विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ सर्वसम्मतले पारित भएको छ ।कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव गर्नुभएपछि सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो । मन्त्री कार्कीले कोशी प्रदेशमा अहिले पनि १२३ खानेपानी आयोजना रुग्न रहेको जानकारी दिँदै बजेटको अभाव रहे पनि प्रदेश सरकारले झापाको भद्रपुर नगरपालिका–२ र विराटनगर महानगरपालिका–१४ को खानेपानी आयोजना सङ्घीय सरकारबाट हस्तान्तर भई प्रदेशको मातहत आइसकेको जानकारी दिनु
मोरङ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव नेपालले राजनीतिक प्रतिशोध साँध्न आफूलाई मुद्दा लगाइएको दाबी गरेका छन् । आज (शुक्रबार) विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीका क्रममा अध्यक्ष नेपालले आफूलाई लगाइएको आरोप भ्रष्टाचारको विषय नै नभएको बताए ।‘मेरो त भ्रष्टाचारको केस नै होइन, मन्त्रिपरिषदको सर्वसम्मत निर्णयबाट भएको हो । जसमा नेपाल सरकारलाई एक पैसा पनि नोक्सान भएको छैन’, उनले भने । यो प्रकरण राजनीतिक पूर्वाग्रह र प्रतिशोध भएको दाबी उनको छ । उनले आफूले जीन्दगीमा एक पैसा पनि तलमाथि नगरेको दाबी गरेका छन् । अर्को प्रसंगमा उनले एकीकृत समाजवादी र माओवादीबीच एकी
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ता मनिष झाले प्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणीमाथि प्रतिक्रिया दिँदै पार्टी सभापति रवि लामिछानेको समर्थनमा जारी हस्ताक्षर अभियानले पाँच करोडको आँकडा पार गरे पनि अचम्म नमान्न आग्रह गरेका छन् ।भैरहवामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता झाले भने ‘भर्खरै केपी शर्मा ओली ज्यूले तीन करोड भन्दा धेरै हस्ताक्षर हुन्छ जस्तो छ भन्नु भएछ । पक्कै हुन्छ । यो तीन करोड होइन, पाँच करोड नै नाघ्यो भने पनि अचम्मित नहुनु होला ।’उनले हस्ताक्षर अभियान नेपालभित्र मात्र सीमित नरहेको बताएका छन् । ‘पोखराको लेकसाइडमा विदेशीले पनि हस्ताक्षर गरिरहेका छन् । साउनम
इटहरी डेस्क । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संरक्षक रेशमलाल चौधरी पक्षले केन्द्रीय समितिको अध्यक्षको जिम्मा लालवीर चौधरीलाई दिएको छ । बुधबार र बिहीबार बसेको रेशम पक्षको राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएर लालवीरलाई अध्यक्ष तोकेको हो ।बर्दिया– २ बाट संघीय सांसद निर्वाचित लालवीर रेशमकै बुवा हुन् । रेशमलाल चौधरी पक्ष भनिएपनि यो सम्पूर्ण हिसाबले चौधरीबाट निर्देशित समूह हो । रेशमले श्रीमती रञ्जिता श्रेष्ठलाई हटाएर अध्यक्षमा बुवालाई ल्याएका हुन् । रञ्जिता पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हडप्ने प्रकरणमा मुछिएपछि नाउपाभित्र विवाद देखिएको हो ।रञ्जितालाई आफूमाथि लागेको आरोपबा
इटहरी डेस्क । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष पदमै आँखा गाडेका कारणले पार्टी केन्द्रीय कमिटीले रोक लगाउने निर्णय गर्नुपरेको स्पष्ट पारेका छन् । बालुवाटारमा कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरूसँगको छलफलका क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले पूर्व राष्ट्रपति भण्डारीले राजनीतिमा सक्रिय हुने निर्णय लिनेबारे आफूहरूले कल्पना समेत नगरेको बताए ।‘देशकै अविभावक बन्नु पर्ने व्यक्तिले पार्टी सदस्यता नवीकरणसँग पार्टी अध्यक्षको पदमा आँखा गाडिएकै कारण केन्दीय कमिटीमार्फत पछिल्लो निर्णयमा पुग्नु परेको हो,’ ओलीले स्पष्
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले काठमाडौंमा ‘सत्याग्रह’ सुरु गरेका छन् । स्थानीय कच्चा पदार्थ सहज रुपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै मेयर भट्टराईले काठमाडौंमा सत्याग्रह सुरु गरेका हुन् ।माइतीघर मण्डलामा कपाल मुण्डन गरी सेतो कपडा लगाएर उनले सत्याग्रह सुरु गरेका हुन् । उनी परालको गुन्द्री माथि कम्बल ओछ्याएर बसेका छन् । छेउँमा बाँसका भाटा राखेका छन् ।स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले त्यसलाई संशोधन गर्नुपर्ने उनको मुख्य माग छ ।उनले ‘पैसा छैन नीति देउ, आत्मनिर्भर समाज बनाऔं,’ ‘प्रकृतिको विनास हैन, संरक्षण गरौं,’ ‘जलवायु परिवर्तनको
इटहरी । सत्तारुढ नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले संघीय निजामती सेवा सम्बन्धी विधेयकमा समावेश गरिएको ‘कुलिङ अफ पिरियड’ व्यवस्थाका सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै तीन बुँदामा प्रश्न उठाएका छन् ।सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले ‘कुलिङ अफ पिरियड’ को विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि समेत छानबिन गर्नुपर्ने भन्दै प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले यसमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख समेत गरेका छन् ।‘हामी विधेयकमा कुलिङ अफ पिरियड समावेश गर्नुपर्छ भन्ने पक्षमा छौं र यो विषयको संशोधन हामीले (सांसदहरू) नै राखेक
इटहरी डेस्क । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले केन्द्रीय समिति बैठकमा आएर आफूमाथि लागेका आरोपबारे स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् ।कास्कीको लिचीबारी जग्गा हत्याउन खोज्ने बिचौलिया समूहसँग जोडिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग धाइरहेकी पत्नी रञ्जितालाई रेशमले बैठकमा सहभागी भएर जवाफ दिन भनेका हुन् । एक भिडियो सन्देश जारी गर्दै रेशमले पत्नी रञ्जितालाई भनेका छन्, ‘तपाईं भाग्न पाउनु हुँदैन, तपाईंमाथि लागेको आरोपबारे बैठकमा स्पष्ट जवाफ दिनुपर्छ ।’उनले पार्टीको केन्द्रीय समिति बैठकमा आएर जवाफ दिन रञ्जितालाई चुनौती दिएका हुन
इटहरी डेस्क । नेकपा (एमाले) ले राष्ट्राध्यक्ष र नेपाली सेनाको परमाधिपति समेत भइसकेको पूर्व राष्ट्रपति दलीय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको छ ।सो दलको आज सम्पन्न केन्द्रीय कमिटीको बैठकले संविधानको पालना गराउने, राष्ट्राध्यक्ष भइसकेको र गणतन्त्रको प्रतीकलाई दलको कार्यकर्ता र नेता बनाउने विषय सुहाउँदो नभएको निष्कर्ष निकालिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।बैठकपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख गौतमले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीप्रति सम्मान रहेको बताए । ‘पूर्व राष्ट्रपति देशको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्
इटहरी । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेर हदसँग जोडेर आफू जेलमा बसेको १४ वर्षे अवधि घटाउनुप र्ने तर्कबारे पूर्व नेता भीम रावलले कटाक्ष गरेका छन् ।एमाले छाडेर मातृभूमि जागरण अभियान चलाइरहेका रावलले त्यसो भए बाल्यकाल, सुतेको र बिरामी भएको समयावधि पनि घटाउनु भनेर प्रधानमन्त्री ओलीलाई व्यङ्ग्य गरेका छन् ।‘एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनु पर्छ भन्ने कुरा केपीबाट बैठकमा पेस भएछ’, रावलले सोमबार सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनुअघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम