सूचना प्रविधी

    Showing १११-१२० of १२४ items.
  • अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन नदिने विधेयक पारित

    काठमाडाैं । अस्ट्रेलियाको संसद्‌ले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक अनुमोदन गरेको छ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त विधेयक बुधबार अस्ट्रेलियाली संसद्का तल्लो सदन र बिहीबार सिनेटबाट पारित भएको हो।विधेयक पारित भएसँगै अब त्यहाँ १६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जाल चलाउन पाउने छैनन्। तर यो कानुन कम्तीमा १२ महिनापछि लागू हुने बीबीसीले जनाएको छ। प्राविधिक कम्पनीहरूले यो कानुन पालना गरेनन् भने उनीहरूलाई ५ करोड अस्ट्रेलियाली डलर (नेपाली झन्डै ४ अर्ब ४० करोड रुपैयाँ) जरिवाना हुनेछ।प्रधानमन्त्री एन्थोनी अल्बानीजले बालबालिकालाई सामाजिक सञ्जालक

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • ६०३ पटक पढिएको
  • नेपालमा पहिलो पटक टिकटक दर्ता, मेटा र एक्सलाई पनि सरकारको पत्र

    काठमाडौँ । नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक दर्ता भएको छ । तिहारअघि नै दर्ता प्रक्रिया पुरा भइसकेको भए पनि मंगलवार मात्रै टिकटकको कम्पनीले नेपालमा आधिकारिक रूपमा दर्ता भएको प्रमाण पत्र लिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको हो ।मन्त्रालयका अनुसार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ को उपदफा ६ बमोजिमको व्यवस्था अनुसार मन्त्रालयमा दर्ता गरिएको हो । यस अघि नेपालमा टिकटक आधिकारिक नभए पनि अब भने आधिकारिक रूपमा नेपालको ऐन कानूनको परिपालना गर्ने प्रक्रियामा अघि बढेको छ ।यसअघि टिकटकमार्फत भइरहेका साइबर अपराधमा उक्त कम्पनीले कुनै पनि सूचन

    • प्रकाशित मितिः कार्तिक २१, २०८१
    • ६३३ पटक पढिएको
  • रुसले गुगलमाथि लगायो विश्वभरको रकम जोड्दा पनि नपुग्ने जरिवाना

    एजेन्सी । रुसको एक अदालतले युट्युबमा गुगलमाथि धेरै ठूलो रकम जरिवाना तोकेको छ । रुसी सरकारी सञ्चार माध्यमलाई प्रतिबन्ध लगाएको आरोपमा लगाइएको जरिवानाको रकम यति धेरै छ कि गन्न पनि गाह्रो छ । बीबीसीका अनुसार रुसको अदालतले २.५ अण्डसिलियन रुबल अर्थात् २५ डेसिलियन अमेरिकी डलर जरिबानाको फैसला गरेको हो । १ अण्डसिलियनमा १ पछि ३६ वटा जिरो हुन्छन् ।अर्थात् रुसी अदालतले गुगललाई २०,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,००० अमेरिकी डलर जरिबाना तिर्न भनेको छ । यो धनराशि गुगलको पूरै सम्पत्ति बेचेर पनि पुग्दैन । अदालतले जरिबाना रकम तिर्न गुगललाई ९ महिनाको समय सीमा दिएको छ ।यदि ९ महिनाभित्र पनि तिर्न नसके

    • प्रकाशित मितिः कार्तिक १६, २०८१
    • ५०० पटक पढिएको
  • प्रचण्ड सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध ओली सरकारले हटाउँदै

    इटहरी । सरकारले ‘टिकटक’ माथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई १० महिनाअघि लगाएको टिकटकमाथिको प्रतिबन्ध केपी शर्मा ओली नेतृत्वको सरकारले हटाउने गृहकार्य अगाडि बढाएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री ओलीले चासो र निर्देशनमा टिकटकमाथिको प्रतिबन्ध हटाउनका लागि प्रक्रिया अगाडि बढाइएको स्रोत बताउँछ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकका नेपाल प्रतिनिधिसँग प्रतिबन्ध हटाउने विषयमा छलफल थालेका छन् । सञ्चार मन्त्रालयले निर्णय गरेर मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेपछि त्यसबारे आवश्यक

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • ७४३ पटक पढिएको
  • बिराटचाैककाे वशिष्ठ केबल नेट र बिराटनगरकाे इन्फो नेट सहित ७ वटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स रद्द

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सात वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) इ–मेलसहित रद्द गरेको छ । प्राधिकरणले तोकिएको समयभित्र नवीकरण नगरेपछि ७ वटा सेवा प्रदायकको लाइसेन्स स्वतः रद्द भएको जानकारी दिएको छ ।यी सात सेवा प्रदायकले ‘दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधिभित्र अनुमतिपत्र नवीकरणवापतको दस्तुर बुझाएर अनुमतिपत्र नवीकरणको लागि निवेदन पेस नगरेकोले,’ लाइसेन्स खारेज भएको प्राधिकरणले जनाएको छ ।लाइसेन्स रद्द हुने सेवा प्रदायक कम्पनीहरूमा श्री वशिष्ठ केबल नेट प्रालि, श्री इन्फो नेट टेक्नोलोजी प्रालि, श्री सिम्पल इन्टेलिजेन्ट सिस्टम

    • प्रकाशित मितिः असार २, २०८१
    • ३९५ पटक पढिएको
  • आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस, बागमती, गण्डकी

    • प्रकाशित मितिः असोज १७, २०८०
    • ५७७ पटक पढिएको
  • आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव नेपालमा रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी प्रदेशमा राति पनि चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाउको छ।

    • प्रकाशित मितिः असोज ९, २०८०
    • ४२९ पटक पढिएको
  • यस्तो छ आजको मौसम

    काठमाडौँ । हाल मनसुनको  न्यून  चापीय  रेखा सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि  सामान्य  बदली रहनेछ ।  कोशी,  बागमती,  गण्डकी  र  लुम्बिनी प्रदेशका  केही  स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा    चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ। आज राति भने  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी,  मधेस,  बागमती,  गण्डकी  र 

    • प्रकाशित मितिः असोज ३, २०८०
    • ५२८ पटक पढिएको
  • एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन

    एजेन्सी । एप्पलले आफ्नो नयाँ आईफोनमा लाइटनिङ चार्जिङ पोर्टको सट्टा सी–टाइप चार्जिङ पोर्ट भएको पुष्टि गरेको छ । युरोपेली सङ्घको दबाबमा कम्पनीले यो कदम चालेको हो ।अहिलेसम्म, आईफोनमा अन्य फोनभन्दा छुट्टै लाइट चार्जिङ पोर्ट थियो, जुन आईफोनको पहिचान पनि थियो । तर अब एप्पलले यसलाई परिवर्तन गर्ने निर्णय गरेको छ ।मङ्गलवार आफ्नो वार्षिक लन्च कार्यक्रममा, कम्पनीले अब ‘विश्वव्यापी रूपमा स्वीकृत मानक’ युएसबी–सी केबल नै प्रयोग गरिने बताएको छ ।मङ्गलवार एप्पलले आफ्नो नयाँ सिरिजको घडी पनि सार्वजनिक गरेको छ । यसमा पहिले भन्दा धेरै उन्नत चिप हुनेछ ।यद्यपि, विश्लेषकहरू विश्वास गर्छन् कि एप्पलले यो वर्ष ल्या

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • १८३ पटक पढिएको
  • कोशी सहित पाँच प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ । नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। हाल सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।साथै लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज रा

    • प्रकाशित मितिः भदौ २५, २०८०
    • १७५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल