समाचार

    Showing ८११-८२० of ६,०१० items.
  • आज देशका केही स्थानमा हिमपातका साथै चट्याङ र असिनासहित वर्षाको सम्भावना

    इटहरी ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।जसका कारण बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशसहित बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको र बाँकी भूभागमा आंशिक बादल लागेको छ । सुदूर पश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशलगायतका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशि

    • प्रकाशित मितिः चैत २, २०८२
    • २२१ पटक पढिएको
  • नेपालको प्रस्तावमा प्रत्येक वर्ष अप्रिल १५ मा विश्वभर आरोग्य दिवस मनाइने

    काठमाडौंः यसै वर्षको अप्रिल १५ देखिहरेक वर्ष विश्वभर अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइने भएको छ । नेपालको मौलिक अभ्यासलाई कूटनीतिको सौम्यशक्तिका रूपमा अगाडि बढाउँदै नेपालले अघि सारेको ‘अन्तर्राष्ट्रिय आरोग्यता दिवस’ अर्थात् ‘इन्टरनेसनल वेलनेस डे’ को सङ्कल्प प्रस्तावलाई संयुक्त राष्ट्र सङ्घको महासभाले पारित गरेसँगै विश्वभर अप्रिल १५ मा उक्त दिवस मनाइने भएको हो ।नेपालको वैश्विक प्रयास निर्णय भएर विश्वव्यापी रूपमा आरोग्यता दिवस मनाउने घोषणा संयुक्त राष्ट्र सङ्घले गर्नु नेपाल र यस क्षेत्रकै लागि गौरवको विषय मानिएको छ । पहिलो अन्तर्राष्ट्रिय आरोग्यता दिवस अप्रिल १५ अर्थात् २०८३ वैशाख २ गते विश्

    • प्रकाशित मितिः चैत १, २०८२
    • १९६ पटक पढिएको
  • आजदेखि डढेलो व्यवस्थापन सप्ताह शुरु

    इटहरी ।  आजदेखि ‘वन डढेलो व्यवस्थापन सप्ताह’ शुरु भएको छ । ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ नाराका साथ साताव्यापी रुपमा कार्यक्रम मनाउन लागिएको हो ।वन तथा वातावरण मन्त्रालयले वन डढेलो व्यवस्थापन रणनीति, २०६७ अनुसार प्रत्येक वर्ष चैत १ देखि ७ गतेसम्म ‘वन डढेलो व्यवस्थापन सप्ताह’ मनाइँदै आएको छ । वन क्षेत्रमा लाग्ने डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गरी सप्ताह मनाउन गरिन्छ ।साताव्यापी कार्यक्रमअन्तर्गत जनचेतना अभिवृद्धि कार्यक्रम, समुदाय तथा विद्यालयस्तरीय अभिमुखीकरण, प्रचारप्रसार अभियान, स्

    • प्रकाशित मितिः चैत १, २०८२
    • २१० पटक पढिएको
  • इटहरी एक्सचेञ्ज मेलाको पहिलो दिनमै १७ भन्दा बढी बाइक र स्कुटी बिक्री

    इटहरी - इटहरीमा सञ्चालन भइरहेको मोटरसाइकल तथा स्कुटी साटफेर मेलाको पहिलो दिनमै १७ बाइक र स्कुटी बिक्री भएका छन्। जगदम्बा मोटर्सको आयोजनामा इटहरी पश्चिम लाइन, राजस्व ढाँट स्थित पारस अटोमोवाइल्समा मेला सुरु भएको हो।मेलामा लाइफटाइम इन्जिन वारेन्टी, निःशुल्क हेल्मेट, विशेष छुट र पुराना सवारीसाधन साटफेरको सुविधा उपलब्ध गराइएको आयोजकले जनाएको छ। आकर्षक अफरका कारण मेलामा ग्राहकको उत्साहजनक सहभागिता देखिएको छ।

    • प्रकाशित मितिः चैत १, २०८२
    • ३०८ पटक पढिएको
  • पारिजात सम्मानबाट सम्मानित हुनेहरूको नाम घोषणा

    काठमाडौंः पारिजात स्मृति केन्द्रले पारिजात सम्मानबाट सम्मानित हुने प्रतिभाको नाम घोषणा गरेको छ । साहित्यकार पारिजातको ९२ औँ जन्मजयन्तीका अवसरमा शनिबार काठमाडौंमा आयोजना गरिएको ‘पारिजात जन्मजयन्ती’ कार्यक्रममा सम्मानित हुनेहरूको नाम घोषणा गरिएको हो ।केन्द्रका महासचिव दिलसुन्दर श्रेठले आगामी वैशाख ५ गते पारिजातको स्मृति दिवसमा सम्मान प्रदान गरिने बताए ।सम्मानित हुनेमा ‘पारिजात बालसाहित्य सम्मान २०८२’ बाट साहित्यकार रामबाबु सुवेदी, ‘पारिजात कला सम्मान २०८२’ बाट गीतकार तथा सङ्गीतकार शरद पौडेल, ‘पारिजात सृजन सम्मान २०८२’ बाट नवीन विभास तथा ‘पारिजात सङ्घर्षशील महिला सम्मान २०८२’ बाट देवी खड्का

