इटहरी डेस्क । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रिटायरमेन्ट (अवकाश) आफ्नो मर्जीको कुरा भएको बताएका छन् । केन्द्रीय समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले रिटायरमेन्टको कुरा उठाएपछि देउवाले यस्तो जवाफ दिएका हुन् ।‘म के गर्छु भन्ने मेरो कुरा हो । मलाई कसैले भनेर पनि मैले गर्ने होइन क्यारे,’ विश्वप्रकाशलाई जवाफ दिँदै देउवाले भने, ‘म अप्ठ्यारो मान्छे हो नि विचार गर्नुस् ।’ देउवाले केही दिनअघि अब आफूले रिटायरमेन्ट लिने बेला भएको बताएका थिए । यसैमा शर्माले धन्यवाद भनेपछि देउवाले यस्तो बताएका हुन् ।देउवाले पार्टी विधान र संविधान अनुसार पार्टीको १५ औं महाधिवेशन हुने पनि बताए ।
इटहरी डेस्क । नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ ।पार्टी सचिव सोमप्रसाद पाण्डेका अनुसार तीन दिनभित्र जवाफ पठाउने गरी स्पष्टीकरण सोधिएको हो । ‘उहाँले जे बोल्नुभयो, त्यसमा स्पष्टीकरण सोधिएको छ’, उनले भने ।गत शनिबार झाँक्रीले नेतृत्व पुनर्गठनको माग राख्दै सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् । पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपाल जोडिएकाले पार्टी पुनर्गठनको प्रस्ताव अगाडि बढाउनुपर्ने झाँक्रीको माग थियो ।त्यस क्रममा उनले ‘सिनो बोकेर’ अगाडि बढ्न नसकिने समेत बताएकी थिइन् । उनको यस्तो अभिव्यक्तिप्रति पार्टीको अनुशासन आयोगले तीन दिने स्पष्टीकरण सोधेको
बुढीगंगा गाउँपालिकाले सार्वजनिक गर्यो आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमचालू आर्थिक वर्षका लागि कुल ७६ करोड ३० लाख ९३ हजार रुपैयाँको बजेट विनियोजन गरिएको छ।बुढीगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको सोह्रौं गाउँसभा अधिवेशनमार्फत गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जनताप्रति उत्तरदायी, पारदर्शी र समावेशी स्थानीय शासन प्रणालीलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन्।पालिका स्रोत अनुसार चालू आर्थिक वर्षका लागि कुल ७६ करोड ३० लाख ९३ हजार रुपैयाँको बजेट विनियोजन गरिएको छ। बजेटलाई कृषि, पर्यटन, युवा तथ
इटहरी । भ्रष्टाचार मुद्दाको प्रतिवाद गर्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज विशेष अदालतमा हाजिर हुँदै छन्। नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री नेपाल बुधबार विशेष अदालतमा हाजिर हुन लागेका हुन्। पतञ्जली आयुर्वेद तथा योगपीठ नेपाल नामक गैरनाफामूलक कम्पनीका लागि गैरकानुनीरूपमा हदबन्दी छुट दिएको र उक्त छुट पाएको जग्गा पनि व्यापारिक प्रयोजनमा बेचबिखन गर्न अनुमति दिएको भन्दै अख्तियारले उनीमाथि भ्रष्टाचार अभियोगमा मुद्दा चलाएको छ।
इटहरी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेताकै कमजोरीले लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भइरहेको बताएका छन्। आज (आइतबार) प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन्। हाल संसद् चल्नु पर्ने जसरी अघि नबढेको उनले बताएका छन्। उनले आफ्नो स्वाभिमान र इज्जतलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए।‘अहिले पनि संसद् हामीले जसरी चलाइरहेका छौँ, यस्तै गरेर संसद् टिक्छ ? लोकतन्त्रमाथि यो व्यापक आक्रमण, गणतन्त्रमाथि आक्रमण हाम्रो कमजोरीले होइन ? हाम्रो आफ्नो स्वाभिमान र इज्जतलाई गम्भीरता पूर्वक लिनुपर्छ’, उनले भने। सत्ता र शक्तिमा भएकाहरूको इसारामा गोटी बनेर हिँड्दा दिन प्रतिदिन इज्जत क्षय भएर जान
इटहरी डेस्क । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको तेस्रो वर्ष पूरा गरी चौथोमा प्रवेश गर्दा सभापति रवि लामिछानेको उपस्थिति विनै स्थापना दिवस मनाएको छ। सहकारीको बचत रकम ठगी अभियोगमा पूर्पक्षका लागि कारागार चलान भए पनि अहिले निर्वाचन आयोगको अभिलेखमा सभापति लामिछाने नै रहेका छन्।कागागारबाट लामिछानेले आफूविरुद्धका षड्यन्त्र अझै नसकिएको दाबी गरेका छन्। अपराधपूर्ण घेराबन्दीमा अब मैले जनताको अदालतबाहेक न्याय माग्न जाने ठाउँमा नभएको उनको भनाई छ। उनले आफूलाई मात्र नभई सिंगो देशलाई नै जेल बनाइसकेको आरोप लगाएका छन्। पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले आफूविरुद्ध सञ्चालित आरोपहरू नियोजि
इटहरी डेस्क । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा ३० दिनभित्र छानबिन गर्न सरकारसँग आफूहरुसको सहमति भएको भए पनि त्यसलाई तत्काल अगाडि बढाउनुपर्ने माग गरेको छ। सोमबार प्रतिनिधिसभाको बैकठमा बोल्दै माओवादी सांसद शक्ति बस्नेतले रोष्टममा सरकारका तर्फबाट गृहमन्त्रीले गरेको घोषणा तत्काल कार्यन्वयन गर्नुपर्नेमा जोड दिए। ‘सरकारले ३० दिनभित्रमा अध्ययन, छानबिन समिति बनाएर प्रक्रिया अगाडि बढाउने उद्घोष गरिसकेको स्थिति छ,’ बस्नेतले भने, ‘हामीले त्यो कुराको भरोसा पनि गरेका छौँ। म सरकारसँग के आग्रह गर्न चाहान्छु भने अब त्यो ३० दिन लगाउनु पनि जरुरी छैन।’उनले भने, ‘अब एक हप्त
इटहरी डेस्क । सभामुख देवराज घिमिरेले सदनमा जारी अवरोध हटाउने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका छन् । आज (सोमबार) सरकारी निवास बालुवाटारमा भएको छलफलमा दुई सातादेखि विपक्षीको अवरोधले सदन बन्धक भएको बताए। बजेटबारे व्यापाक छलफल गर्नुपर्ने बेला संसद अवरूद्ध हुँदा जनतामा गलत सन्देश गएको सभामुख घिमिरेको भनाइ थियो।‘विपक्षीले उठाएका मुद्दा गम्भीर छन्, त्यही भएर दुई सातासम्म संसदलाई सहमतिका लागि रोकेको हुँ। तर, अब रोक्ने अवस्था छैन । संसदको नेतृत्वका हिसाबले मैले संवैधानिक सीमालाई पनि ख्याल गर्नु पर्दछ’, उनले भनेका छन्। राष्ट
इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले संसद अवरुद्ध गरेको दिनको भत्ता नलिने भएका छन्। आज (सोमबार) बिहान बसेको राप्रपा संसदीय दलको बैठकले आफूहरूले संसद् अवरुद्ध गरेको दिनको भत्ता नदिन संसद् सचिवालयलाई पत्र लेखेका हुन्।बैठक बापत प्राप्त हुने भत्ता राजश्वमा फिर्ता हुने व्यवस्था गरिदिन राप्रपाले संसद् सचिवालयलाई आग्रह गरेको छ। आइतबार राप्रपाले संसद बहिष्कार गरेको थियो। संसद् अवरुद्ध गरेको दिनको भत्ता लिनु नैतिक र सैद्धान्तिक रूपमा उचित नहुने ठहर गर्दै राप्रपा संसदीय दलले बैठकले भत्ता नलिने निर्णय गरेको प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिएका छन्।‘उक्त दिनको बैठक भत्ता लिनु
इटहरी डेस्क । सत्तारुढ नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्वियुको नेतृत्वमा सहमति नजुटेपछि प्यानल बनाएर चुनाव लड्ने तयारी गरेका छन्। जारी महाधिवेशनमा पार्टी नेतृत्वको निर्देशन लत्याउँदै निर्वाचनमा होमिएका अनेरास्ववियुका नेताहरू प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिँदै छन्। कीर्तिपुरमा जारी नेतृत्व चयन प्रक्रिया ढिलोगरी चलिरहेको छ। हिजै साँझ दर्ता भएको उम्मेदवारहरूको नामावली प्रकाशन अहिलेसम्म पनि गरिएको छैन। जबकि आज बिहान ८ बजेदेखि मतदान हुने तालिका प्रकाशित भएको थियो ।उम्मेदवारी दर्ता भए पनि अझै पनि सर्वसम्मतिको प्रयत्न गर्न निर्वाचन प्रक्रिया अगाडि नबढाइएको हो। तर अध्यक्ष पदमा उम्मेदवा