आसन्न निर्वाचनलाई लिएर अफवाह फैलाएको अभियोगमा काठमाडौंबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सि बिहीबार चुनाव नहुने भनेर अफवाह फैलाएको आरोपमा प्रहरीले ज्योतिषी रुद्रनाथ अधिकारीलाई पक्राउ गरेको हो ।
उनले २१ फागुनमा चुनाव हुँदैन भनेर सामाजिक सञ्जालमा भिडिओ सन्देश सार्वजनिक गरेका थिए । उनलाई चन्द्रागिरीबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।


















