राजनीति

    Showing ८१-९० of ९२७ items.
  • कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना

    काठमाडौंः असोज १६ गतेदेखि शुरु हुने नेपाली कांग्रेसको १५ औं महाधिवेशन केही दिन पछि सार्ने तयारी भएको छ ।प्रतिकूल मौसमी अवस्थालाई मध्यनजर गर्दै तीन दिनदेखि एक सातासम्म पछि सार्ने तयारी भइरहेको बताइएको छ ।पछिल्लो केही दिनयताको झरीले देशका विभिन्न भागमा फेरि बाढी र पहिरोको समस्या भएकाले मिति सार्ने तयारी भएको हो । मौसमी प्रतिकूलताका कारण विभिन्न जिल्लाका क्षेत्रीय अधिवेशनहरू प्रभावित भएपछि यस्तो निर्णय लिन लागिएको जनाइएको छ ।आज केन्द्रीय कार्यसमितिको बैठक बसेर यसबारेमा निर्णय हुने बताइएको छ ।

    • प्रकाशित मितिः असोज १३, २०८३
    • १११ पटक पढिएको
  • नेपाली काङ्ग्रेस मोरङ–३ सभापतिमा राजेन्द्र ढकालको उम्मेदवारी

    विराटचोकः नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा राजेन्द्र ढकालको उम्मेदवारीले चर्चा पाएको छ । युवा पुस्तामाझ लोकप्रिय छवि बनाएका ढकाल सुन्दरहरैँचा–१२ निवासी हुनुहुन्छ ।स्वच्छ छविका ढकालले मोरङ–३ मा कांग्रेसको शुद्धीकरण र संगठन सुदृढीकरणका लागि उम्मेद्वारी दिएको बताउनुभएको छ । पार्टीका तल्लो तहका कमिटीमा नेताहरूको हस्तक्षेप बढ्दै जाँदा मोरङ–३ मा गुटबन्दी तीव्र बनेको भन्दै त्यसको अन्त्यका लागि आफूले उम्मेद्वारी दिएको उहाँको भनाइ छ ।नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सोमबार मोरङ क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिका लागि मनोनयन दर्ता सम्पन्न भएको छ । क्षेत्रीय सभापति पद

    • प्रकाशित मितिः असोज १३, २०८३
    • १०१ पटक पढिएको
  • देउवा समूहको महाधिवेशनका लागि तोकियो उम्मेद्वारी शुल्क

    इटहरी । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले गर्न लागेको समानान्तर महाधिवेशनमा उम्मेदवार बन्न चाहनेका लागि विभिन्न पदअनुसार शुल्क निर्धारण गरिएको छ ।डा. शशाङ्क कोइराला नेतृत्वको महाधिवेशन आयोजक समितिअन्तर्गत तयार गरिएको ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०८३’ मा वडा तहदेखि केन्द्रीय कार्यसमितिसम्मका पदका लागि उम्मेदवारी शुल्क तोकिएको हो ।निर्देशिकाअनुसार सबैभन्दा कम शुल्क वडा कार्यसमिति सदस्यका लागि ५० रुपैयाँ तोकिएको छ भने सबैभन्दा बढी केन्द्रीय सभापति पदका लागि ३० हजार रुपैयाँ निर्धारण गरिएको छ।आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थित र संस्थागत बनाउने उद्देश्यले विभिन्

    • प्रकाशित मितिः असोज १३, २०८३
    • १६७ पटक पढिएको
  • कांग्रेस महाधिवेशन : सुनसरी २ को सचिवमा २५ वर्षीय सुमन रेग्मीको उम्मेदवारी

    इटहरी । नेपाली कांग्रेसको संगठनभित्र नयाँ पुस्ताको सहभागिता र नेतृत्व हस्तान्तरणको बहस तीव्र भइरहेका बेला सुनसरीमा २५ वर्षीय युवा नेता सुमन रेग्मीले आफूलाई पुस्तान्तरणको अभियानसँग जोड्दै सक्रिय राजनीतिक यात्रा अघि बढाएका छन्। युवा पुस्ताको आवाज पार्टीको निर्णय प्रक्रियामा स्थापित हुनुपर्ने धारणा राख्दै रेग्मीले सुनसरी क्षेत्र नं. २ को सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।सानै उमेरमा पार्टी संगठन र लोकतान्त्रिक गतिविधिमा सक्रिय हुँदै आएका रेग्मी पछिल्लो समय सुनसरी कांग्रेसमा नयाँ पुस्ताको प्रतिनिधिका रूपमा चर्चामा छन्। उनी डेमोक्रेटिक जेन्जी सुनसरी क्षेत्र नं. २(क) का संयोजक समेत हुन्। जेन्जी प

    • प्रकाशित मितिः असोज १२, २०८३
    • ७१५ पटक पढिएको
  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै

    इटहरी ।  संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । बिहान ११:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची छ ।यसैगरी, महिला, बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् ।बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘आमको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण न

    • प्रकाशित मितिः असोज १२, २०८३
    • ७९ पटक पढिएको
  • को हुन् नेपाली कांग्रेस सुन्दरहरैंचा नगर सभापतिमा निर्वाचित होमनाथ पोखरेल

    विराटचोकः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिकामा हिजो मतदान प्रक्रियामार्फत् नेतृत्व चयन भएको छ ।५१३ जना क्षेत्रीय प्रतिनिधि (मतदाता) मध्ये ४९० जनाले मतदान गर्दा पोखरेलले २९२ मत पाउनुभयो । प्रतिष्पर्धी हरिबहादुर पौडेलले १८७ मत प्राप्त गर्नुभएको थियो ।को हुन् होमनाथ पोखरेलसामान्य परिवारबाट राजनीतिक यात्रा शुरु गरेका पोखरेल विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनुभएको थियो । विद्यार्थी जीवनमै सरकारका गतिविधिविरुद्ध खरो रूपमा प्रस्तुत हुने तथा प्रभावशाली भाषण गर्ने युवाका रूपमा उहाँ परिचित हुनुहुन्थ्यो ।विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिका

    • प्रकाशित मितिः असोज १२, २०८३
    • ९३ पटक पढिएको
  • नेपाली कांग्रेस सुन्दरहरैंचा नगर सभापतिमा होमनाथ पोखरेल विजयी

    सलकपुरः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मोरङको सुन्दरहरैंचा नगर कार्यसमितिको सभापतिमा होमनाथ पोखरेल विजयी हुनुभएको छ ।४९० मत खसेको निर्वाचनमा पोखरेलले २९२ मत प्राप्त गर्दा पौडेलले १८७ मत प्राप्त गर्नुभएको हो । १०५ मत बढी ल्याएर पोखरेल विजयी हुनुभएको हो । पोखरेल वर्तमान कार्यसमितिमा सचिव पदमा कार्यरत हुनुहुन्थ्यो ।निर्वाचनबाट खुला उपसभापतितर्फ कमल ढुङ्गाना ‘कुन्दन’ २९१ मत ल्याएर विजयी हुँदा प्रतिष्पर्धी रविन दाहालले १७६ मत प्राप्त गर्नुभयो ।उपसभापति महिलातर्फ अमृता लिम्बूले २७८ मत ल्याएर विजयी हुँदा धारणा खनालले १९६ मत प्राप्त गर्नुभयो । खनाल सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १ को वडा

    • प्रकाशित मितिः असोज ११, २०८३
    • ७९ पटक पढिएको
  • कांग्रेस सुन्दरहरैंचाको नगर अधिवेशनअन्तर्गत आज मतदान

    विराटचोकः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत आज मोरङको सुन्दरहरैंचा नगरपालिकामा मतदान प्रक्रियामार्फत् नेतृत्व चयन हुने भएको छ ।आज बिहान ८ बजे सुन्दरहरैंचाको दुर्गादेवी दुलाल स्पोर्टस्ग्राममा नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ ।नगरमा पार्टीको नेतृत्व लिनका लागि २ समूह निर्वाचनमा होमिएका छन् । सचिव र सदस्य पदका पदाधिकारी भने निर्विरोध निर्वाचित भइसकेका छन् ।सभापति पदका लागि होमनाथ पोखरेल र हरिबहादुर पौडेलबीच प्रतिष्पर्धा हुने भएको छ ।महिला उपसभापति पदका लागि धारणा खनाल र अमृता लिम्बूबीच प्रतिष्पर्धा हुने भएको छ ।खुला उपसभापति पदमा कमल ढुङ्गाना कुन्दन र रबिन दाहालबीच प्रतिष्पर्धा हुन

    • प्रकाशित मितिः असोज ११, २०८३
    • ७४ पटक पढिएको
  • सुन्दरहरैंचा कांग्रेसको अधिवेशनमा सहसचिव पदका उम्मेद्वार राजनकुमार बास्तोलाले फिर्ता लिए उम्मेद्वारी

    विराटचोकः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको नेतृत्वका लागि सहसचिव पदमा उम्मेद्वारी दिनुभएका राजनकुमार बास्तोलाले आफ्नो उम्मेद्वारी फिर्ता लिनुभएको छ ।हिजो उम्मेद्वारी फिर्ता लिने समय सकिएपछि साँझ पौने ५ बजे उहाँले निर्वाचन अधिकृतलाई लिखित पत्र दिँदै उम्मेद्वारी फिर्ता गर्नुभएको हो ।उम्मेद्वारी फिर्ताका लागि दिइएको निवेदनमा सो पदमा आफू उम्मेद्वार नबन्ने मनसायले स्वेच्छाले उम्मेद्वारी फिर्ता लिइएको उल्लेख गरिएको छ ।अब सहसचिव पदमा विमला कार्की खड्का र कोमलप्रसाद लुइँटेलबीच प्रतिष्पर्धा हुने निर्वाचन अधिकृत विनोद अधिकारीले जानकारी दिनुभयो ।नगर कार्यसमितिको सचिव पदम

    • प्रकाशित मितिः असोज ११, २०८३
    • १८३ पटक पढिएको
  • नेपाली कांग्रेस सुन्दरहरैंचाको सचिवमा भुवनसिंह मगर निर्विरोध निर्वाचित

    विराटचोकः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको अधिवेशन आज शुरु भएको छ । नगरको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने भएको छ ।मतदानपूर्व नै केही पदमा भने सर्वसम्मत पदाधिकारी चयन भएका छन् । सचिव पदमा भुवनसिंह मगर निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँ सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष हुनुहुन्छ ।त्यस्तै, नगर सदस्य पदमा पनि सबै सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । सदस्य पदमा महिलातर्फ नुतनकुमारी साहको मात्रै उम्मेद्वारी परेको छ । २ जना निर्वाचित हुने खुला सदस्यमा रबिन बजगाईँ र सुजन थापाको उम्मेद्वारी परेको छ । दलित महिलामा रबिना रोक्का र दलित पुरुषम

    • प्रकाशित मितिः असोज १०, २०८३
    • २५१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल