इटहरी । यस वर्ष जेठ महिनामा अधिकमास परेको छ । अधिकमासलाई पुरुषोत्तम मास पनि भनिन्छ । बोलचालको भाषामा अधिकमासलाई मलमास भनिन्छ ।प्रत्येक राशि, नक्षत्र, करण, महिना आदिका स्वामी छन् तर अधिक मासको स्वामी छैनन् । यसकारण अधिक मासमा सम्पूर्ण शुभ कार्य, देव कार्य एवं पितृ कार्य वर्जित मानिएको छ ।यस्तो छ अधिकमासको पौराणिक कथनकथाअनुसार स्वामी अर्थात् मालिक नभएका कारण अधिक मासलाई सबैले मल मास भन्न थाले । यसबाट मल मासको निन्दा हुन थाल्यो । यो कुराबाट दुःखी भएको मल मास भगवान् विष्णुकहाँ पुग्यो र आफ्नो दुःख बिसायो ।भक्तवत्सल श्रीविष्णुले उसलाई गोलोक लिएर गए । गोलोकमा भगवान् कृष्ण विराजमान थिए । दय
इटहरी : इटहरीको राजस्व ढाटस्थित टिभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता पारस अटोमोबाइलद्वारा सञ्चालन गरिएको ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ मेला उत्साहजनक सहभागितासहित जारी रहेको छ। जेठ १० गतेदेखि सुरु भएको मेला १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।नयाँ वर्षलाई लक्षित गर्दै आयोजना गरिएको उक्त मेलामा ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएस सवारी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। मेलामा ग्राहकको आकर्षण उल्लेख्य देखिएको छ भने बुधबार (जेठ १३ गते) सम्ममा ५४ वटा सवारी बिक्री भइसकेको पारस अटोमोबाइलले जनाएको छ।मेलाअन्तर्गत ग्राहकका लागि विभिन्न आकर्षक योजना सा
इटहरी । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भागनजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको हुनाले काठमाडौंलगायत देशका विभिन्न स्थानमा हावाहुरीका साथमा वर्षा भएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र तराई भू–भागमा मुख्यतया मौसम सफा रहनेछ ।कोशी र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका भू–भाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिम
काठमाडौंः भूमि व्यवस्थापन तथा अभिलेख विभागले जग्गा रोक्का तथा फुकुवा प्रक्रियालाई थप सरल र प्रविधिमैत्री बनाउन देशभरका मालपोत कार्यालयहरूलाई नयाँ परिपत्र जारी गरेको छ ।अनलाइन प्रणालीमार्फत् बैंक तथा वित्तीय संस्थाहरूको धितो बन्धकी र फुकुवा गर्ने क्रममा उत्पन्न भएका कानुनी र व्यावहारिक जटिलताहरूलाई सम्बोधन गर्न विभागले यो कदम चालेको जनाएको छ । विभागले २ वर्षअघि २०८१ जेठ ८ गते जारी गरेको परिपत्रमा बैंक तथा वित्तीय संस्थाहरूले अनलाइनमार्फत सेवा प्रवाह गर्दा व्यहोर्नुपरेका विभिन्न समस्यालाई नौ वटा बुँदामा सहजीकरण गरिदिएको हो ।अतिरिक्त धितो र पुनः दृष्टि बन्धकमा सहजतापरिपत्रअनुसार अब एउटै ऋणका लागि
लेटाङः स्थानीय स्काउट कार्यालय लेटाङ मोरङको आयोजनामा लागूपदार्थ दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले लेटाङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।लेटाङ नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा विद्यार्थी, शिक्षक, विभिन्न संघसंस्थाका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि लेटाङ नगरपालिकाका नगरप्रमुख भुपेन्द्रकुमार लावतीले लागूपदार्थ दुव्र्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले युवापुस्तालाई सही मार्गमा अघि बढाउनु अभिभावक, विद्यालय र समुदाय सबैको साझा जिम्मेवारी रहेको बताउनुभयो ।अन
