राजनीति

    Showing ६८१-६९० of ७८५ items.
  • पूर्व राष्ट्रपति भण्डारी भन्छिन : कार्यकर्ताहरूसँग भेटघाट गर्न मैले एमालेसँग अनुमति लिइरहनु पर्दैन

    विराटनगर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले सधैं देश र जनताको पक्षमै काम गर्ने बताएकी छन्। पूर्वी नेपालबाट काठमाडौं फर्किने क्रममा मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो त्यो बाहेक कुनै ठूलो आकांक्षा नभएको स्पष्ट पारेकी छन्।आफ्नो राजनीतिक जीवन नै नेकपा (एमाले) बाट शुरू भएकाले सक्रिय राजनीतिमा आउँदा स्वाभावैले एमालेमै आउने उनले बताइन् । ‘एकचोटी नाता जोडिएपछि सधैं रहिराख्। हुन त मान्छेहरू पार्टी छोड्छन् पनि। म चाहिँ त्यस्तो व्यक्ति हो जहाँ जन्मे-हुर्किए आजसम्म एउटै लाइनमा छु। हिजोदेखि नै वामपन्थी आन्दोलनमा लागियो र अहिलेसम्म नि म छु,’ उनले भनिन्, ‘त्यो

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • ४७४ पटक पढिएको
  • अनेरास्ववियुको नेतृत्व चयन प्रक्रिया आजबाट सुरू, को–को छन् अध्यक्षका आकांक्षी ?

    इटहरी डेस्क । सत्तारुढ नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुको जारी २४ औं राष्ट्रिय महाधिवेशनमा सोमबारबाट नेतृत्व चयन प्रक्रिया सुरू हुने भएको छ। अनेरास्ववियुको महाधिवेशन आइतबारबाट त्रिवि स्मृति भवनका सुरू भएको हो। महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए।उद्घाटन सत्र सकिएलगत्तै स्मृति भवनमै बन्द सत्र सुरू भएको थियो। जारी महाधिवेशनमा अध्यक्ष मण्डल गठन भइ राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत भइसकेका छन्। यी प्रतिवेदनहरूमाथि छलफल गर्न १० वटा समूह बनाइएको निवर्तमान अध्यक्ष समिककुमार बडालले जानकारी दिए। उनकाअनुसार दोस्रो दिनको बन्द सत्र सोमबार बिहान ८ बजेबाट

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • ४८८ पटक पढिएको
  • कांग्रेस–माओवादी केन्द्रका नेताहरु संसद भवनमै छलफलमा

    इटहरी डेस्क । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र सत्ता साझेदार नेपाली कांग्रेसका नेताहरुबीच संसद भवनमै छलफल सुरू भएको छ। संघीय संसद भवनको शंकर हलमा कांग्रेस र माओवादीबीच छलफल चलिरहेको एक नेताले जानकारी दिएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसअघि संसद भवनमै विपक्षी दलहरूसँग छलफल गरेका थिए।त्यहाँ छलफल गरेर शंकर हलमा उनी कांग्रेससँग छलफलमा जुटेका हुन् । विपक्षी दलहरुको बैठकमा प्रचण्डले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटबारे ब्रिफिङ गरेका थिए। उनले भिजिट भिसा प्रकरणको छानबिन गर्नका लागि कांग्रेस तयार नभएको ब्रिफिङ बैठकमा गरेको राष्ट्रिय स्वतन्त्र पा

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • ३५९ पटक पढिएको
  • विरोधीहरु सत्ता गठबन्धनमा फाटो ल्याउन खेलिरहेका छन् : प्रधानमन्त्री

    इटहरी । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थिरता, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्ता साझेदार दलभित्र कुनै मतान्तर नरहेको स्पष्ट गरेका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र एमालेबीचको सहमति बमोजिम अबको १३ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गरेर एमाले सरकारका सामेल हुने पनि दोहोर्‍याए।‘हाम्रा विरोधीहरुले सत्ता गठबन्धनभित्र खेल्न खोजेका छन्। हामीले हाम्रो लक्ष्य मिसन २०८४ अन्तर्गत आगामी निर्वाचनमा बहुमत ल्याउँछ भनेको छौं। प्रतिस्पर्

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • ३०५ पटक पढिएको
  • फेसबुकमा मुख छाडेर हिंड्नेहरू पारिवारिक तनावमा हुन्छन् : प्रधानमन्त्री

    इटहरी डेस्क ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पारिवारिक स्थिति तनावपूर्ण हुनेहरूले सामाजिक सञ्जालमा मुख छाड्ने निष्कर्ष सुनाएका छन् । ईडिया स्टुडियोले काठमाडौंमा आयोजना गरेको नवप्रवर्तक युवासँग प्रधानमन्त्री अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले युवाहरूलाई तनावमुक्त भएर बस्न सुझाव दिए ।उनले युवाले चित्त बुझाउन नहुने र परिवर्तनको लागि लाग्नुपर्नेमा जोड दिए । ‘तर चित्त नबुझाउने भनेको अरूलाई गाली गर्ने, केही नगर्ने, नकरात्मक ढंगले मात्रै चल्ने, त्यसले कसैलाई राम्रो गर्दैन,’ उनले भने ।उनले भने, ‘यो फेसबुक–सेसबुकमा मुख छाडेर हिँड्नेहरूको पारिवारिक स्थिति तपाईँहरूले उनीहरूको परिवारभित्र के छ

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • ४६५ पटक पढिएको
  • काठमाडौंकेन्द्रित राजावादी आन्दोलन जिल्लातिर मोडियो , आम नागरिकहरू जाेडिन अनुराेध

    इटहरी डेस्क ।  राजसंस्था फर्काउन गठित संयुक्त जनआन्दोलन समितिले आन्दोलनका कार्यक्रमलाई जिल्लाकेन्द्रित गर्ने भएको छ ।संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४५ दल, समूह र अभियानको बुधबार बसेको संयुक्त बैठकले पहिलो चरणको आन्दोलनबाट प्राप्त अनुभवलाई दृष्टिगत गर्दै आन्दोलनको भावी स्वरुप परिमार्जन गरेको हो ।बैठकपछि संयोजक नवराज सुवेदीले विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४५ दल, समूह र अभियानको बैठक आज सम्पन्न भयो । उक्त बैठकमा गत एक हप्तादेखि सञ्चालन हुँदै आएको जनआन्दोलनको समीक्षा गरिनुको साथै भावी कार्य योजनाका बारेमा समेत छलफल भयो ।आगामी आन्दोलनका कार्यक्रममा समेत विभिन्न वर्ग,

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • ३१५ पटक पढिएको
  • राजावादी आन्दोलन नरोकिए राप्रपा नेताका सुरक्षाकर्मी हटाइनेछ : गृहमन्त्री लेखक

    इटहरी डेस्क । गृहमन्त्री रमेश लेखकले राजतन्त्र पक्षधर नेताहरूका लागि खटाइएका सुरक्षाकर्मी राजतन्त्रको पक्षमा आन्दोलन गर्न छोडेसँगै पुनः खटाइने बताएका छन्। बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले राप्रपाका नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी किन फिर्ता बोलाइएको हो ? भन्दै प्रश्न गरेका थिए। सरकारले केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसहितका राप्रपा नेताहरुको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएको थियो। उक्त प्रश्नको जवाफ दिँदै

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • ३३९ पटक पढिएको
  • रास्वपाले संसदीय समितिबाटै माग्यो गृहमन्त्री लेखकको राजीनामा

    इटहरी डेस्क ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेकी छन्।आज (बुधबार) सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गृहमन्त्रीको राजीनामा माग गरेकी हुन्। उनले गृहमन्त्री लेखकको भिजिट भिसामा संलग्नता रहेको देखिएको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरिन्।उनले देशमा मानव तस्करी जस्तो गम्भीर विषयमा गृहमन्त्रीमाथि आरोप लागिरहेको भन्दै १५ दिन भए पनि राजीनामा दिन र अनुसन्धानमा सघाउन माग गरिन् । छानविनबाट निर्दोष भए त्यसपछि आएर पुनः मन्त्री हुन कसैले नछेक्ने उनको भनाइ छ। सांसद कार्कीले सरकारले आफ्न

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • २७९ पटक पढिएको
  • तथ्य–प्रमाणले गृहमन्त्रीलाई छोएको छैन, रिस उठेका भरमा राजीनामा मागियो : प्रधानमन्त्री

    इटहरी डेस्क ।  प्रधानमन्त्री केपी शर्मा ओलीले केही आधार र प्रमाणबिनै गृहमन्त्री रमेश लेखकको राजीनामा मागिएको बताएका छन्।सोमबार एमाले संसदीय दलको बानेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्दै तथ्य, प्रमाण केहीले पनि गृहमन्त्रीलाई नछुने दाबी गरे।ओलीले भने, ‘अहिले केही नपाएर गृहमन्त्रीको राजीनामा। केही तथ्य, केही प्रमाणले गृहमन्त्रीलाई छुनुपर्‍यो।’ अख्तियारले एउटा कर्मचारीको बयान लिएको आधारमा गृहमन्त्रीको राजीनामा माग गरिएको समेत उनले टिप्पणी गरे।‘केहीले छोएको छैन, केही भएको छैन,’ ओलीले भने, ‘एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्योअरे भनेका भरमा, के सोधेको पनि थाहा छैन। बयान लिएको छैन। त्यस्तो अव

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • ४०० पटक पढिएको
  • प्रचण्डलाई लिङ्देनको जवाफ– पैसा खुवाएर मान्छे ल्याएको आफ्नो अनुभव सुनाउनुभएको होला

    इटहरी डेस्क । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रका पक्षमा पैसा खुवाएर मान्छे उतारेको अनुभवका आधारमा आफूहरुलाई पनि त्यस्तै आरोप लगाएको बताएका छन्। प्रचण्डले शनिबार नुवाकोटमा आयोजित कार्यक्रममा  राजावादीहरूले भाडामा मान्छे ल्याएर चुरीफुरी देखाएको टिप्पणी गरेका थिए। बालुवाटारमा आयोजित प्रदर्शनबाट त्यसको जवाफ दिँदै लिङ्देनले  गणतन्त्र हल्लिँदा पिर परेकाले बर्बराएको समेत आरोप लगाए।‘प्रचण्डजी राम्रो भए पनि नभए पनि उहाँ गणतन्त्रको संस्थापक हो,’ उनले भने, ‘उहाँको नेतृत्वमा नेपालमा गणतन्त्रको मुद्दा उठेको हो। त्यसैले ग

    • प्रकाशित मितिः जेठ १७, २०८२
    • ४६० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल