विराटनगर — मोरङको विराटनगरमा फुटबलको ठूलो पर्वका रूपमा चिनिने ३८औं विराट गोल्डकप फुटबल प्रतियोगिता आगामी चैत २८ गते शनिबारदेखि सुरु हुने भएको छ। “फुटबलको पर्व, विराटनगरको गर्व, विराट गोल्डकप” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रतियोगिता २०८३ साल बैशाख ५ गतेसम्म सञ्चालन हुनेछ।विराट गोल्डकप फुटबल ट्रष्ट विराटनगरले बुधबार सहिद रंगशालामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। यस वर्ष प्रतियोगिता ट्रष्ट आफैंले प्रत्यक्ष रूपमा आयोजना गर्न लागेको अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए।१ करोड ५ लाख लागतमा भव्य आयोजनाआयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लाग
काठमाडौंः इन्धनको मूल्य वृद्धि भएसँगै आजदेखि लागू हुने गरी सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।यातायात व्यवस्था विभागका अनुसार अब यात्रुबाहक सवारी साधनमा १६.७१ प्रतिशतले भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २१.६८ प्रतिशतले बढेको छ । तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले बढेको छ ।डिजेलको मूल्य १५०.८३ रुपैयाँ प्रतिलिटर रहेको बेलामा २०८१ पुस २२ गते निर्धारण भएको भाडामा पुनरावलोकन गरिएको हो ।
— SPG Automobiles Pvt. Ltd. ले नेपालमा Omoda Jaecoo र ICAUR का विद्युतीय सवारी (EV) मोडेलहरूमा ११ वर्षसम्मको विस्तारित वारन्टी योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो नेपालमा उपलब्ध सबैभन्दा लामो EV वारन्टी योजनामध्ये एक हो।हालसम्म यी सवारी साधनहरूमा कम्पनीले ट्र्याक्सन (पावर) ब्याट्री प्याकमा ८ वर्ष वा १ लाख ८० हजार किलोमिटर (जुन पहिले पूरा हुन्छ) र ड्राइभ मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारन्टी उपलब्ध गराउँदै आएको थियो। नयाँ विस्तारित योजनाअनुसार अब ब्याट्रीमा ११ वर्ष वा २ लाख ४० हजार किलोमिटर र ड्राइभ मोटरमा ११ वर्ष वा २ लाख किलोमिटरसम्म वारन्टी सुविधा प्रदान गरिनेछ।यो विस्तार
इटहरी । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ । यसकारण देशका विभिन्न भागको मौसम आंशिकदेखि पूर्ण बदली हुने देखिएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली भागमा सामान्य बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । देशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ ।आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशमा पूर्ण बदली रहने तथा अन्य भागमा आंशिक बदली रहने सम्भावना रहेको छ । ती प्रदेशका धेरै स्थान तथा कोशी र
धरानः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दार्चुला पुगेर पुलको शिलान्यास गरेका छन् । उनले ब्यास गाउँपालिका–२ स्थित दुम्लिङमा रहेको घट्टेखोलामा झोलुङ्गे पुलको शिलान्यास गरेका हुन् । नेपाल–भारत सीमा नदी महाकालीमा पुल निर्माणको गर्ने भनी गएका उनले महाकालीको सहायक नदी घट्टे खोलामा पुलको शिलान्यास गरेका हुन् । त्यहाँ रहेको काठे पुललाई हटाएर झोलुङ्गे पुल बनाइने भएको हो ।उनले आफूले पार्टी विस्तारका लागि नभई दार्चुलाबासीलाई राहत दिन पुल निर्माण गर्न लागेको बताएका थिए ।महाकाली नदीमा रहेको तुइन विस्थापित गर्ने योजनाका साथ उनी संसद बैठक पनि छोडेर पश्चिमी सिमाना पुगेका थिए ।
इटहरी । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायमै छ । जसका कारण आज बिहान देशको हिमाली भू–भागमा साधारणतया बादल लागेको छ बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार भोलि चैत २५ गते बिहानैदेखि सुदूर पश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा मध्यम वर्षाको सम्भावना छ ।
बुटवलः प्रहरीले गोली चलाएर तीन जना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । सोमबार राति रोहिणी गाउँपालिका–४ स्थित कोटहवामा प्रहरीले गोली चलाएर तीन जनालाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा भारतको महाराजगञ्ंज, पर्सामालिक ग्राम विसुनपुरवा बस्ने १८ वर्षीय अरूण कुमार र २० वर्षीय विनय पाण्डेय र नेपालको रोहिणी–२ खुरूहुरियाका विशाल यादव छन् । उनीहरूबाट प्रहरीले ३ हजार ३ सय एम्पुल लागूऔषध बरामद गरेको छ ।कोटहवामा लागूऔषध कारोबार हुन लागेको भन्ने सूचना पाएको प्रहरीले चेकप्वाइन्ट खडा गरी युपी ५६ एफ ९९०१ नम्बरको भारतीय मोटरसाइकललाई रोक्न खोजेको थियो । सो मोटरसाइकल भाग्ने
काठमाडौंः लागूऔषध कारोबारको आशङ्कामा काठमाडौंको गौशाला–पिंगलास्थान क्षेत्रबाट दुुई भारतीय नागरिक पक्राउ परेका छन् ।लागूऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरू लागूऔषध कारोबारमा संलग्न रहेको आशङ्का गरिएको छ ।प्रहरीले उनीहरू सवार गाडी पनि नियन्त्रणमा लिइएको बताएको छ ।गोली हानेर नियन्त्रण गर्ने क्रममा पक्राउ परेका उनीहरुलाई सामान्य चोट समेत लागेको हुनाले उपचारका लागि ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ ।कारोबारीबाट अन्दाजी एक किलो ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा ‘कम्युनिटी विपद् फस्ट रेस्पोन्डर’ सम्बन्धी ३ दिवसीय विपद् प्रतिकार्य तालिम सुन्दरहरैंचाको सलकपुरमा शुरु भएको छ ।सो तालिममा प्रत्येक वडाबाट २ जना रेडक्रस र स्काउट सहितको संयुक्त अभ्यास भइरहेको नगरपालिकाले जनाएको छ । वडा नम्बर ८ भुल्के मन्दिर परिसरमा आयोजित तालिममा सहभागीलाई सशस्त्र प्रहरी बल लक्ष्मीमार्गका प्रहरी निरीक्षक रवि खकुराल र सशस्त्र प्रहरी नायब उपरीक्षक होमराज न्यौपानेले विपद्का विषयमा प्रशिक्षण दिनुभएको थियो ।विपद्बाट हुने क्षति न्यूनीकरण गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाई
विराटनगर — नेपाल उद्योग वाणिज्य महासंघ (कोशी प्रदेश) को निर्वाचनमा राजेन्द्र राउतले प्रभावशाली जित हासिल गर्दै दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा पुनः निर्वाचित भएका छन्। उनले आफ्नो प्यानलसहित स्पष्ट बहुमत ल्याउँदै नेतृत्वमा निरन्तरता कायम गरेका हुन्।निर्वाचन समितिका अनुसार राउतले कुल १४२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नविन रिजालले ५८ मत मात्र प्राप्त गरेका छन्। मतभारका आधारमा राउतले कुल ४६३० मतभार (६९.७२ प्रतिशत) प्राप्त गर्दै निर्णायक विजय हासिल गरेका हुन्। रिजालले भने १९४० मतभारमा सीमित हुनुपरेको छ।निर्वाचन अधिकृत विकास थापाका अनुसार राउतले जिल्ला/नगर संघतर्फ ३८ मध्ये २४ मत (मत