काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व मुख्यसचिव शंकर दास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ खुवाएका छन् । सरकारको मन्त्रिपरिषद्को बैठकले बिहीबार नै बैरागीलाई सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।यसअघि बैठकले मुख्यसचिव बैरागीले दिएको राजीनामा समेत स्वीकृत गरेको थियो । राजीनामा स्वीकृत भएसँगै उनले नयाँ जिम्मेवारी पाएका हुन् । बैरागीको स्थानमा बैकुण्ठ अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरिएको छ ।
काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने बताएका छन् ।सबैभन्दा पहिले पहिचानको मुद्दा उठाउने पार्टी माओवादी भएको र त्यसलाई आफूहरुले अझै नछाडेको भन्दै प्रचण्डले पार्टीको तर्फबाट नाम सच्याउन पहल गर्ने बताएका हुन् ।गत फागुन १७ गते प्रदेशसभाबाट नाम पारित हुँदा माओवादी केन्द्रले भूगोलको आधारमा कोशी प्रदेशको पक्षमा मतदान गरेको थियो ।पहिचान पक्षधरले त्यसविरुद्ध आन्दोलन थालेपछि र पार्टी भित्रैबाट पनि विरोध भएपछि माओवादी केन्द्र पहिचानका आधारमा पुनः नामांकन गर्नुपर्ने पक्षमा छ ।यही क्रममा माओवादी केन्द्रका नेता सुरेश आलेमगरसहित क
सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ क बाट प्रदेशसभा सदस्यका लागि बाम लोकतान्त्रीक गठबन्धनको तर्फबाट उमेदवार बनेकी नेकपा माओवादी केन्द्रकी नेतृ सरस्वती पोखरेललाई यति बेला चुनावी सभामा, प्रचारप्रसार र कार्यक्रमहरूमा जान भ्याइ नभ्याई छ। घरमा सानो छोरा र सासू ससुरालाई छोडेर उनी बिहानदेखि राति अबेरसम्म जनताकै घरदैलोमा हुन्छिन्। उनका श्रीमान् नेकपा माओवादी केन्द्रका प्रदेश १ उपाध्यक्ष शिव डाँगी पनि चुनावी प्रचारमा उत्तिकै खटिएका छन्। बिहान साँझ थोरै समय निकालेर दुवै जनाले घरको काम सक्छन् । बच्चा र बुढी आमाका लागि खानेकुरा तयार गर्दिन्छन् र हस्याङफस्याङ गर्दै कार्यक्रम, भेटघाटका लागि निस्कन्छ
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ। उनलाई उच्च ज्वरो आएको छ। कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीका अनुसार अहिले थापा घरमै आराम गरिरहेका छन्। ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि थापाले स्वास्थ्य परीक्षण गराएका थिए।
इटहरी । माझी मुक्ति मोर्चा, नेपाल १ नं. प्रदेश भेला तथा सुनसरी जिल्ला भेला सम्पन्न भएको छ । आज शुक्रबार सुनसरीस्थित मधुवनमा उक्त भेला सम्पन्न भएको हो । कार्यक्रममा जगदिस माझीको अध्यक्षतामा २५ सदस्य कमिटि गठन गरिएको छ । माझी मुक्ति मोर्चा, नेपाल नेकपा माओवादी केन्द्रको भातृ संगठन हो ।बागमति प्रदेशका सांसद तथा नेकपा माओवादी केन्द्रका नेता बुद्धिमान तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य निर्मल बराल, माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष शिव कुमार डागी, माझी राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रिय महासचिव उर्मीला माझी लगायतको उपस्थिति रहेको थियो ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रतिनिधिसभा उम्मेदवारको रूपमा सप्तरी–१ बाट पनि सिफारिस भएका छन् ।क्षेत्रीय समितिको बैठकले महामन्त्री थापासहित तीनजनाको नाम सिफारिस गरेको क्षेत्रीय सभापति ललन गुप्ताले जानकारी दिए । उनका अनुसार थापासहित पार्टीका जिल्ला सभापति रामदेव साह र शत्रुधन यादवको नाम सर्वसम्मत रूपमा प्रतिनिधि सभा सदस्य पदका लागि सिफारिस गरिएको छ ।थापाको नाम सर्लाही–४ बाट पनि सिफारिस भइसकेको छ ।
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादललाई मातृशोक परेको छ। बादलकी आमा नन्द कुमारी थापाको आइतबार चितवन क्षेत्रपुरस्थित निवासमा निधन भएको हो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थापाको निधनको खबरले आफूलाई दुखित बनाएको उल्लेख गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन्। पूर्व माओवादी नेता बादल नेकपा विभाजनसँगै माओवादी छाडेर एमालेमा बसेका थिए।
जनकपुरधाम । उम्मेदवार सिफारिसको विषयमा विवाद हुँदा धनुषा क्षेत्र नम्बर २ का कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षबीच झडप भएपछि उम्मेदवार सिफारिस रोकिएको छ ।उम्मेदवार सिफारिसबारे छलफल गर्न शनिबार नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठक बसेको थियो । पौडेल पक्षका नेता रामकृष्ण यादवले देउवा पक्षका मुक्ता यादवको नाम प्रत्यक्षतर्फ सिफारिस गर्न नचाहेको भन्ने विषयमा विवाद भएको थियो । विवाद बढ्दै गएपछि दुबै पक्षका कार्यकर्ताहरुबीच झडप भएको धनुषा कांग्रेसका एक नेताले बताए । सामाजिक सन्जालमा सेयर गरिएको झडपको एक भिडियोमा कार्यकर्ताहरुले एकअर्कामाथि लाठी, छात
विराटनगर । प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि नेपाली कांंग्रेस मोरङ क्षेत्र नम्बर २ बाट वर्तमान सांसद डा. मिनेन्द्र रिजाल र केन्द्रीय सदस्य सुजता कोइरालाको नाम सिफारिस गरिएको छ । सर्वसम्मत नभएपछि दुई जना आकांक्षीको नाम सिफारिस गरिएको बताइएको छ । रिजाल २०७४ सालको निर्वाचनमा बाम गठबन्धन उम्मेदवार ऋषिकेश पोखरेललाई पराजित गर्दै संसद निर्वाचित भएका थिए ।सुजता कोइराला भने बुबा गिरिजाप्रसाद कोइरालाले चुनाव लडेको क्षेत्रबाट आफू उम्मेदवार बन्ने बताउँदै आएकी छन् ।
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा निर्वाचनका लागि डडेलधुराबाट सर्वसम्मत सिफारिस भएका छन्। एकमात्र क्षेत्र रहेको डडेलधुराबाट उनी सर्वसम्मत भएको कांग्रेस नेताहरुले जानकारी दिएका छन्। डडेलधुराको प्रदेश क र ख क्षेत्रीय समितिका लागि देउवालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो। डडेल्धुरामा देउवाले २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका छन्।