राजनीति

    Showing ६२१-६३० of ७८५ items.
  • राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक

    इटहरी डेस्क । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो बस्नेगरि सर्वदलीय बैठक बोलाएका छन्।जेनजी आन्दोलनको बलमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रपति पौडेलले पहिलोपटक सर्वदलीलय बैठक बोलाएका हुन्।राष्ट्रपतिको सचिवालयका एक अधिकारीले नेपालखबरलाई दिएको जानकारी अनुसार बैठक शुक्रबार दिउँसो चार बजे बस्नेछ। बैठकको लागि प्रधानमन्त्री कार्कीसहित विभिन्न राजनीतिक दलका नेतालाई खबर गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। 

    • प्रकाशित मितिः असोज २४, २०८२
    • ३९१ पटक पढिएको
  • कांग्रेसले यसपटक दसैँको चियापान कार्यक्रम नगर्ने

    इटहरी डेस्क । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्ने गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम यो पटक नगर्ने भएको छ ।केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति प्रकाशित गरी जेनजी आन्दोलनका क्रममा भएका मानवीय तथा भौतिक क्षतिले देशवासी शोकमा रहेकाले यस वर्ष दसैँको पूर्णिमाका दिन गर्ने गरिएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने स्पष्ट पारेका छन् ।‘चाडबाडको समयमा समग्र मुलुकका नागरिकहरू शोकमा डुबेको र हाम्रो पार्टीको केन्द्रीय कार्यालय समेतमा आगजनी गरि ध्वस्त पारिएको अवस्थाको यो विषम परिस्थितिमा हामी देशभक्त नेपाली नागरिकबीच थप राष्ट्

    • प्रकाशित मितिः असोज १२, २०८२
    • ३३७ पटक पढिएको
  • एमाले जनको दुःख : संस्थागत निर्णय केही छैन, भदौ २३ र २४ गतेको घटनालाई के भन्ने ?

    इटहरी डेस्क । ६ असोज सोमबार साँझ नेकपा (एमाले)का केन्द्रीय सदस्य रमेश पौडेल सामाजिक सञ्जाल फेसबुकमा लाइभमा आए । २३ गते भएको ‘जेनजी’ विद्रोह र २४ गते भएको विध्वंशको बारेमा कुराकानी गरे । तर, लाइभको क्रममा उनले एउटा अप्ठ्यारो बताए । उनले भने, ‘म नेकपा (एमाले)को केन्द्रीय सदस्य हुँ । मेरो पार्टीले त्यो घटनाको बारेमा आधिकारिक धारणा सार्वजनिक गर्ला तर मेरो चै कुरो यस्तो छ...... ।’अहिले रमेश पौडेललाई जस्तै नेकपा (एमाले)का अधिकांस नेता तथा कार्यकर्ताहरलाई आइलागेको दुःख यही हो । २३ र २४ को घटना बारेमा नेकपा (एमाले)ले अझै संस्थागत धारणा सार्वजनिक गर्न सकेको छैन । अध्यक्ष केपी शर्मा ओलीले संबिधान दिवसको

    • प्रकाशित मितिः असोज ७, २०८२
    • ४६८ पटक पढिएको
  • थपिए ५ जना मन्त्री, आज शपथ हुने

    विराटचोकः प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिश गरेकी छिन् । सिफारिश भएका मन्त्रीको शपथ आज हुने बताइएको छ । मन्त्रिपरिषद् दोस्रो पटक बिस्तार भएको हो । प्रधानमन्त्री कार्कीले पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा. संगीता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष आइतबार सिफारिश गरेकी हुन् । बिस्तारित मन्त्रिपरिषद्मा सर्वोच्च अदालतका पूर्वन्यायाधीश सिन्हाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, उद्योग वाणिज्य

    • प्रकाशित मितिः असोज ६, २०८२
    • ३५७ पटक पढिएको
  • राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान

    काठमाडौँ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मुलुकको विषम परिस्थितिमा राष्ट्रिय एकता कायम गरी सबैलाई संयमित भएर अघि बढ्न आह्वान गर्नुभएको छ ।संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा रासससँग कुरा गर्दै पूर्वराष्ट्रपति डा यादवले लोकतन्त्रमा बदलाको भावना र कुण्ठाले नभई कानुनको शासन बाहिर जानेलाई दण्डित गर्नुपर्ने बताउनुभयो । सबै नेपाली मिल्नुपर्ने र गल्ती गर्नेलाई सजाय हुनुपर्नेमा जोड दिँदै उहाँले अहिले आन्दोलन गर्ने पुस्ता तथा सबैलाई वर्तमान चुनावी सरकारलाई साथ र सहयोग गर्न पनि आग्रह गर्नुभयो । 

    • प्रकाशित मितिः असोज ३, २०८२
    • ४६७ पटक पढिएको
  • प्रधानमन्त्री कार्की – युवाहरूको सहभागिता राज्य कार्य प्रणालीमा अनिवार्य

