इटहरी । व्यवस्थापकीय तथा शैक्षिक सुधारमा उत्कृष्ट कार्य गरेको भन्दै इटहरीका तीन विद्यालयहरुलाई जनही पाँच लाख रुपैया प्रोत्साहन पुरस्कार दिइने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा) ले नतिजामा आधारित प्रोत्साहन अनुदानवापत पाँच लाख रुपैया दिने भएको हो ।यसरी प्रोत्साहन पुरस्कार पाउने विद्यालयहरुमा जनता मावि, राष्ट्रिय मावि र सरस्वती मावि रहेका छन् । विभिन्न शीर्षकमा विद्यालयले पाएको अंकहरुको तुलना गरी सबैभन्दा बढी अंक पाउने तीन विद्यालयले अनुदान पाएका हुन् । अब विद्यालयले उक्त अनुदान खर्च गर्नको लागि विस्तृत योजना बनाइ उपमहानगरपालिकाको
इटहरी । इटहरीस्थित जनता माविमा यो वर्षदेखि कानुन विषयका कक्षाहरु पढाइने भएको छ । विद्यार्थीहरुप्रति कानुन विषयको रुचीलाई ध्यानमा राख्दै कक्षा ११ र १२ मा उक्त विषयका कक्षाहरु थप गरिएको विद्यालयका प्रिन्सिपल पशुपती सिग्देलले जानकारी दिए । प्रत्येक वर्ष थप कक्षा र विषयहरु राखेर विद्यार्थीहरुलाई व्यवहारिक र उपयोगि शिक्षा दिन आफूहरु अग्रसर बनेको उनले बताएका छन् । शिक्षा, मानवीकी,विज्ञान, व्यवस्थापन विषयका कक्षाहरु पढाइ भइरहेकोमा यो वर्षदेखि कानुन विषय थप हुने उनले बताए ।स्कुलको कक्षा ११ र १२ मा गरेर अहिले ८५० जना विद्यार्थी अध्ययनरतछन् । विषय थपसँगै विद्यालयको थप कोठा निर्माण कार्य पनि ती
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एक आपसमा मर्ज हुन चाहने क्याम्पसका लागि समयसीमा तोकेर निवेदन आव्हान गरेको छ ।विश्वविद्यालयले आज जारी गरेको सूचना अनुसार आपसमा गाभिई समायोजन हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन पेस गर्न समय सीमा तोकिएको हो ।विश्वविद्यालयको उपकुलपति कार्यालय योजना निर्देशनालयका अनुसार त्रिविबाट सम्बन्धन प्राप्त दुई वा दुईभन्दा धेरै क्याम्पस मर्ज हुन चाहेमा आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गरी योजना निर्देशनालयमा निवेदन दिन सक्नेछन् । उसका अनुसार यसरी मर्ज हुँदा कुनै शुल्क लाग्ने छैन, मर्जको प्रक्रिया निःशुल्क हुनेछ ।जारी सूचना अनुसार य
विराटनगर । मोरङको तीन वटा परीक्षा केन्द्रबाट ठुलो सङ्ख्यामा एकै दिन नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको झोराहाट, केराबारी र हरैचाबाट १९९ जना नक्कली परीक्षार्थी रहेका छन् ।आज सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएको मोरङ प्रहरीले जनाएको छ । ग्रामथान गाउँपालिका २ झोराहाटबाटस्थित श्री सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट आज सामाजिक विषयको परीक्षा दिँदै गरेको ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।यस्तै सार्वजनिक मावि केराबारीबाट १२७ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन् । ‘नक्कली परीक्षार्थी भेटिएपछि अहिले घटनाको अनुसन्धान भइरहेको जन
नवलपरासी । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को परासीस्थित आदर्श माविका छात्राहरु अचानक बेहोस हुन थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको छ । आइतबार र सोमबार लगातार विद्यार्थी बेहोस हुने क्रम बढेकाले दुई दिनका लागि विद्यालय बन्द गरिएको हो । विद्यालयका प्रधानाध्यापक दीपक भट्टराई भने “आइतबार विद्यालयमा प्रार्थनाको समयमा छ छात्रा बेहोस भएका थिए”, उनले भने, “आज विद्यालय सुरु हुन लाग्दा थप दश छात्रा बेहोस भएपछि पृथ्वीचन्द्र अस्पतालमा उपचारका लागि उनीहरुलाई पठाइएको छ ।”विद्यालयमा कक्षा ६ देखि ९ सम्म अध्ययनरत छात्रामा बेहोस हुने समस्या देखिएको बताए । रोग पत्ता नलागेकाले अन्य विद्यार
काठमाडौं । परीक्षाको उत्तरपुस्तिकामा नाम, रोलनम्बर र सम्पर्क नम्बर राखेर परीक्षकलाई प्रभावित पार्न खोज्ने २१ जना परीक्षार्थीलाई कर्णाली प्रदेश लोक सेवा आयोगले कारबाही गरेको छ । शनीबार एक विज्ञप्ति निकाल्दै आयोगले गत जेठ २१ गते लिएको परीक्षाको उत्तर पुस्तिकामा परीक्षार्थीले आफ्नो मोबाइल नम्बर, भित्रि पृष्टमा नाम रोल नम्बर लेखेको आयोगले जनाएको छ । आयोगको लिखित परीक्षा नतिजा शाखाले विज्ञापन नम्वर ५०३९५०६/०७८९७९ इन्जिनियरिङ सेवा, सिभिल समूह, एकीकृत उपसमूह सहायकस्तर पाँचौं तह र सवइन्जिनियर पदको लागि ०७९ जेठ २१ गते परीक्षा सञ्चालन गरेको थियो । सो परीक्षामा रोल नम्बर ३३९० सोरु ग
काठमाडौं । कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ३० र ३१ गते हुने भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षाफल प्रकाशित गर्दै ग्रेड वृद्धिको परीक्षा मिति पनि सार्वजनिक गरेको हो । यस वर्ष परीक्षा उत्तीर्ण हुनका लागि प्रयोगात्मक परीक्षामा ४० र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरिएको छ । त्योभन्दा कम अंक ल्याएको खण्डमा पुनःपरीक्षा दिनुपर्ने बोर्डले जनाएको छ । यस वर्ष नियमिततर्फ ३ लाख ६३ हजार ८, ग्रेड वृद्धितर्फ ३० हजार ४५ र आंशिकतर्फ ३ हजार १३२ गरी कूल तीन लाख ९६ हजार १८५ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए ।&nb
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ। गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षाको राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार यस वर्ष परीक्षामा ४८ प्रतिशत परीक्षार्थी सफल भएका छन्। ५२ प्रतिशत परीक्षार्थीको नतिजा एनजी (नन ग्रेडिङ) आएको छ। प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी उल्लेख हुनेछ। बोर्डले यस्तो व्यवस्था पहिलोपटक लागू गरेको हो। यसवर्ष नियमित तर्फ १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन्। एनजी उल्लेख हुने विद्यार्थीले उच्च शिक्षामा भर्ना हुन पाउँदैनन्। द
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले हिजो मंगलबार सार्वजनिक गर्ने भनेको कक्षा १२ को नतिजा आज सार्वजनिक हुने भएको छ । तीजको दिन सार्वजनिक विदा परेकाले नतिजा सार्वजनिक गर्न नहुने प्रतिक्रिया आएपछि मंगलबार सार्वजनिक हुने भनिएको परिक्षाफल आज सार्वजनिक गर्न लागिएको हो ।यसअघिको तयारी अनुसार सोमबार राती सबै प्रक्रिया पूरा गरेर मंगलबार परीक्षाफल प्रकाशित गर्ने गरी बोर्डका कर्मचारीलाई बिदा दिइएको थियो ।
काठमाडौं । शिक्षा मन्त्रालयले आन्दोलनरत विद्यालयका लेखापाल एवं कर्मचारीहरुलाई आन्दोलन छोडेर पढाउने कामलाई निरन्तरता दिन आग्रह गरेको छ।आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले घोषणा गरिएका विद्यालय बन्दको कार्यक्रम फिर्ता लिन दैनिक पठनपाठन हुने वातावरण बनाउन अनुरोध गरेको छ। निजामति कर्मचारी सरह तलब नबढेको भन्दै केही दिनदेखि चरणबद्ध आन्दोलनमा रहेका देशभरका विद्यालयका लेखापाल एवं कर्मचारीहरुले आजदेखि (१२ भदौ) पढाउने काम ठप्प पार्ने निर्णय गरेका थिए।शिक्षा मन्त्रालयले आन्दोलनरत विद्यालयका कर्मचारीसँग वार्ता र छलफल सँगसँगै गर्ने बताएको छ।