काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक दिउँसो १२ बजे बस्ने तय भएको हो । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको बैठक बोलाएका हुन् । आज प्रतिनिधिसभा बैठक पनि बस्दै छ । त्यसअघि ओलीले संसदीय दलको बैठक बोलाएका हुन् । संसद भवन बानेश्वरमा बस्ने बैठकले तस्करीको सुन प्रकरणबारे धारणा बनाउँन बैठक बोलाइएको एक नेताले बताए । प्रतिनिधि सभाको बैठक आजै दिउँसो १ बजे बोलाइएको छ ।
सुनसरी । नेपाली कांग्रेस सुनसरी जिल्ला सम्मेलनलाई सम्बोधन गर्न सभापति शेर बहादुर देउवा साउन ६ गते सुनसरी आउने भएको छन् । सभापति शेर बहदुर देउवाको प्रमुख आतिथ्यमा नेपाली कांग्रेस सुनसरी जिल्ला सम्मेलन हुने भएको हो । .पी कोइराला ४१ औँ स्मृति दिवसको अवसरमा सुनसरी कांग्रेसले जिल्ला सम्मेलन गर्न लागेको जिल्ला सभापति केदार भण्डारीले जानकारी दिए । पाटी सभापति शेर बहादुर देउवाले महामानव वि।पी कोइरालाको इनरुवा ९ बबियामा रहेको पूर्ण कदको सालिक अनावरण गर्ने कार्यक्रम सुनसरी कांग्रेसले तय गरेको छ । सभापति देउवाले सोही दिन जिल्लास्थित कार्यकर्ता हरुसँग भेटघाट गर्ने कार्यक्रमसमेत
काठमाडौँ । राष्ट्रिय सभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०१ बजेका लागि बैठक बोलाइएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धि पत्रको ब्यहोरा जानकारी गराउने छन् । साथै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । विधानअनुसार प्रत्येक दुई महिनामा कम्तीमा एकपटक केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने उल्लेख भए पनि एक वर्षपछि आज बैठक बस्न लागेको हो । यसअघि हिजो बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय कार्य समिति बैठकका लागि विभिन्न कार्यसूची तय गरेको छ ।बैठकले समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदनका लागि पेश गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीक
काठमाडौँ । प्रतिनिधिसभाको बैठक साउन १० गतेसम्मका लागि स्थगित भएको छ । साउन १० गते बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।आजको बैठकमा अनुचित लेनदेन मिटर ब्याजसम्बन्धी विधेयक “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०” सर्वसम्मतिले पारित भएको छ । यस्तै केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० प्रथिनिधि सभामा पेश भएको छ भने राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल विश्वविद्यालय विधेयक, २०८० प्रस्तुत भएको छ ।
काठमाडौँ । नेपाल कबड्डी संघको अध्यक्षमा तुल्सी थापा निर्वाचित भएकी छिन् । प्रतिस्पर्धी अमितबहादुर गुरुङलाई पराजित गर्दै थापा कबड्डी संघको अध्यक्षमा निर्वाचित भएकी हुन् ।अध्यक्षमा निर्वाचित थापा एमालेका पूर्वउपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमकी पत्नी हुन् । थापा एमालेकी पूर्वसांसद पनि हुन् । नेपाल ओलम्पिक कमिटीकी सचिवसमेत रहेकी थापा दोस्रोपटक अध्यक्ष भएकी हुन् ।यस्तै, संघको उपाध्यक्षमा कुमार आले र रतिया राजवंशी निर्वाचित भएका छन् । महासचिवमा भने अरबिन्दकुमार झा चयन भएका छन् । यसैगरी, सचिवमा तर्कराज भट्ट र कोषाध्यक्षमा कृष्णदेव पन्त निर्वाचित भएका छन् ।
काठमाडौं । राष्ट्रिय सभाको बैठक सरेको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक भोलीसम्मका लागि सरेको हो । राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार बैठक अब २०८० साल असार २८ गते बिहिबार बिहान १० बजे बस्नेछ ।
काठमाडौँ । राष्ट्रिय सभाको आज सोमबारका लागि बोलाइएको बैठक मंगलबारका लागि सरेको छ । सोमबार ११ बजेर १ मा बस्ने गरी बोलाएको बैठक विशेष कारणवश भोली मंगलबार ११ :०१ मा बस्ने गरी समय परिवर्तन भएको राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ । आइतबार सदन खुलाउन एमाले अध्यक्ष ओलीसँग प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति गरे पनि सहमति भएको आधा घण्टामै भाँडिएको थियो ।
मोरङ । कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट दुई र नेपाली कांग्रेसबाट एक जनाले मन्त्री पदको सपथ ग्रहण गरेका छन्। विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आइतबार भएको सपथग्रहणमा माओवादीबाट जीवन आचार्य, राजेन्द्र गौतम र कांग्रेसबाट रामकुमार खत्रीले शपथ ग्रहण गरेका हुन्।यससँगै मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारमा मुख्यमन्त्री थापासहित ६ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ।पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रालय पाएका हुन्।त्यसैगरी, गौतम र खत्री भने विना विभागीय मन्त्रालयको जिम्मेवारीमा रहेका छन्।
विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका छन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० अन्तगत सरकार गठनको आव्हान गरेका हुन् । सो धारामा दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको गर्ने व्यबस्था छ । यस अघि हिक्मत कार्की नेतृत्वको सरकार पनि सोही धारा अन्तरगत गठन भएको थियो । खापुङले नयाँ सरकार गठनका लागि चारदिनको अर्थात् असार २१ गते अपराह्न ५ बजेसम्मको समय दिएका छन् । प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको सरकारले शुक्रवार विश्वासको मत पाउन सकेको थिएन । त्यसपछि कानुनी परामर्शमा रहेका प्रदेश प्रमुख खापुङले सरकार गठनको आव्हान गरेका हुन् ।&