ओखलढुङ्गाः युगकवि सिद्धिचरण श्रेष्ठको ११५ औँ जन्मजयन्तीको अवसरमा ओखलढुङ्गामा भएको कविता प्रतियोगितामा झापाको दमकका कवि विवेक दुलाल क्षेत्री पहिलो हुनुभएको छ । प्रतियोगिताका लागि देशभरबाट प्राप्त २०० भन्दा बढी कवितालाई पछि पार्दै क्षेत्रीको ‘उचाइको प्रयोगशालाबाट’ शीर्षकको कविता पहिलो भएको हो । क्षेत्रीले पुरस्कारस्वरुप १५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नुभयो ।सर्जक चौतारी ओखलढुङ्गा र सिद्धिचरण सङ्ग्रहालय समितिको संयुक्त आयोजनामा भएको प्रतियोगितामा उत्कृष्ट १० कविताहरु वाचनका लागि छनोट गरिएका थिए । तीमध्ये ८ कविहरु प्रतियोगितामा सहभागी भएका थिए ।सो प्रतियोगितामा ‘ऐनामा हराएका फूलहरू’
इटहरी । आज गंगा दशहरा पर्व मनाइँदैछ । ज्येष्ठ शुक्ल दशमीको दिन मनाइने यो पर्वको ठूलो धार्मिक महत्व छ । पवित्र नदी गंगाको उत्पत्तिसँग जोडिएको गंगा दशहराको पौराणिक कथा यस्तो रहेको छ ।एक समयको कुरा हो । सूर्यवंशी महाराज सगरले ९९ अश्वमेध यज्ञ विधिपूर्वक पूरा गरिसकेपछि सयौं यज्ञका लागि आफ्ना ६० हजार पुत्रहरूको रक्षामा घोडालाई यज्ञको लागि छाडे । सयौं अश्वमेध यज्ञ पूरा भएमा सगर पनि इन्द्र हुने भएकाले त्यसो हुन नदिन इन्द्रले उक्त घोडा चोरेर महर्षि कपिलको आश्रममा लगेर बाँधिदिए । सगर पुत्रहरूले घोडा नदेखेपछि चारैतिर खोजी गरे ।सारा संसार खोजी गर्दा पनि घोडा नभेटेपछि बलवान् सगर पुत्रहरूले पृथ्वी खन्न
मधुमल्लाः मोरङको मिक्लाजुङ गाउँपालिकाले किसानलाई आधुनिक कृषि प्रणालीतर्फ उन्मुख गराउने उद्देश्यसहित विभिन्न कृषि यन्त्र तथा उपकरण वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ । परम्परागत खेती प्रणालीलाई क्रमशः यान्त्रिकीकरण गर्दै खेतीपातीको लागत घटाउने, उत्पादन वृद्धि गर्ने तथा किसानको आम्दानी बढाउने लक्ष्यसहित गाउँपालिकाले वार्षिक रूपमा किसान केन्द्रित कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष बबिकुमार राईले जानकारी दिनुभएको छ ।गाउँपालिकाले यस आर्थिक वर्षमा मात्रै २७ वटा सिँचाइ बोरिङ, ६५ थान चापाकटर, ६७ थान मकै छोडाउने मेसिन, १ सय ६ थान मकै रोप्ने मेसिन तथा १ सय ५ थान बाली गोड्ने फलामे हलो गरी कुल
इटहरी । आज गंगा दशहरा पर्वको दिन हो । जेठ महिनाको शुक्ल पक्ष दशमी तिथिका दिन गंगा दशहरा पर्व मनाइन्छ । यस दिन हस्ता नक्षत्रमा गंगा नदी पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ ।पौराणिक मान्यताअनुसार यस दिन गंगा स्नान गर्नाले विशेष फल प्राप्त हुन्छ तसर्थ यस दिन गंगा वा अन्य कुनै पवित्र नदी एवं तलाउको पूजा अर्चनाका साथ भगवान् शिवलाई जलाभिषेक गरिन्छ । यस दिनको दान तथा उपवासको विशेष महत्व छ । दस प्रकारका पापको नाश हुने भएका कारण यस दिनलाई दशहरा भनिएको हो । कायिक, वाचिक एवं मानसिक गरी तीन वर्गमा पर्ने दश प्रकारका पाप यस दिन गरिने पुण्य कार्यबाट सहजै नाश हुने विश्वास गरिन्छ ।यस वर्ष जेठ महिनामा
इटहरी । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भागनजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ ।सो प्रभावका कारण कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ।मधेस प्रदेशलगायत लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल तथा बाँकी तराई भू–भागमा मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा साथै बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशा