समाचार

    Showing ८०१-८१० of ६,०१० items.
  • झापा ५ मा शान्तिपूर्ण रुपमा निर्वाचन गराउन भूमिका खेल्ने प्रहरी नायब निरीक्षक किशोर लम्साल उत्कृष्ट प्रहरी घोषित

    विराटचोकः कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक किशोर लम्साललाई फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ ।प्रदेश प्रहरी कार्यालयका अनुसार लम्सालले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्नुभएको थियो । लम्सालले फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर– ५ जस्तो अति संवेदनशील निर्वाचन क्षेत्रमा शान्ति सुरक्षा तथा अमनचयन कायम गरी कुनै पनि घटना हुन नदिई निर्वाचन सम्पन्न गराउन सफल हुनुभएको थियो ।त्यस्तै, जेनजी आन्दोलन

    • प्रकाशित मितिः चैत ४, २०८२
    • २४२ पटक पढिएको
  • आज घोडेजात्रा मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

    काठमाडौंः चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ ।घोडेजात्रा एउटा अत्यन्तै पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीन कालदेखि नै काठमाडौं उपत्यकामा मनाइँदै आइएको परम्परा हो ।जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले घोडाको टापले कुल्चाएर त्यसलाई मारे । उसलाई मारे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने डर स्थानीयमा थियो ।त्यसकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर

    • प्रकाशित मितिः चैत ४, २०८२
    • १५४ पटक पढिएको
  • सम्मानित सहित अन्नपूर्ण माविको ३५औँ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

    सम्मानित सहित अन्नपूर्ण माविको ३५औँ वार्षिक उत्सव भव्यताका साथ सम्पन्नपथरी शनिश्चरे, चैत्र ३ — मोरङको पथरी शनिश्चरेस्थित अन्नपूर्ण माध्यमिक विद्यालयले आफ्नो ३५औँ वार्षिक उत्सव विविध कार्यक्रमसहित भव्यताका साथ सम्पन्न गरेको छ। सोमबार विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा शैक्षिक उपलब्धि, सांस्कृतिक प्रस्तुति तथा सम्मान कार्यक्रमले विशेष आकर्षण थपेको थियो।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नोवलकिशोर खनालको अध्यक्षता तथा संविधानसभाका पूर्व सभासद् चण्डीप्रसाद राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षाविद्, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। का

    • प्रकाशित मितिः चैत ३, २०८२
    • ४६१ पटक पढिएको
  • भोजपुरमा शुरु भयो डढेलो व्यवस्थापनसम्बन्धी साताव्यापी कार्यक्रम

    भोजपुरः सुक्खायाममा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणका लागि भोजपुरमा सचेतनामूलक कार्यक्रम शुरु भएको छ ।देशव्यापी रुपमा चैत १ गतेदेखि ७ गतेसम्म कार्यक्रम मनाउने निर्णय भएअनुसार जिल्लामा ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ वन डढेलो व्यवस्थापनसम्बन्धी सप्ताहव्यापी कार्यक्रम शुरु भएको हो ।आज बिहान जिल्ला सदरमुकाममा सचेतनामूलक नारासहित प्रभातफेरीसमेत गरिएको छ । डिभिजन वन कार्यालयको आयोजनामा भएको प्रभातफेरीका सहभागीहरुले वनजङ्गलमा आगो नलगाऔँ, जङ्गल र जैविक विविधताको संरक्षण गरौँ, डढेलो लागेमा प्रहरीलाई खबर गरौँजस्ता विभिन्न सचेतनामूलक नार

    • प्रकाशित मितिः चैत ३, २०८२
    • २२७ पटक पढिएको
  • कोशी एक्सिलेन्स अवार्डमा सहभागी हुनेलाई सोल्टी वेस्टेन्डले विशेष सुविधा दिने

    इटहरीः कोशी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचानलाई विश्वमाझ चिनाउने उद्देश्यले नयन मिडिया फाउन्डेसनले आयोजना गर्न लागेको ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ मा सहभागी हुनेहरूलाई होटलले विशेष सुविधा दिने भएको छ ।यही चैत ७ गते दिउँसो ३ बजेदेखि इटहरीस्थित सोल्टी वेस्टेन्डमा आयोजना हुने कार्यक्रममा सहभागी हुन रजिस्ट्रेसन गर्ने सबै अतिथिलाई हस्पिटालिटी पार्टनर सोल्टी वेस्टेन्ड होटलले ‘सोल्टी हेरिटेज क्लब’ को विशेष सदस्यता कार्ड प्रदान गर्ने भएको हो ।यो सदस्यता कार्डमार्फत् होटलका विभिन्न सेवा तथा सुविधामा १० प्रतिशतसम्म छुट पाइने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।नयन मिडिया फाउन्ड

    • प्रकाशित मितिः चैत ३, २०८२
    • ५८७ पटक पढिएको
  • लाइफटाइम वारेन्टीको आकर्षण: इटहरीको टिभिएस मेलामा तेस्रो दिनमै ४५ बढी सवारी बिक्री

    सुनसरी - इटहरीमा जारी टिभिएस मोटरसाइकल तथा स्कुटरको एक्सचेञ्ज मेला उत्साहजनक बनेको छ। मेलाको तेस्रो दिनसम्म ४५ भन्दा बढी मोटरसाइकल र स्कुटर बिक्री भएका छन्।जगदम्बा मोटर्सको आयोजनामा इटहरी राजस्वढाट स्थित पारस अटोमोवाइल्समा सञ्चालन भइरहेको मेलामा लाइफटाइम इन्जिन वारेन्टी, निःशुल्क हेल्मेट र विशेष छुटको व्यवस्था गरिएको छ।साथै, जुनसुकै ब्रान्डका पुराना सवारी साटफेर गरी नयाँ टिभिएस खरिद गर्ने सुविधा समेत रहेकाले ग्राहकको आकर्षण बढेको आयोजकले जनाएको छ।

    • प्रकाशित मितिः चैत ३, २०८२
    • ५०७ पटक पढिएको
  • इन्धन बचाउन श्रीलङ्काले थप्यो सार्वजनिक बिदा, म्यानमारमा सवारीमा जोरबिजोर प्रणाली, थाइल्याण्डमा एयर कण्डिसनको प्रयोग घटाइने

    इटहरी ।  अमेरिका र इजरायलले इरानसँग गरेको युद्धका कारण एसियाली देशहरुमा इन्धनको सङ्कट बढ्न थालेपछि केही देशले इन्धन बचतका लागि नयाँनयाँ नियम लागू गरेका छन् ।श्रीलङ्का, म्यानमार, थाइल्याण्ड, बङ्गलादेश र भियतनाममा नयाँनयाँ नियम लागू भएका हुन् ।श्रीलङ्काले बुधबार सार्वजनिक बिदा थप्ने घोषणा गरेको छ । राष्ट्रपति अनुर कुमार दिसानायकेले सोमबार उच्च अधिकारीहरूसँगको आपतकालीन बैठकमा आगामी दिनमा अझै खराब अवस्था आउन सक्ने भन्दै त्यसको तयारीका लागि हरेक बुधबार सार्वजनिक बिदा थप्ने निर्णय गरेका हुन् ।थाइल्याण्डमा पनि सरकारले एयर कन्डिसनको प्रयोग घटाउन तथा कोट सुटको साटो छोटो बाहुला भएको टिसर्ट लगा

    • प्रकाशित मितिः चैत ३, २०८२
    • २८७ पटक पढिएको
  • खोटाङको हलेसी एफमएको रिपिटर टावर भाँच्चिएपछि प्रशारण अवरुद्ध

    हलेसीः हिजो साँझ आएको हावाहुरीले खोटाङको हलेसी एफमए १०२.४ मेगाहर्जको रिपिटर टावर भाँच्चिएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको मुढेमा रहेको टावर भाँच्चिएपछि रेडियोको प्रशारण रोकिएको छ ।एफएमका सञ्चालक समिति अध्यक्ष विष्णुकुमार राईका अनुसार एफएमको टावरसँगै रहेको दुई भवनमध्ये एक भवनको जस्ताको छाना पनि हुरीले उडाएको छ । हावाहुरीले टावर नजिकै रहेको विद्युतको दुई वटा पोल पनि ढालेको छ ।

    • प्रकाशित मितिः चैत ३, २०८२
    • २५२ पटक पढिएको
  • कटारीमा हुरीले रुख लडाउँदा २ जनाको मृत्यु, ५ जना घाइते

    कटारीः हिजो साँझ आएको हुरीले लडाएको रुखले थिचिएर उदयपुरको कटारीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । कटारी–५ मा भएको घटनामा १ जनाको ज्यान जाँदा ५ जना घाइते भएका हुन् । कटारी–८ मा १ जनाको मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय कटारीका अनुसार कटारी–५ स्थित राधाकृष्ण मन्दिर नजिक टिनको छाना र काठले बनेको खाजा घरमा वर्षासँगै आएको हुरीले लडाएको सुकेको सालको रुखले थिचिएर कटारी नगरपालिका–८ थलीयाटारकी मीनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरीको ज्यान गएको हो ।सो घटनामा रुखले किचेर ५ जना घाइते भएका छन् । घाइते हुनेहरूमा ४ वर्षीया बिनिशा चौधरी, कटारी नगरपालिका–

    • प्रकाशित मितिः चैत ३, २०८२
    • १६० पटक पढिएको
  • पथरी शनिश्चरेमा विद्यार्थी प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम सम्पन्न

    पथरी शनिश्चरे, चैत २मोरङको पथरी शनिश्चरे नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालन गरिएको नगरपालिका स्तरीय विद्यार्थी प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।शुक्रबार उद्घाटन गरिएको कार्यक्रम आज समापन गरिएको हो। पथरी शनिश्चरे नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयहरूको सहभागितामा कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ। पथरी शनिश्चरे–१ स्थित पञ्चायत माध्यमिक विद्यालयको संयोजनमा कार्यक्रम सञ्चालन गरिएको थियो।कार्यक्रमअन्तर्गत विभिन्न विधामा प्रतिस्पर्धा गराइएको थियो। विज्ञान प्रदर्शनीतर्फ बुद्ध माध्यमिक

    • प्रकाशित मितिः चैत २, २०८२
    • ५४५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल