काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गराएको छ। एमाले नेताहरुले मंगलबार निर्वाचन आयोग पुगेर दल दर्ता गराएका हुन्। दल दर्ताका लागि पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यद्वय डा.राजन भट्टराई र कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय सदस्य तथा निर्वाचन विभागका उपप्रमुख निरज आचार्य लगायत नेताहरू सहितको टोली निर्वाचन आयोग गएको थियो। प्रदेश र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता गराउने नेकपा
सुनसरी । आसन्न स्थानीय निर्वाचनमा इनरुवा नगरपालिकाकाको उम्मेदवारमा सशक्त दाबेदारका रूपमा हेरिएका एमालेका नेता मनोज मेहता यति बेला चुनावी मैदानमा छाएका छन् ।एमालेका तर्फबाट करिब आधा दर्जन नेताहरू मेयर पदको आकांक्षी देखिए पनि मनोजको सशक्त दावे दारी रहेको स्रोतको दाबी छ।काङ्ग्रेसबाट उम्मेदवार हालका मेयर राजन मेहता नै बन्ने सम्भावना रहेकोले मनोजलाइ एमालेमा बलियो उम्मेदवारको रुपमा हेरिएको छ ।हाल सामाजिक कार्यमा अग्रसर मेहता व्यक्तिगत रूपमा पार्टीका स्थानीय नेतृत्व, समाजका अगुवा, सामाजिक अभियन्ताहरूलाई भेटेर चुनावको विषयमा चर्चा गरिरहेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख पद जोगाउन आफूले अमेरिकी सहयोग परियोजना एमसीसीलाई ब्यख्यात्मक टिप्पणीसहित स्वीकृत गर्ने निर्णय गरेको संकेत गरेका छन् ।उनले सबैभन्दा ठूलो प्रतिपक्षी दल नेकपा एमालेले गठबन्धन तोड्ने प्रयास गरिरहेको र सभामुख अग्निप्रसाद सापकोटाको सिट पनि संकटमा परेको बताए ।‘एमसीसीका कारण गठबन्धन टुट्ने बिन्दुमा पुग्यो । एमालेले पनि गठबन्धन र संसद विघटन गर्ने प्रयास गरेको थियो । एमालेको दांवलाई हराउन स्पष्टीकरणसहित एमसीसी अनुमोदन गर्यौँ,’ राष्ट्रियसभा भवनमा आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले भने ।उनले गठबन्धन बचाएर एमालेलाई ‘कुनामा’ ल
नेकपा (माओवादी केन्द्र)ले कैयौं स्थगनपछि शुक्रबार केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ र पार्टी अध्यक्ष पुष्पकमल दाहालको विरोधका बाबजुद आइतबार संसदले अनुमोदन गरेको अमेरिकी अनुदान सम्झौतालाई लिएर छलफल हुने अपेक्षा गरिएको छ । पार्टीको एमसीसी विरोधी अभिव्यक्तिका बाबजुद मिलेनियम च्यालेन्ज कर्पोरेशन नेपाल कम्प्याक्टको अनुमोदनका लागि मतदान गर्ने दाहालको निर्णयको विरोधमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ अग्रपंक्तिमा छन् ।एमसीसी कम्प्याक्टको अनुमोदनलाई श्रेष्ठसहित अन्य नेताहरु लिलामणि पोखरेल, गिरिराजमणि पोखरेल, देव गुरुङ, कृष्णबहादुर महरा, लेखनाथ न्यौपाने, अञ्जना विशंखेलगायतले चर्को विरोध गरेका छन्
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा विरुद्ध सत्तारुढ तीन दलको महाअभियोग प्रस्तावमा प्रतिक्रिया दिने घोषणा गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सोमबार आफ्नो कुरा परिमार्जन गर्दै कुनै पनि निर्णयमा हतार नगर्ने र सावधानीपूर्वक रणनीति बनाउने बताएको छ । ।पार्टी संसदीय दलको बैठकपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने "राणाविरुद्ध सत्तारुढ दलको महाअभियोग प्रस्तावको प्रतिरोध गर्न आवश्यक निर्णय गर्ने जिम्मेवारी हामीले नेतृत्वलाई सुम्पेका छौं ।"नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले आइतबार बिहान ९८ जना सांसदको हस्ताक्षर संकलन गरी राणाविरुद्ध महाभि