विराटनगर - नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आयोजनामा शुक्रबार कोशी प्रदेश सरकारले ल्याएको संचार विधेयकविरुद्ध धर्ना दिन पुगेका पत्रकारमाथि प्रहरीले धरपकड गरेको छ।विधेयकलाई अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास भन्दै पत्रकार महासंघले प्रदेश सभा सचिवालय अगाडि विरोध प्रदर्शन गरेको थियो। सो क्रममा कार्यक्रममा सहभागी पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिन खोजेपछि हलचल भएको थियो।पत्रकार महासंघले प्रहरीको बल प्रयोगप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रतामाथि धक्का दिने गरी सरकारले दमनकारी शैली अपनाएको टिप्पणी गरेको छ। &nb
विराटनगर - न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल २५ औं वर्षमा प्रवेश गरेको छ। वि.सं. २०५७ साल भाद्र ८ गते न्यूरो डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरका रूपमा डा. विरेन्द्र कुमार विष्टको पहलमा स्थापना भएको यो स्वास्थ्य संस्था अहिले देशकै अग्रणी सुपरस्पेशियालिटी अस्पतालका रूपमा विकसित भइसकेको छ।अस्पतालले २५ वर्षको यात्रामा २५ लाखभन्दा बढी बिरामीलाई सेवा प्रदान गरेको छ। यस अवधिमा ७५०० भन्दा बढी न्युरो सर्जरी, ५००० भन्दा बढी मुटु सम्बन्धी प्रक्रिया र ६००० भन्दा बढी हाडजोर्नी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको तथ्याङ्क सार्वजनिक गरिएको छ।अस्पतालका संस्थापक एवं वरिष्ठ न्यूरोलोजिस्ट डा. विरेन्द्
इटहरी — स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) जनता बहुमुखी क्याम्पसले बुधबार आफ्नो नयाँ भवन उद्घाटन गरेको छ। उद्घाटन समारोहमा इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलसहित पाँच जना पूर्व स्ववियू सभापतिहरूलाई सम्मान गरिएको छ।भवन इटहरी उपमहानगरपालिका र क्याम्पसको संयुक्त लगानीमा निर्माण गरिएको हो। नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको भवनमा हलसहित तीन कोठा रहेका छन्। उद्घाटन मेयर पौडेल र क्याम्पस अध्यक्ष विकास केसीले गर्नुभयो।मेयर पौडेलले विद्यार्थीलाई राजनीतिक संस्कार सुधार्ने जिम्मेवारीमा जोड दिनुभयो भने, सभापति सहदेव काफ्लेले नयाँ भवनले विद्यार्थीहरूको आवश्यकता र अधिकार अगाडि बढाउन सहयोग गर्ने
विराटनगर – श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट परम्परागत रूपमा निकालिने ऐतिहासिक श्री राधाकृष्ण रथयात्रा यस वर्ष विराटनगरमा अत्यन्तै भव्य रूपमा सम्पन्न भएको छ। ५८ वर्षपछि नयाँ रथ निर्माण भएको यस अवसरलाई विशेष उत्सवका रूपमा मनाइएको हो।श्री राधाकृष्ण मन्दिर समितिले करिब ४५ लाख रुपैयाँभन्दा बढी खर्च गरेर नयाँ रथ निर्माण गरेको हो। नेपाल र भारतका करिब ५ लाखभन्दा बढी भक्तजन आइतबार विराटनगरमा जम्मा भई रथयात्रामा सहभागी भएका थिए। भक्तजनलाई स्वागत गर्न विराटनगरवासीले खाना, नास्ता, खिर, पुरी, जेरी, तरकारी, मिठाई, लस्सी, जुस, सर्वत, पानी तथा चिया–कफीसम्मको व्यवस्था गरेका थिए।पानी ट्याङ्कीस्थित श्री राधाकृष्ण
संखुवासभा – पूर्वी नेपालको धार्मिक आस्थाको प्रतीक, पाथीभरा माता मन्दिर संखुवासभाको पाँचखपन नगरपालिका वाना भाङ्गटारमा विधिवत् स्थापना भएको छ। २०७९ साल फागुन २१ देखी सुरु भई २५ गते पण्डित खेमनाथ दाहालको नेतृत्वमा प्राणप्रतिष्ठा सम्पन्न भएको यस समारोहमा स्थानीय र आसपासका भक्तजनहरूले उत्साहजनक सहभागिता जनाएका थिए।सिद्धदेवी पाथीभरा संरक्षण संस्थाले आयोजना गरेको यस धार्मिक कार्यक्रममा सिद्धेश्वर महादेव र अन्य देवी–देवताहरूको प्राणप्रतिष्ठासहित पूजा अर्चना सम्पन्न भएको थियो। मन्दिरको स्थापना धार्मिक मात्र नभई सांस्कृतिक धरोहरको संरक्षणको दृष्टिले पनि महत्वपूर्ण मानिएको छ।प्रत्येक वर्ष माघ महिनाको बाल
- प्रदीप चापागाईं विराटनगर - महिला उद्यमी महासंघ नेपालले आफ्नो सेवा विस्तार र संगठनलाई थप सशक्त बनाउने उद्देश्यसहित प्रदेशस्तरीय संरचना निर्माण सुरु गरेको छ। यस क्रममा सोमबार कोशी प्रदेश कमिटीको औपचारिक गठन गरिएको छ।कृति श्रेष्ठ उपाध्यायको अध्यक्षतामा ९ सदस्यीय महिला उद्यमी महासंघ कोशी गठन भएको छ। नवगठित कमिटीमा उपाध्यक्ष सुशीला सापकोटा, सचिव सपना रिजाल, कोषाध्यक्ष श्रद्धा तामाङ रहेका छन्। त्यस्तै सदस्यमा सुस्मा पौडेल, तारा बास्कोटा, चन्दा लिम्बू, माया गुरूङ र नीलम भट्टराई चयन भएका छन्।महासंघकी केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले नव निर्वाचित पदाधिकारी र सदस्यलाई पद तथा गो
विराटनगर — कोशी प्रदेशमा प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (टिभेट/TVET) क्षेत्रमा निजी क्षेत्रको प्रभावकारी र अर्थपूर्ण संलग्नता बढाउन सोमबार त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।सामाजिक विकास मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा मन्त्रालय, उद्योग संगठन मोरङ, क्यान महासंघ कोशी प्रदेश तथा दिगो तथा सम्मानित रोजगारीका लागि सीप (इन्स्योरे) परियोजना सहयोग इकाईबीच समझदारी सम्पन्न भएको हो।यस समझदारीअन्तर्गत श्रम बजारको माग र आपूर्तिबीच सन्तुलन कायम गर्ने, दक्ष जनशक्ति उत्पादन गर्ने, नीतिगत समन्वय गर्ने तथा स्वदेशमै सम्मानजनक रोजगारीको वातावरण सिर्जना गर्ने लक्ष्य राखिएको छ।समझदारीप
-प्रदीप चापागाईंविराटनगर – महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले बढ्दो युवा पलायन रोक्न साना तथा मझौला उद्यमीहरूलाई विशेष प्रोत्साहन गर्न सरकारसँग आग्रह गरेकी छन्।अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सोमबार विराटनगरमा आयोजित कार्यक्रममा उनले उद्यमशीलता प्रवर्द्धनमार्फत युवाहरूलाई देशमै अवसर सिर्जना गर्न सकिने बताइन्। विदेशिने युवामा पुरुषको संख्या धेरै भएकाले महिलालाई उद्यममा प्रोत्साहित गर्दा अर्थतन्त्र र रोजगारी दुवैमा लाभ पुग्ने उनको भनाइ थियो।कार्यक्रममा कोशी प्रदेश सरकारका आर्थिक सल्लाहकार मोहनकुमार सुवेदीले ‘उदय परियोजना’ मार्फत भदौको अन्तिम सातादेखि युवालाई विनाधितो ऋण वितरण सुरु ह
पथरी – सामुदायिक वन दिवसको अवसरमा मोरङको पथरीशनिश्चरेस्थित डाँस मोरङ्गी सामुदायिक वन क्षेत्रमा वृक्षरोपण गरिएको छ। हरेक वर्ष विभिन्न कार्यक्रमसहित मनाइँदै आएको सामुदायिक वन दिवस यस वर्ष वृक्षरोपण गरेर मनाइएको हो।सामुदायिक वन उपभोक्ता महासंघ पथरीशनिश्चरे नगरकार्यसमितिले आयोजना गरेको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मोरङले सहकार्य गरेको थियो। जंगलमा आहाराको अभावका कारण वन्यजन्तु सडकमा पुग्दा दुर्घटनाको जोखिम बढ्ने र बस्तीमा हात्ती प्रवेश गरी क्षति पुर्याउने सम्भावना रहने भएकाले यस्तो जोखिम न्यूनीकरणको उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको सामुदायिक वन उपभोक्ता महासंघ मोरङका कार्यवाह
काठमाडौँ । ‘डिजिटल नेपाल सम्मेलन’ चौथो संस्करण यही साउन ३० गते आयोजना हुने भएको छ । आइसिटी फाउण्डेशन नेपालले पत्रकार सम्मेलन गरी ‘इम्पावरिङ डिजिटल नेपाल दुगेदर’ भन्ने नारासहित ‘डिजिटल नेपाल सम्मेलन–२०२५’ आयोजना गर्न थालिएको जनाएको हो । यस वर्षको मुख्य थिम ‘डिजिटल सिनर्जीः ट्रान्सफर्मिंङ गभर्नेन्स, इकोनोमी एण्ड सोसाइटी’ रहेको छ ।पुल्चोकस्थित द प्लाजामा आयोजना हुने सम्मेलनमा आठ वटाभन्दा बढी सत्रमा राष्ट्रिय र अन्तरराष्ट्रिय विज्ञसहित ५० भन्दा बढी वक्ता रहनेछन् । गुगलको सहभागिता हुने सम्मेलनमा डिजिटल शासन, डिजिटल पूर्वाधार, डिजिटल स्वास्थ्य, डिजिटल अर्थतन्त्रलगायतका विषयमा संवाद हुनेछ