्ष रहँदा उहाँले स्थानीय विकास, पूर्वाधार निर्माण र जनजीवनका विषयमा उल्लेखनीय योगदान दिएका थिए ।
काठमाडौंः मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । व्यवस्था परिवर्तनको माग राख्दै देशव्यापी आन्दोलन गर्न लागिएको उनले बताए ।राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईँले आन्दोलनमा कुनै पनि प्रकारको तोडफाड, आगजनी तथा अराजकता नहुने दाबी गरेका छन् । दिल्लीमा भएको १२ बुँदे सहमतिपश्चात देशमा राजसंस्था र हिन्दू राज्यको अन्त्य भएको र एनजीओ र आईएनजीओका सरकारहरू चलेको आरोप उनको छ ।विदेश गएकाको फिर्ती र धर्म जोगाउने उद्देश्यस्वरुप आन्दोलन गर्न लागिएको उनले स्पष्ट पारे । उनले आवश्यक डिजेल, ग्यास र दैनिक उपभोग्य वस्तुहरू
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ ।अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा र परिवर्तनको नेतृत्व नेकपा (एमाले) ले गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आजको अवस्था सामान्य छैन । संविधानमाथि आक्रमण भइरहेको छ । यसको बचाउ र देशको स्थायित्वको जिम्मा एमालेले लिनुपर्छ ।” उहाँले पार्टी केन्द्रको निर्देशन पर्खिनु नपर्ने बताउँदै सिर्जनात्मकरुपमा जनताबीच पुग्न ने
काठमाडौँ । मुलुकको वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ ।बैठकमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू हुनुहुन्थ्यो । बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे जानकारी दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले भन्नुभयो, “सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौँ । विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेका जानकारी प्राप्त भएको छ । आफ्ना राजनीतिक माग जिम्मेवार ढङ्गले राख्न सबै स्
काठमाडौँ । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा हुनुअघि १० र घोषणापछि पाँच वटाले दल दर्ताका लागि निवेदन दिएको र ती दलको कागजात विचाराधीन अवस्थामा रहेको आयोगको भनाइ छ । सामान्यतः आयोगमा दल दर्ताका लागि जहिले पनि निवेदन दिन सकिने भए पनि जेनजी आन्दोलनपश्चात नयाँ सरकार गठन भई प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको परिवेशमा युवा पुस्ताको समेत सहभागितामा दल दर्ताको क्रम देखिएको छ । आयोगले प्रक्रिया पुग्नेहरुलाई आवेदन स्वीकृत हुने आयोगका प्रवक्ता नारायणप्रसाद