    काठमाडौँ । सरकारले संविधान दिवसका अवसरमा शैनिकमञ्चमा एक समारोहको आयोजना गरेको छ । समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री सुशीला कार्कीले राज्यका सबै संयन्त्रमा युवाहरूले आफ्नो उपस्थिति देख्न चाहेकाले सोहीअनुसार सरकार काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो । संविधानका अक्षरभन्दा जनताका भावना ठुलो हुने बताउनुहुँदै प्रधानमन्त्री कार्कीले आवश्यक परे संस्थागत रूपमा कानुनमा संशोधन गरेर जनताको सेवालाई प्रभावकारी बनाउन आवश्यक भएको बताउनुभयो । प्रधानमन्त्री कार्कीले संविधानले  सङ्घ प्रदेश र स्थानीय तहमा अधिकारको बाँडफाँड र जनताको पहुँचमा गुणस्तरीय र छरितो सेवा प्रदान गर्ने आधार प्रद

    • प्रकाशित मितिः असोज ३, २०८२
    • २८६ पटक पढिएको
  • शहीद हुन तयार तर संसद विघटन नगर्न अन्त्यसम्म अडिग रहेको राष्ट्रपतिको भनाइ

    काठमाडौं। शीतल निवासमा पुगेका नागरिक समाजका अगुवासँग राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा पहिले नै विघटन गर्ने माग पेश हुँदा आफू बरु शहीद हुन तयार रहेको तर संविधानभन्दा बाहिर नजाने अडान लिएको बताएका छन् । भदौ २४ को घटना र त्यसपछि अन्तरिम सरकार गठन गर्दा सम्मका प्रसङ्ग सुनाउँदै राष्ट्रपति पौडेलले आफ्नो अडानकै कारण पहिले अन्तरिम सरकारपछि प्रधानमन्त्रीको सिफारिशमा प्रतिनिधि सभा विघटन भएको बताए । नागरिक समाजका अगुवाहरूले बिहीबार अन्तरिम सरकारको मुख्य काम चुनाव भएकाले त्यसभन्दा बाहिर नजान सचेत गराउन राष्ट्रपति रामचन्द्र पौडेलसँग अनुरोध गरेका थिए । उनीहरुले राष्ट्रपति पौडेललाई भेटेर

    • प्रकाशित मितिः असोज २, २०८२
    • ३२६ पटक पढिएको
  • प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोन वार्ता

    काठमाडौंः भारतीय प्रधानमन्त्रीको जन्मदिनको अवसर पारेर नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ ।  वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५ औं जन्मदिनको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौं पुरानो र मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्नुका साथै नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पनि जानकारी गराएकी थिइन् ।  भारतीय प्रधानमन्त्री मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई ज्ञापन दिँदै असल छिमेकीका नाताले आग

    • प्रकाशित मितिः असोज २, २०८२
    • ४१६ पटक पढिएको
  • देउवा दम्पत्तिको स्वास्थ्य सुधारोन्मुखः पूर्णबहादुर खड्का

    काठमाडौं । आफू निरन्तर सम्पर्कमा रहेको जनाउँदै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको जानकारी गराएका छन् ।सुरक्षाको कारण देखाउँदै उनीहरूको उपचार भइरहेको स्थानबारे अहिलेसम्म केही जानकारी गराइएको छैन । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा खड्काले पनि देउवा दम्पत्तिको उपचार कहाँ भइरहेको छ भन्नेबारे भने केही खुलाएनन् ।गत २४ भदौमा जेन जीले गरेको प्रदर्शनका क्रममा बुढानीलकण्ठस्थित निवासमै देउवा दम्पत्तिमाथि कुटपिट भएको थियो ।

    • प्रकाशित मितिः असोज २, २०८२
    • २८७ पटक पढिएको
  • इटहरी नगरअध्यक्षसहितका नेता, कार्यकर्ताले त्यागे नागरिक उन्मुक्ति पार्टी

    इटहरी । जेन जी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै इटहरी– १२ स्थित खनारको रेडकक्रस भवनमा संयुक्त पार्टी परित्याग कार्यक्रमको आयोजना गरी सुनसरीका ३ दर्जन अगुवा कार्यकर्ता तथा नेताले पार्टी परित्यागको घोषणा गरेका छन् ।सो कार्यक्रममा जेन जी आन्दोलनलाई भौतिक तथा नैतिक समर्थन रहेको पार्टीका इटहरी नगर कमिटी अध्यक्ष शेषकराम थानदारले बताउनुभयो । पार्टी जनताप्रति बफदार नदेखिएको उहाँले पार्टी परित्याग गरेका नेता तथा कार्यकर्ता अहिले कुनै पनि पार्टीमा सामेल नहुने बताउनुभयो । पार्टीले जनता तथा कार्यकर्ताको मनोभावनाअनुसार काम नगरेको  र सत्तामोहमा केन्द्रित भएकोे पार्टी परित्याग गर्नेहरुले बताएका छन्

    • प्रकाशित मितिः असोज २, २०८२
    • २७१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल