इटहरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईलाई 'सबैभन्दा बुद्धि नभएका डाक्टर' भनी आलोचना गरेका छन्।बुधबार रुकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा उनले बाबुरामविरुद्ध त्यस्तो कडा आलोचना गरेका हुन्। पत्रकारहरूले बाबुराम भट्टराईसँग पार्टी एकता सम्भव छ भने सोध्दा जवाफमा प्रचण्डले आक्रोशित हुँदै भने, ‘सबैभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले। त्यस्तासँग के गरी एकता गर्ने?’ पार्टी एकता गर्ने भनेरै गत निर्वाचनमा आफू बाबुरामको निर्वाचन क्षेत्र गोरखाबाट उठेको तर पछि भट्टराईले कम्युनिस्ट नाम सुन्नै नचाहे
पथरी – मोरङ क्षेत्र नं. ३ का संघीय सांसद डा. सुनिल शर्मा र प्रदेश सांसद मानबहादुर लिम्बुको संयुक्त सम्पर्क कार्यालय पथरी शनिश्चरे-२ बुद्धचोकमा उद्घाटन गरिएको छ।सांसद शर्माले स्वास्थ्य बीमासम्बन्धी विधेयक संघीय संसदबाट पारित भएको जानकारी दिँदै यसले ऐतिहासिक लाभ पुग्ने बताए। उनले पथरी शनिश्चरेदेखि सलकपुरसम्म २ अर्बभन्दा बढी बजेट प्राप्त भई विकास योजनाहरू अघि बढिरहेको उल्लेख गरे। कार्यक्रममा कांग्रेस, माओवादी र एकीकृत समाजवादीका नेताहरूले गठबन्धनका प्रतिबद्धता पूरा गर्न सांसदहरूलाई शुभकामना दिए। नेपाल विद्यार्थी संघका नेताहरूले एसियन हाइवे सहरी मापदण्डअनुसार निर्माण गर्न माग गर्दै ज्ञा
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन १९–२१ गते काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको छ। बैठकमा 'जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान' को समीक्षा गरिनेछ। साथै, पालिका समितिका केन्द्रीय अभियन्ताहरूले आफ्नो कार्यक्षेत्रको प्रगति प्रतिवेदन प्रस्तुत गर्नेछन्। बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टीको साङ्गठनिक कार्ययोजनाबारे पनि छलफल हुने प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
विराटनगर – नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संविधान संशोधन नेपाली कांग्रेस वा नेकपा (एमाले) को मात्रै एजेन्डा नभई राष्ट्रिय मुद्दा भएको बताएका छन्।नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन र नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले बिहीबार विराटनगरमा आयोजना गरेको "संविधान संशोधन: आवश्यकता र चुनौती" विषयक अन्तरक्रियामा बोल्दै उनले संविधान संशोधनको आवश्यकता, प्रक्रिया र चुनौतिबारे गम्भीर छलफल हुनुपर्ने बताए। संविधान संशोधन सबै नेपाली नागरिकको साझा विषय भएकाले यसलाई कुनै एक पार्टीको एजेन्डा बनाएर अघि बढ्न नसकिने उनको भनाइ थियो।संविधान संशोधनको बहस सबैको सहभागितामा हुनुपर्छसंविधान सं
दाङ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले जनताका समस्या बुझ्न गाउँ-गाउँ पुग्दै जनताले माओवादीप्रति सकारात्मक धारणा राखेको बताएका छन्। दाङको घोराहीमा आयोजित पत्रकार भेटमा प्रचण्डले सरकार आगामी चुनावसम्म टिकेमा माओवादीलाई फाइदा हुने र पार्टी एक्लैले चुनावी प्रतिस्पर्धा गर्ने घोषणा गरे। पार्टीभित्रका त्रुटि सच्याएर अघि बढ्ने उनको प्रतिबद्धता छ।
विराटनगर– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अध्यादेशको दुरुपयोग भइरहेको भन्दै यसको विरोध गरेका छन्। विराटनगरस्थित आफ्नो निवासमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले देश ठप्प हुने आपतकालीन अवस्थाबाहेक अन्य समयमा अध्यादेश ल्याउन नहुने बताए।“अध्यादेश भनेको संविधानमा रहेको एक आपतकालीन प्रावधान हो। यसलाई संसद्ले काम गर्न नसक्ने अवस्थामा मात्र प्रयोग गर्नुपर्छ। तर, अहिले यसको व्यापक दुरुपयोग भइरहेको छ,” कोइरालाले भने।उनले नेपाली कांग्रेस र नेकपा एमालेको बलियो बहुमत भएको सरकारको बेलामा पनि अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गरे। “जब संसद्मा बहुमत छ, दुई तिहाइ नचाहिँदा पनि ऐन पारित गर्न
सुनसरी - नेकपा एमालेबाट निष्कासित भीम रावललाई १,०८६ जनाको समर्थन प्राप्त भएको छ। अनेम संघका कार्यवाहक अध्यक्ष, जनवर्गीय संगठनका ८ प्रमुख, वडा कमिटीका २२ पदाधिकारी र ६३७ संगठित सदस्यहरूसहित अन्य पार्टीका ५ व्यक्तिले समर्थन जनाएका छन्। रावललाई एमालेले पुस १० गते पार्टी सदस्यताबाट निष्कासन गरेको थियो।
सुनसरी - नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आफ्नो पूरानो दल नेकपा (एमाले) मा फर्किन तयारीमा छन्। २०७८ सालमा एमाले छाडेका गौतम आज वा भोलि औपचारिक रूपमा पार्टी प्रवेश गर्नेछन्।गौतमको पुनरागमनपछि राष्ट्रिय सभामा एमाले सांसदहरूको संख्या १२ पुग्नेछ। यसले पार्टीको राजनीतिक र संख्यात्मक प्रभावकारिता बढाउने विश्वास गरिएको छ। हाल गौतमसहित डा. अञ्जान शाक्य राष्ट्रिय सभामा मनोनीत सांसद छन्।गौतमको यो कदमले पार्टीभित्र संगठनात्मक एकता र रणनीतिक बल थप्ने अपेक्षा गरिएको छ।
विराटनगर - नेकपा एकीकृत समाजवादीसँगको एकता प्रयास टुंग्याएपछि वामदेव गौतम एमालेमा फर्किने भएका छन्।
इटहरी । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको छैठौं पूर्ण बैठकको तेस्रो दिनको छलफल सुरु भएको छ।बैठकको सुरुमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्षिप्त धारणा राख्दै राजनीतिक प्रस्तावमा सबैको सर्वसम्मत धारणा आएकाले आज दिउँसो २ बजेसम्म प्रस्तावमाथि छलफल प्रक्रिया सकेर निर्णय प्रक्रियामा अघि बढ्ने जानकारी गराए। बैठक आजै सकाउने माओवादीको तयारी छ। माओवादीका पूर्ण र बैकल्पिकगरी ६१४ केन्द्रीय सदस्य भए पनि छलफलका लागि १८० जनाले मात्रै नाम टिपाएकाले बैठक एक दिनअघि नै सकिने भएको हो। माओवादी बैठकको मिति पुस २१देखि २४ गतेसम्म राखिएको थियो।