काठमाडौंः असोज १६ गतेदेखि शुरु हुने नेपाली कांग्रेसको १५ औं महाधिवेशन केही दिन पछि सार्ने तयारी भएको छ ।
प्रतिकूल मौसमी अवस्थालाई मध्यनजर गर्दै तीन दिनदेखि एक सातासम्म पछि सार्ने तयारी भइरहेको बताइएको छ ।
पछिल्लो केही दिनयताको झरीले देशका विभिन्न भागमा फेरि बाढी र पहिरोको समस्या भएकाले मिति सार्ने तयारी भएको हो । मौसमी प्रतिकूलताका कारण विभिन्न जिल्लाका क्षेत्रीय अधिवेशनहरू प्रभावित भएपछि यस्तो निर्णय लिन लागिएको जनाइएको छ ।
आज केन्द्रीय कार्यसमितिको बैठक बसेर यसबारेमा निर्णय हुने बताइएको छ ।


















