काठमाडौंः मोलुङ हाइड्रोपावर लिमिटेडको लक इन अवधि फागुन १८ गते समाप्त भएको छ । कम्पनीको संस्थापक समूहको सेयर, कर्मचारीका लागि सुरक्षित शेयर र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई सुरक्षित कुल ५३ लाख ५१ हजार ७० सय कित्ता शेयरको लक इन अवधि फागुन १८ गते समाप्त भएको हो ।कुल शेयर सङ्ख्यामा संस्थापक समूहको ४४ लाख ९४ हजार कित्ता, कर्मचारीका लागि सुरक्षित ५४ हजार ५७० कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई सुरक्षित ८ लाख २ हजार ५ सय कित्ता शेयर रहेको छ ।कम्पनीले सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीको हकमा नियमानुसार शेयर रोक्का रहने जनाइएको छ ।
इटहरी । नेपालमा उपल्लो वायुमण्डलमा उच्च चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ ।महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम सफा रहनेछ ।
इटहरी । मतदातालाई निर्वाचन आयोगले मतदानका दिन मतदान गर्न जाँदा आवश्यक कागजात लिएर जान आग्रह गरेको छ ।आयोगका अनुसार मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र साथमा लैजानुपर्छ । मतदाता परिचयपत्र नभए निर्वाचन आयोगले तोकेकामध्ये अन्य कुनै एक कागजात लिएर जानुपर्छ ।नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र र जग्गाधनी प्रमाण पूर्जामध्ये कुनै एउटा सक्कल कागजात साथमा लिएर जाँदा पनि मतदान गर्न पाइने आयोगले जनाएको छ ।मतदान स्थलमा पुगेपछि मतदान कार्यमा खटिएका कर्मचारीलाई आफ्नो मतदाता परिचयपत्र वा आयोगले तोकेको कागजात देखाउनुपर्ने बताइएको छ ।गर्भवती, अपाङ्गत
सुनसरी -पत्रकार तथा लेखक विराट अनुपमद्वारा लिखित पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ राजधानीमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ। विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन्।प्रकाशक बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले पुस्तकलाई ऐतिहासिक राजनीतिक दस्ताबेजको संज्ञा दिएका छन्। शिलापत्र डटकमका सम्पादक योगेश ढकालले विस्तृत तथ्यांक र नवीन सामग्री समेटिएको उल्लेख गर्दै यसलाई पठनयोग्य कृति बताएका छन्।लेखक अनुपमका अनुसार पुस्तकमा १०९ वटै निर्वाचन क्षेत्रको नतिजा, राजनीतिक दलका घोषणापत्र तथा बीपी कोइराला र राजा महेन्द्रबीचको सम्बन्धलगायत विषय समावेश छन्।
इटहरी । सरकारले वि.सं. २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ ।सार्वजनिक बिदाको सूचीमा भदौ २३ गतेलाई जेनजी शहीद दिवसका रुपमा मनाउने निर्णय गरिएको छ । राष्ट्रिय रुपमा मनाइने तर कार्यालय खुल्ने प्रकृतिको दिवसमा जेनजी शहीद दिवसलाई लिइएको छ ।यसअघि १३ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको थियो ।सोही अनुसार, सरकारले मङ्गलबार सार्वजनिक बिदाको सूची राजपत्रमा प्रकाशन गरेको हो ।
आसन्न निर्वाचनलाई लिएर अफवाह फैलाएको अभियोगमा काठमाडौंबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सि बिहीबार चुनाव नहुने भनेर अफवाह फैलाएको आरोपमा प्रहरीले ज्योतिषी रुद्रनाथ अधिकारीलाई पक्राउ गरेको हो । उनले २१ फागुनमा चुनाव हुँदैन भनेर सामाजिक सञ्जालमा भिडिओ सन्देश सार्वजनिक गरेका थिए । उनलाई चन्द्रागिरीबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।
विराटनगरः मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कर्मचारी खटाइसकिएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार सबै स्थानमा आवश्यक निर्वाचन सामग्री ढुवानी भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङका अनुसार मोरङमा ३०६ मतदानस्थल र ८८८ मतदान केन्द्र रहेका छन् । सबै मतदानस्थल र केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेका छन् ।निर्वाचनका लागि आवश्यक मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट वितरण गरिएको छ भने अन्य ५२ प्रकारका सामग्री निर्वाचन अधिकृतको कार्यालयमार्फत् मतदान अधिकृतलाई हस्तान्तरण गरिएको छ । ती सबै
इटहरी । आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस । आज वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिँदै यो दिवस मनाउने गरिन्छ ।संयुक्त राष्ट्रसङ्घको ६८ औँ महासभाले २० डिसेम्बर २०१३ मा जोखिममा रहेका वन्यजन्तु र वनस्पतिका बारेमा मानवलाई सचेत गराउने उद्देश्यले मार्च ३ लाई विश्व वन्यजन्तु दिवसको रूपमा घोषणा गरेको हो । सन् १९७३ मा आजकै दिन लोपोन्मुख प्रजातिका वन्यजन्तु र वनस्पतिको अन्तरराष्ट्रिय व्यापार महासन्धि (सिआइटिईएस) अनुमोदन भएको थियो ।सोही वर्षको मार्च ३ देखि १४ सम्म थाइल्याण्डको राजधानी बैंककमा आय
काठमाडौंः उदाउँदा नै ग्रहण देखिने गरी आज साँझ खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । साँझ ६ः०४ बजे चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा देखिने खगोलविद्हरूले बताएका छन् ।वरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुसार यो चन्द्रग्रहण नेपालका विभिन्न स्थानबाट अवलोकन गर्न सकिनेछ । चन्द्रमा क्षितिजबाट माथि उठ्दै गर्दा यसको आधाभन्दा बढी भाग पृथ्वीको गाढा छायाले ढाकिएको देखिने उनले जानकारी दिए ।उनका अनुसार चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा देखिनु दुर्लभ खगोलीय घटना मानिन्छ । काठमाडौँमा चन्द्रमा ग्रहणसहित साँझ ६ः०४ बजे उदाउनेछ र करिब एक घण्टासम्म स्पष्ट रूपमा अवलोकन गर्न सकिनेछ ।खगोलविद्हरूले चन्द्र
इटहरी । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहको छ ।महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लाग्नेछ । कोशी प्रदेशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ ।बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।आ