समाचार

    Showing ४११-४२० of ६,००९ items.
  • हिजो आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन

    काठमाडौंः हिजो आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । उनको करीब ६० प्रतिशत भाग जलेको चिकित्सकले बताएका थिए ।उनको अनुहार, टाउको र घाँटीलगायत शरीरका महत्वपूर्ण भागमा गम्भीर क्षति पुगेको थियो । वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयूष दाहालका अनुसार आगोले उनको अनुहार, टाउको, घाँटीलगायत शरीरका महत्वपूर्ण भाग जलेको थियो ।उनको उपचारमा वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयूष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम

    • प्रकाशित मितिः असार २६, २०८३
    • २१३ पटक पढिएको
  • आदिवासी जनजाति आयोगद्वारा गैंडालाई राष्ट्रिय जनावर घोषणाको प्रस्ताव

    काठमाडौंः आदिवासी जनजाति आयोगले राष्ट्रिय जनावर गाईको सट्टा गैंडा बनाउने प्रस्ताव गरेको छ । संविधान संशोधनका लागि २५ बुँदे प्रस्ताव अगाडि सार्दै आयोगले राष्ट्रिय गान र राष्ट्रिय जनावरका सम्बन्धमा सुझाव दिएको छ ।‘प्रदेश अनुसार सरकारी कामकाजको लागि तोकिएको भाषामा राष्ट्रिय गान गाउने व्यवस्था गर्न सकिने’ आयोगको प्रस्ताव छ, ‘राष्ट्रिय जनावर गाईको सट्टा गैँडा हुनेछ ।’ ‘गाई सबै धार्मिक (मुस्लिम) र सांस्कृतिक समुदाय (किरात, राई लगायत) को साझा हुन नसक्ने भएकोले’ राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन उपयुक्त हुने आयोगको राय छ ।जेनजी आन्दोलन २०८२ को मर्म र भावनाअनुसार शासनव्यवस्था सञ्चालनको लागि भनेर

    • प्रकाशित मितिः असार २६, २०८३
    • १७१ पटक पढिएको
  • पत्रकार पवन अधिकारी घरेलु तथा साना उद्योग महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

    इटहरीः सञ्चारकर्मी पवन अधिकारी नेपाल घरेलु तथा साना उद्योग महासंघको काठमाडौंमा सम्पन्न २६ औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।पत्रकारिता तथा विज्ञापन क्षेत्रमा लामो समयदेखि क्रियाशील अधिकारी विभिन्न सामाजिक तथा व्यावसायिक गतिविधिमा समेत सक्रिय रहँदै आउनुभएको छ ।केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै अधिकारीले महासंघमार्फत् घरेलु तथा साना उद्योगको प्रवद्र्धन, उद्यमशीलताको विकास तथा निजी क्षेत्रका व्यवसायीहरूको हकहितका पक्षमा सक्रिय रूपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    • प्रकाशित मितिः असार २६, २०८३
    • ३५५ पटक पढिएको
  • देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षा हुन सक्ने

    इटहरी ।  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ । जसको प्रभावले काठमाडौं लगायत विभिन्न भूभागमा बिहानैदेखि पानी परिरहेको छ ।अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ ।आज दिउँसो देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा, मधेश प्रदेशका साथै कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले

    • प्रकाशित मितिः असार २६, २०८३
    • ११६ पटक पढिएको
  • वर्षाका कारण मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध

    फिदिमः वर्षाका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध भएका छन् ।प्रहरीका अनुसार मेची राजमार्गअन्तर्गत इलामको माइखोला नजिकको राजदुवालीमा सडक अवरुद्ध छ । त्यस्तै तमोर करिडोरअन्तर्गतको पाँचथर र धनकुटाको सिमाना बग्ने नावा खोलामा बाढी आएकाले यातायत ठप्प छ ।मेची राजमार्ग अवरुद्ध हुँदा इलाम, पाँचथर, ताप्लेजुङ र तेह्थुमको आठराई क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । मेची राजमार्गको विकल्पमा रहेको तमोर करिडोर पनि अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङको राष्ट्रिय राजमार्गसँगको सम्पर्क टुटेको छ ।

    • प्रकाशित मितिः असार २५, २०८३
    • १३१ पटक पढिएको
  • संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको दमदार सम्बोधन

    काठमाडौ - संयुक्त राज्य अमेरिकामा जारी संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनलाई सम्बोधन गर्दै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले विश्वव्यापी शान्ति, सुरक्षा तथा कानूनको शासन सुदृढीकरणका लागि अन्तर्राष्ट्रिय प्रहरी सहकार्यको अपरिहार्यतामा जोड दिनुभयो।उहाँले बदलिँदो विश्व सुरक्षा परिवेशसँगै साइबर अपराध, मानव बेचबिखन, अन्तरदेशीय संगठित अपराध, आतंकवाद, आर्थिक अपराध तथा डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीहरू कुनै एक राष्ट्रको प्रयासबाट मात्र समाधान हुन नसक्ने उल्लेख गर्दै सूचना आदान–प्रदान, क्षमता अभिवृद्धि, संयुक्त तालिम तथा प्रविधिको प्रभावकारी उपयोगमार्फत अ

    • प्रकाशित मितिः असार २५, २०८३
    • ३०९ पटक पढिएको
  • देशैभरका केही स्थानमा भारी वर्षाको सम्भावना, कोशी र गण्डकीका पहाडी क्षेत्रमा बढी वर्षा हुने

    इटहरी ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेका कारण आज देशभरका केही स्थानमा भारी वर्षा हुने भएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा धेरै भारी वर्षा हुने भएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी भू–भागतर्फ नै सरदर स्थानको आसपासमा रहेको छ ।महाशाखाका अनुसार पछिल्लो एक घन्टामा पाल्पाको हात्तीलुङमा २४.८ मिलिमिटर वर्षा भएको छ । रुपन्देहीको सूर्यपुरामा १९ मिलिमिटर, नवलपरासीको बर्दघाटमा १९ मिलिमिटर, तिलोत्तमामा ११.२ मिलिमिटर, दाङको तुलसीपुरमा १५.४ मिलिमिटर, सुखाबारेमा ११.४ मिलिमिटर, घोराहीमा ९.४ मिलिमिटर र नवलपरसीक

    • प्रकाशित मितिः असार २५, २०८३
    • १११ पटक पढिएको
  • सुन्दरहरैंचाका उत्कृष्ट वडा मेलमिलाप केन्द्रको रूपमा वडा नम्बर ११ र ८ का मेलमिलाप केन्द्र सम्मानित

    विराटचोकः न्यायिक समिति सुन्दरहरैंचाले उत्कृष्ट कार्यसम्पादन गर्ने वडा मेलमिलाप केन्द्रलाई सम्मानित गरेको छ ।कार्यक्रममा २५ हजार नगदसहित उत्कृष्ट मेलमिलाप केन्द्रको सम्मान वडा नं. ११ लाई प्रदान गरिएको थियो । १० हजार नगदसहित कुशल विवाद मेलमिलाप केन्द्रको सम्मान वडा नं. ८ लाई प्रदान गरिएको थियो । कार्यक्रममा मेलमिलापकर्ताहरूलाई ज्याकेट, झोला, क्यापलगायत आवश्यक सामग्री पनि वितरण गरिएको थियो ।नगरप्रमुख केदारप्रसाद गुरागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख गुरागाईले साना–तिना विवाद स्थानीय स्तरमै समाधान हुने भएकाले अदालत धाइरहनुपर्ने अवस्था क्रमशः अन्त्य हुँदै गएको बताउन

    • प्रकाशित मितिः असार २५, २०८३
    • १३९ पटक पढिएको
  • अहिले देशभर वर्षा, आज राति ५ प्रदेशमा भारी वर्षा

    इटहरी ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको कारण अहिले देशभर वर्षा भइरहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास रहेको छ । पछिल्लो एक घन्टामा सातै प्रदेशका विभिन्न भूभागमा वर्षा भएको छ ।महाशाखाका अनुसार पछिल्लो चौबीस घन्टामा कास्कीको याङ्जाकोटमा ९८.६ मिलिमिटर वर्षा भएको छ । रिवनमा ९७.६ मिलिमिटर, डोटीको कोलागाउँमा ९५.६ मिलिमिटर वर्षा भएको छ ।आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेश प्रदेश साथै कर्णाली प्र

    • प्रकाशित मितिः असार २४, २०८३
    • १२६ पटक पढिएको
  • सदस्य (वाणिज्य) पदमा हर्कबहादुर विकको उम्मेदवारी

    इटहरी । उद्योग वाणिज्य संघ इटहरीको आगामी निर्वाचनका लागि इटहरी–६, विराटनगर लाइनस्थित न्यु ओम साइ गहना गृहका सञ्चालक हर्कबहादुर विकले सदस्य (वाणिज्य) पदमा उम्मेदवारी दिएका छन्।लामो समयदेखि सुनचाँदी तथा गहनाको व्यवसाय गर्दै आएका विक यतिबेला चुनावी अभियानमा सक्रिय छन्। उनी व्यवसायीहरूसँग भेटघाट गर्दै आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन्।उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरूले यतिबेला चुनावी अभियानलाई तीव्र बनाएका छन्।

    • प्रकाशित मितिः असार २३, २०८३
    • १९६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल