राजनीति

    Showing ७४१-७५० of ७८५ items.
  • एक साताभित्र सरकार विस्तार : मुख्यमन्त्री कार्की

    विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यसै साताभित्र सरकार विस्तार हुने बताएका छन् ।सोमबार कोशी प्रदेश सभाको बैठकमा विश्वासको मत पाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकार विस्तारबारे केही सैद्धान्तिक कुरा भइसकेको र त्यसकै आधारमा यही साताभित्र सरकार विस्तार गर्ने बताए ।सर्वोच्च अदालतले अल्पकालीन आदेश नगरेको र रिट जारी पनि नगरेको तथा कुनै कामकाज नरोक्नु भनेकाले सरकार विस्तार गरिने उनले बताए ।

    • प्रकाशित मितिः वैशाख ३१, २०८१
    • ३७५ पटक पढिएको
  • नेकपा एस:राष्ट्रिय महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदन मस्यौदा माथी छलफल सुरु

    विराटनगर: नेकपा (एकीकृत समाजवादी)ले पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदनसहितका मस्यौदामाथि आन्तरिक छलफल सुरु भएको छ। शनिवारबाट काठमाडौँको आलोकनगरस्थित पार्टी मुख्यालयमा शुरु भएको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय महाधिवेशनका लागि तयार पारेको राजनीतिक प्रतिवेदनको मस्यौता प्रस्तुत गरेका थिए।सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, महासचिव घनश्याम भुसालले सांगठानिक प्रतिवेदन, उपाध्यक्ष डा.वेदुराम भुसालले विधान संशोधन प्रतिवेदनको मस्यौदा बैठकमा प्रस्तुत गरेका पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।उनका अनुसार भोलि

    • प्रकाशित मितिः वैशाख २९, २०८१
    • २६४ पटक पढिएको
  • कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

    विराटनगर :  कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा हिक्मतबहादुर कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।कार्कीले आजै नेकपा एमाले र माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन भए पुग्छ।प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री केदार कार्कीलाई पदमुक्त गरी गएराति संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नै शुक्रबारसम्म अर्को सरकार गठनका लागि आह्वान गरेका थिए।केदार कार्की नेतृत्वको सरकारले बहुमत

    • प्रकाशित मितिः वैशाख २७, २०८१
    • ३१८ पटक पढिएको
  • उदयपुरगडिका ५ वटा वडामा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले उदयपुरगडी गाउँपालिकाका पाँच वटा वडामा वडा सम्मेलन सम्पन्न गरेको छ। भाद्र १६ गते देखि सञ्चालन भएको जनतासँग माओवादी बिशेष रूपान्तरण अभियानको समापनको रूपमा शनिबार उदयपुरगडीका वडा नम्बर १,२,३,४ र ८ मा वडा सम्मेलन सम्पन्न गरिएको हो।१ नं. वडाको वडा सम्मेलम हजारेस्थित जनजाति भवनको प्राङ्गणमा भएको थियो। उक्त समारोहलाइ उदयपुर जिल्ला संयोजक विनोद कुमार कटुवाल र पालिका कमिटी सहसचिवले सम्बोधन गरे। वडा नम्बर १ मा  गम्भीर बहादुर लुङेली मगरको अध्यक्षतामा १९ सदस्यिय कमिटी गठन भएको छ।त्यसैगरी वडा नम्बर २ को सम्मेलन घट्टामा भएको थियो। सम्मेलनले बहादुर था

    • प्रकाशित मितिः पुस १५, २०८०
    • ५६८ पटक पढिएको
  • एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा विजयी

    विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । सोमबार दिउँसोबाट सुरु भएको गणना भर्खरै सकिएको हो । अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई पराजित गर्दै खतिवडा निर्वाचित भएका हुन् ।खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा उहाँका प्रतिस्पर्धि विनोद प्रसाद ढकालले ४३९ मत प्राप्त गरे ।  यस्तै २६ मत भने बदर भएको छ ।  खतिवडा मोरङ १ बाट निर्वाचित पूर्व सांसद् तथा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य हुन भने ढकाल केन्द्रीय कमिटी सदस्य हुन् ।   प्रदेशको नयाँ कार्यसमितिका लागि आइतबार राति मतदान भएको थियो । एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराईका

    • प्रकाशित मितिः असोज १६, २०८०
    • ४४१ पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्ड बेइजिङमा

    बेइजिङ  । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ आइपुगेका छन् । चीनको औपचारिक भ्रमणका लागि शनिबार हाङ्जाउ आइपुगेका प्रधानमन्त्री प्रचण्ड आज स्थानीय समयअनुसार विहान ११ बजे बेइजिङ आइपुगेका हुन् ।प्रधानमन्त्री प्रचण्डले आज बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्नेछन् । चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीले सम्मेलनको आयोजना गरेका हुन् । उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी हुनेछन् । सम्मेलनका क्रममा नेपाल र चीनबीच लग

    • प्रकाशित मितिः असोज ७, २०८०
    • २०० पटक पढिएको
  • आज प्रतिनिधिसभा बैठक बस्दै

    काठमाडौँ ।  आज प्रतिनिधिसभा बैठक बस्दै छ ।  दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र तथा विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । साउन १० गतेयता अवरुद्ध रहेको सदनलाई सुचारु गराउने विषयमा दलहरू सहमति नजिक पुगेकोले आजको बैठकले निरन्तरता पाउने अपेक्षा गरिएको छ । संसद् सचिव

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • १६३ पटक पढिएको
  • कोशीका मुख्यमन्त्री थापाले आज शपथ लिँदै

    विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार ९आज० पद तथा गोपनीयताको शपथ लिँदै छन् । मुख्यमन्त्री थापाले आज बिहान साढे १० बजे  शपथ लिन लागेका हुन् । कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसदको समर्थनमा उनी मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए ।सविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।   

    • प्रकाशित मितिः साउन १७, २०८०
    • १४७ पटक पढिएको
  • कोशी प्रदेशबारे बाबुराम भट्टराईको प्रतिक्रिया–मध्यावधिमा जानु उपयुक्त

    काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी प्रदेशमा सरकार निर्माणमा जटिलता देखिएको भन्दै मध्यावधि निर्वाचनमा जानु उपयुक्त हुने बताएका छन् । ‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तर्वस्तु स्विकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा जाने विकल्प स्विकार्नु उपयुक्त होइन र ?’ उनले भनेका छन्,। सभामुखसहितको हस्ताक्षरमा नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकार निर्माण गरेपछि गत शुक्रवार सर्वोच्च अदाल

    • प्रकाशित मितिः साउन १४, २०८०
    • १४८ पटक पढिएको
  • हिक्मत कार्कीले आज पुन मुख्यमन्त्रीको कार्यभार सम्हाल्दै

    विराटनगर । सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेपछि हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको  रूपमा पुन कार्यभार सम्हाल्दै छन् । सभामुख बाबुराम गौतम सहितको हस्ताक्षरलाई गणना गरेर प्रदेश प्रमुख परशुराम खापुंगले नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री नियुत्ती गरेपछि कार्की निवर्तमान भएका थिए । तर सर्वोच्च अदालतको बिहीबारको फैसलाले थापाको नियुक्त असंवैधानिक भन्दै नियुत्ती बदर गरेपछि अर्को सरकार गठन नभए सम्मका लागि कार्की काम चलाऊ सरकारको मुख्यमन्त्री भएका हुन । 

    • प्रकाशित मितिः साउन १२, २०८०
    • १३३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल