शिक्षा

    Showing ३१-४० of १८५ items.
  • सम्मानित सहित अन्नपूर्ण माविको ३५औँ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

    सम्मानित सहित अन्नपूर्ण माविको ३५औँ वार्षिक उत्सव भव्यताका साथ सम्पन्नपथरी शनिश्चरे, चैत्र ३ — मोरङको पथरी शनिश्चरेस्थित अन्नपूर्ण माध्यमिक विद्यालयले आफ्नो ३५औँ वार्षिक उत्सव विविध कार्यक्रमसहित भव्यताका साथ सम्पन्न गरेको छ। सोमबार विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा शैक्षिक उपलब्धि, सांस्कृतिक प्रस्तुति तथा सम्मान कार्यक्रमले विशेष आकर्षण थपेको थियो।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नोवलकिशोर खनालको अध्यक्षता तथा संविधानसभाका पूर्व सभासद् चण्डीप्रसाद राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षाविद्, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। का

    • प्रकाशित मितिः चैत ३, २०८२
    • २२१ पटक पढिएको
  • सिद्धार्थ सेकेण्डरी स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा विविध कार्यक्रम

    विराटचोकः मोरङको सुन्दरहरैँचा १० खोर्सानेस्थित सिद्धार्थ सेकेण्डरी स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता र शैक्षिक उपलब्धि झल्किने विविध गतिविधि आयोजना गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रममार्फत् आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । सो अवसरमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुका साथै विभिन्न परियोजना प्रदर्शन गरिएको थियो ।कार्यक्रममा गायन, नृत्य, वक्तृत्वकला तथा चित्रकला विधामा प्रतियोगिता गरेर विजयी विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।विद्यालयका पूर्व विद्यार्थी राकेश श्रेष्ठले ३ ला

    • प्रकाशित मितिः चैत ३, २०८२
    • १७७ पटक पढिएको
  • पथरी शनिश्चरेमा विद्यार्थी प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम सम्पन्न

    पथरी शनिश्चरे, चैत २मोरङको पथरी शनिश्चरे नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालन गरिएको नगरपालिका स्तरीय विद्यार्थी प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।शुक्रबार उद्घाटन गरिएको कार्यक्रम आज समापन गरिएको हो। पथरी शनिश्चरे नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयहरूको सहभागितामा कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ। पथरी शनिश्चरे–१ स्थित पञ्चायत माध्यमिक विद्यालयको संयोजनमा कार्यक्रम सञ्चालन गरिएको थियो।कार्यक्रमअन्तर्गत विभिन्न विधामा प्रतिस्पर्धा गराइएको थियो। विज्ञान प्रदर्शनीतर्फ बुद्ध माध्यमिक

    • प्रकाशित मितिः चैत २, २०८२
    • २४० पटक पढिएको
  • विराटनगरमा मर्यादित र सुरक्षित रूपमा होली मनाउन आग्रह

    विराटनगर – विराटनगर–२ स्थित तिनपैनीको सामुदायिक प्रहरी सेवा केन्द्र र डान इङ्लिस स्कुल, विराटनगर– ले  होली पर्वलाई शान्त, सभ्य र मर्यादित रूपमा मनाउन सर्वसाधारणमा अनुरोध गरेको छ। “प्रहरी र जनताको संयुक्त प्रयास, शान्ति र सुरक्षाको प्रत्यक्ष अनुभूति” भन्ने नारासहित सार्वजनिक सूचनामार्फत केन्द्रले विभिन्न सचेतनामूलक बुँदाहरू जारी गरेको हो।सूचनामा होली खेल्दा कसैको इच्छाविपरीत जबर्जस्ती रंग दल्ने, लोला हान्ने तथा फोहोर पानी छ्याप्ने जस्ता गतिविधि नगर्न आग्रह गरिएको छ। महिला, बालबालिका तथा बाटोमा हिँडिरहेका सर्वसाधारणलाई अनावश्यक दुःख–हैरानी नदिन पनि अपिल गरिएको छ।यस्तै, लागुऔषध तथा मादक पदार

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • २२० पटक पढिएको
  • रेडस्टार माध्यमिक विद्यालयको ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

    पथरी शनिश्चरे — रेडस्टार माध्यमिक विद्यालय/कलेजको ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८२ अन्तर्गत दोस्रो दिनको कार्यक्रम शनिबार बिहान ९ बजेदेखि विद्यालयको सिनियर ब्लकमा विविध सांस्कृतिक, शैक्षिक तथा सम्मान कार्यक्रमसहित भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।कार्यक्रम विद्यालयका प्रबन्ध निर्देशक तथा प्रिन्सिपल टि.एन. तिम्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो भने पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापो प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो।प्रमुख अतिथिको आगमनसँगै मार्चपास, राष्ट्रिय गान तथा दीपप्रज्वलन (गमलामा पानी हालेर उद्घाटन) गरी कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको थियो। शिक्

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • १६७ पटक पढिएको
  • मिल्स माविले मनायो हीरक जयन्ती

    विराटनगरः विराटनगर–१६, रानीस्थित श्री मिल्स माध्यमिक विद्यालयले आफ्नो ७५ औँ वार्षिकोत्सव तथा हीरक जयन्ती साताव्यापी विविध कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ ।फागुन २ गतेदेखि सुरु भएको हीरक जयन्ती महोत्सवको शुक्रबार विशेष समारोहका साथ समापन गरिएको हो । हीरक जयन्तीको उद्घाटन वि.सं. २००९ देखि विद्यालयमा अध्यापन गराएर सेवानिवृत्त हुनुभएकी ९४ वर्षीया पूर्व शिक्षिका मणिकला गुरुआमाले गर्नुभएको थियो । उद्घाटन समारोहअघि प्रमुख अतिथि मणिकला गुरुआमालाई रथारोहण गराई नगर परिक्रमा गराइएको थियो ।समारोहमा विद्यार्थीहरूले आफैँ निर्माण गरेको रोबोटमार्फत प्रमुख अतिथिलाई स्वागत गरेका थिए । सोही अवसरमा हीरक

    • प्रकाशित मितिः फागुन ९, २०८२
    • १५९ पटक पढिएको
  • सुन्दरहरैंचामा प्रथम शैक्षिक महोत्सव सम्पन्न

    विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाद्वारा आयोजित ‘प्रथम शैक्षिक महोत्सव’ बुधबार सम्पन्न भएको छ ।तीन दिवसीय महोत्सवमा नगरभित्रका ८७ वटा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूले आफ्ना लुकेका प्रतिभा र सिर्जना प्रस्फुटन गरेका थिए । प्रदर्शनीमा राखिएका एक सयभन्दा बढी स्टलहरूमा विज्ञान–प्रविधि, गणितीय सीप, चित्रकलादेखि मौलिक साहित्यिक कृतिहरू आकर्षणको केन्द्र बनेका थिए ।बेलबारी र केराबारीका एकएक वटा विद्यालयले पनि महोत्सवमा सहभागिता जनाएका थिए ।

    • प्रकाशित मितिः फागुन ९, २०८२
    • १७४ पटक पढिएको
  • कोशी प्रदेशस्तरीय लोक नृत्य प्रतियोगितामा बेलबारीको डेल्टा इंग्लिस स्कुल सिनियर र जुनियर दुवैमा पहिलो

    दमकः राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) कोशी प्रदेशको आयोजनामा सम्पन्न प्रदेश स्तरीय अन्तर–विद्यालय लोक सांस्कृतिक नृत्य प्रतियोगिता २०८२ मा बेलबारीको डेल्टा एङ्ग्लिश स्कुलले सिनियर र जुनियर दुवै विधामा पहिलो भएको छ ।दमक–६ स्थित डेलिया मन्टेश्वरी स्कुलको प्राङ्गणमा भएको प्रतियोगितामा सिनियरतर्फ मोरङ ज्ञानोदय स्कुल दोस्रो, हिमालय इङ्लिस स्कुल तेस्रो र इमिनिट स्कुलले सान्त्वना पुरस्कार जितेका छन् ।जुनियरतर्फ आभा इङ्लि स्कुल दोस्रो, हिमालय इङ्लिस स्कुल तेस्रो र इमिनिट स्कुलले सान्त्वना पुरस्कार जितेका हुन् ।कार्यक्रम नेसनल प्याब्सन कोशी प्रदेशका कार्यवाहक अध्य

    • प्रकाशित मितिः फागुन ५, २०८२
    • १६४ पटक पढिएको
  • लभ्ली एन्जल्स इङ्लिस बोर्डिङ स्कुलको २९ औँ वार्षिकोत्सवमा विविध कार्यक्रम

    इटहरी । विविध कार्यक्रमका साथ सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित लभ्ली एन्जल्स इङ्लिस बोर्डिङ स्कुलको २९ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह शनिबार सम्पन्न भएको छ ।प्रमुख अतिथिको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै नगरको शैक्षिक विकासमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो भने अभिभावक चिठ्ठा कार्यक्रममार्फत् अभिभावकलाई उपहार प्रदान गरिएको थियो । विद्यार्थीहरूले नृत्य, गायन, तेक्वान्दो, नाटक तथा खेलकौ

    • प्रकाशित मितिः फागुन ३, २०८२
    • २०२ पटक पढिएको
  • सुन्दरहरैंचामा फागुन ४ गतेदेखि प्रथम शैक्षिक महोत्सव

    विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाले पहिलोपटक शैक्षिक महोत्सव आयोजना गर्ने भएको छ । विराटचोकस्थित औद्योगिक प्रदर्शनीस्थलमा महोत्सव हुने भएको हो ।‘ज्ञान र सिपको उत्सव, सुन्दरहरैँचा शैक्षिक महोत्सव २०८२’ नाम दिइएको सो महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी दिँदै नगर प्रवक्ता तथा वडा नम्बर १२ का वडा अध्यक्ष रोशन प्रसाद ढकालले महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने जानकारी दिनुभयो ।सो महोत्सव हरेक दिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने भएको छ । नगरपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन हुन लागेको महोत्सवले वि

    • प्रकाशित मितिः फागुन २, २०८२
    • २२७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल
  • निर्देशक तथा सह-सम्पादक : भोजराज घिमिरे