    • प्रकाशित मितिः चैत १, २०८२
    • २०० पटक पढिएको
  • इटहरीमा क्रियाशील सञ्चारकर्मीद्वारा दिगो विकास र सञ्चार क्षेत्र सुदृढीकरणका लागि सहकार्यमा जोड

    इटहरीः इटहरीका सञ्चारकर्मीहरूले पत्रकारिताको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे गम्भीर समीक्षा गर्दै सञ्चार क्षेत्रको विकासका लागि आपसी सहकार्य आवश्यक रहेको बताएका छन् ।शुक्रबार इटहरीमा आयोजित एक भेलामा सहभागी सञ्चारकर्मीहरूले इटहरीको समग्र विकाससँगै सञ्चार क्षेत्रको विकास पनि जोडिएको बताउँदै समाचारमा इटहरीका विकासका मुद्दाहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन् ।पत्रकार विवेक भट्टराईले इटहरीका मिडियाहरूको वर्तमान अवस्था, समस्या, सम्भावना र स्थानीय विकासमा निर्वाह गर्न सक्ने भूमिकाबारे अवधारणा प्रस्तुत गरेका थिए । उनले मिडियाले समयानुकूल आफूलाई परिष्कृत गर्दै स्थानीय मुद्दाहरूलाई

    • प्रकाशित मितिः चैत १, २०८२
    • ५१७ पटक पढिएको
  • आज यी चार प्रदेशमा वर्षाको सम्भावना

    इटहरीः आज देशका ४ प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।महाशाखाका अनुसार आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम

    • प्रकाशित मितिः चैत १, २०८२
    • १४३ पटक पढिएको
  • मनकामना दर्शन गरेर फर्कंदै गरेको माइक्रो दुर्घटना, ६ जनाको मृत्यु, ८ जना घाइते

    काठमाडौंः गोरखामा तीर्थयात्री बोकेको माइक्रो बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मनकामना मन्दिर दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्री बोकेको माइक्रोबस दुर्घनामा परेको हो ।गोरखाको शहिद लखन गाउँपालिका–३ कान्टारमा बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना भएको हो ।प्रहरीका अनुसार घटनास्थलमा ६ जनाको मृत्यु भएको छ । उनीहरूको सनाखत हुन बाँकी छ । अन्य ८ जनाको उद्धार गरिएको छ ।घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • २१९ पटक पढिएको
  • सफारीलाई मर्यादित बनाउन ‘सुरक्षित चालक’ अभियान

    विराटनगरः विराटनगरमा सञ्चालित सिटी सफारीलाई सुरक्षित, अनुशासित र मर्यादित बनाउने उद्देश्यले सुरु गरिएको ‘सुरक्षित चालक’ अभियान अन्तर्गत तेस्रो चरणको पोसाक (ज्याकेट) वितरण गरिएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको अग्रसरतामा शुक्रबार आयोजित एक कार्यक्रमका बीच २२८ जना सफारी चालकहरूलाई ज्याकेट वितरण गरिएको हो ।अभियानमा दर्ता भएका चालकहरूलाई ट्राफिक नियम, सुरक्षित सडक प्रयोग र सुरक्षित चालक अभियानको महत्त्वबारे प्रशिक्षण समेत दिइएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेले सिटी सफारीलाई व्यवस्थित बनाउनुका साथै सवारी दुर्घटना न्यूनीकरण गर्ने उ

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • १९५ पटक पढिएको
  • ग्यास लिन लाइनमा बसेका वृद्धको उभिँदाउभिँदै ढलेर मृत्यु

    इटहरी । खाना पकाउने एलपिजी ग्यास लिन लाइनमा उभिँदा उभिँदै एक वृद्धको ढलेर मृत्यु भएको छ।घटना भारत उत्तर प्रदेशस्थित फर्रूखावादको हो।बिबिसी हिन्दीका अनुसार फर्रूखावादको मनिहारी मोहल्लामा बस्दै आएका ७५ वर्षीय मुख्तार अन्सारी शुक्रबार बिहान एलपिजी सिलिण्डर लिन लाल सरायको ग्यास डिपोमा पुगेका थिए।ग्यास डिपोमा बिहानैदेखि मानिसहरूको लाइन थियो। घन्टौंसम्म लाइन बस्नुपर्दा उनी त्यहीँ ढलेको प्रत्यक्षदर्शीलाई उद्धृत गरेर बिबिसी हिन्दीले लेखेको छ।भुइँमा ढल्नासाथ मुख्तारलाई त्यहाँ उपस्थित अन्य मानिसहरूले सिपिआर दिएका थिए। उनी होसमा नआएपछि मानिसहरूले तत्कालै नजिककै नर्सिङ होममा पुर्‍याएका थिए।त्यहा

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • १६२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल