सूचना प्रविधी

    Showing ४१-५० of १३५ items.
  • लाइफटाइम वारेन्टीको आकर्षण: इटहरीको टिभिएस मेलामा तेस्रो दिनमै ४५ बढी सवारी बिक्री

    सुनसरी - इटहरीमा जारी टिभिएस मोटरसाइकल तथा स्कुटरको एक्सचेञ्ज मेला उत्साहजनक बनेको छ। मेलाको तेस्रो दिनसम्म ४५ भन्दा बढी मोटरसाइकल र स्कुटर बिक्री भएका छन्।जगदम्बा मोटर्सको आयोजनामा इटहरी राजस्वढाट स्थित पारस अटोमोवाइल्समा सञ्चालन भइरहेको मेलामा लाइफटाइम इन्जिन वारेन्टी, निःशुल्क हेल्मेट र विशेष छुटको व्यवस्था गरिएको छ।साथै, जुनसुकै ब्रान्डका पुराना सवारी साटफेर गरी नयाँ टिभिएस खरिद गर्ने सुविधा समेत रहेकाले ग्राहकको आकर्षण बढेको आयोजकले जनाएको छ।

    • प्रकाशित मितिः चैत ३, २०८२
    • ५०३ पटक पढिएको
  • इटहरी एक्सचेञ्ज मेलाको पहिलो दिनमै १७ भन्दा बढी बाइक र स्कुटी बिक्री

    इटहरी - इटहरीमा सञ्चालन भइरहेको मोटरसाइकल तथा स्कुटी साटफेर मेलाको पहिलो दिनमै १७ बाइक र स्कुटी बिक्री भएका छन्। जगदम्बा मोटर्सको आयोजनामा इटहरी पश्चिम लाइन, राजस्व ढाँट स्थित पारस अटोमोवाइल्समा मेला सुरु भएको हो।मेलामा लाइफटाइम इन्जिन वारेन्टी, निःशुल्क हेल्मेट, विशेष छुट र पुराना सवारीसाधन साटफेरको सुविधा उपलब्ध गराइएको आयोजकले जनाएको छ। आकर्षक अफरका कारण मेलामा ग्राहकको उत्साहजनक सहभागिता देखिएको छ।

    • प्रकाशित मितिः चैत १, २०८२
    • ३०४ पटक पढिएको
  • इटहरीमा भोलिदेखि टिभिएस एक्सचेञ्ज मेला, पुरानो बाइक साटेर नयाँ किन्न विशेष अवसर

    इटहरी — इटहरीमा टिभिएस मोटरसाइकल तथा स्कुटरको विशेष एक्सचेञ्ज मेला भोलि (आइतबार)देखि सुरु हुने भएको छ। जगदम्बा मोटर्स को आयोजनामा इटहरी पश्चिम लाइन, राजस्व ढाँटस्थित आधिकारिक बिक्रेता पारस अटोमोवाइल्स मा चैत १ गतेदेखि चैत ६ गतेसम्म मेला सञ्चालन हुने जनाइएको छ।मेलामा ग्राहकलाई लाइफटाइम इन्जिन वारेन्टी, निःशुल्क हेल्मेट तथा विशेष छुटजस्ता आकर्षक अफर उपलब्ध गराइने आयोजकले जनाएको छ। साथै, जुनसुकै ब्रान्डका पुराना मोटरसाइकललाई अनुभवी मूल्याङ्कनकर्तामार्फत उच्च मूल्याङ्कन गरी साटफेरको सुविधा प्रदान गरिनेछ।ग्राहकले आफ्नो पुरानो बाइक साटेर विशेष छुटसहित नयाँ टिभिएस का मोटरसाइकल वा स्कुटर खरिद गर्न सक्

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • ५७० पटक पढिएको
  • ७५.६८ अंकसहित रामप्रसादराई गाउँपालिका जिल्लामा पहिलो

    सुनसरी - राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्यांकन नतिजाअनुसार रामप्रसादराई  गाउँपालिका ७५.६८ अंकसहित भोजपुर जिल्लामा पहिलो र कोशी प्रदेशमा तेस्रो स्थानमा परेको छ।कोशी प्रदेशका ८८ गाउँपालिकामध्ये रामप्रसादराइ गाउँपालिका पहिलो स्थानमा रहेको छ भने देशभरका ७५३ स्थानीय तहमध्ये २१ औँ स्थान हासिल गरेको आयोगले जनाएको छ।गाउँपालिका अध्यक्ष थाम बहादुर राई ले यो उपलब्धि कर्मचारी, जनप्रतिनिधि र स्थानीयवासीको सामूहिक प्रयासको परिणाम भएको बताउँदै आगामी वर्ष अझ राम्रो नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • ५८१ पटक पढिएको
  • इटहरीमा आइतबारदेखि टिभिएस एक्सचेञ्ज मेला : लाइफटाइम इन्जिन वारेन्टीसहित आकर्षक अफर

    इटहरी- इटहरीमा टिभिएस मोटरसाइकल तथा स्कुटरको विशेष एक्सचेञ्ज मेला आइतबारदेखि सुरु हुने भएको छ। जगदम्बा मोटर्स प्रा.लि.को आयोजनामा इटहरीको पश्चिम लाइन, राजस्व ढाँटस्थित आधिकारिक बिक्रेता पारस अटोमोवाइल्समा चैत्र १ गते आइतबारदेखि चैत्र ६ गतेसम्म ‘टिभिएस एक्सचेञ्ज मेला’ सञ्चालन हुन लागेको हो।मेलामा ग्राहकलाई लाइफटाइम इन्जिन वारेन्टी, निःशुल्क हेल्मेट तथा विशेष छुटजस्ता आकर्षक अफर उपलब्ध गराइने आयोजकले जनाएको छ।यसका साथै मेलामा अनुभवी भ्यालुएटरमार्फत जुनसुकै ब्रान्डका पुराना मोटरसाइकलको उच्च मूल्याङ्कन गरिने व्यवस्था गरिएको छ। ग्राहकले आफ्नो पुरानो बाइक साटेर विशेष छुटसहित नयाँ टिभिएस बाइक वा स्कु

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • ४०७ पटक पढिएको
  • विराट अनुपमको ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक, ऐतिहासिक तथ्यसहितको राजनीतिक दस्ताबेज बजारमा

    सुनसरी -पत्रकार तथा लेखक विराट अनुपमद्वारा लिखित पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ राजधानीमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ। विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन्।प्रकाशक बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले पुस्तकलाई ऐतिहासिक राजनीतिक दस्ताबेजको संज्ञा दिएका छन्। शिलापत्र डटकमका सम्पादक योगेश ढकालले विस्तृत तथ्यांक र नवीन सामग्री समेटिएको उल्लेख गर्दै यसलाई पठनयोग्य कृति बताएका छन्।लेखक अनुपमका अनुसार पुस्तकमा १०९ वटै निर्वाचन क्षेत्रको नतिजा, राजनीतिक दलका घोषणापत्र तथा बीपी कोइराला र राजा महेन्द्रबीचको सम्बन्धलगायत विषय समावेश छन्।

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • ३८५ पटक पढिएको
  • तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद् सुनसरीको पाँचौँ अधिवेशन सम्पन्न, दिलीप गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    इटहरी -तमु (गुरुङ) समुदायको साझा संस्था तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति सुनसरीको पाँचौँ अधिवेशन केन्द्रीय वरिष्ठ उपाध्यक्ष डम्बरबहादुर गुरुङ (डीबी कोके गुरुङ) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा केन्द्रीय उपाध्यक्ष केशरमान गुरुङ, केन्द्रीय सदस्यहरू बलिमान गुरुङ र दिव्यराज गुरुङ, कोशी प्रदेश अध्यक्ष होम घले तथा पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष भद्रमन गुरुङको उपस्थिति रहेको थियो।अधिवेशनबाट दिलीप गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ। उपाध्यक्षमा विष्णुमाया गुरुङ र भोला कोराङ्गे गुरुङ, सचिवमा निरञ्जन गुरुङ, संगठन सचिवमा कृपास्वर घले, प्रचार सचिवमा

    • प्रकाशित मितिः माघ २५, २०८२
    • ३८१ पटक पढिएको
  • फूल खसिगो, माया बसिगो’ : बेल बहादुर परियारको लोकसंगीत यात्रा जारी

    बर्दिबास - लोक तथा दोहोरी संगीतको क्षेत्रमा निरन्तर सक्रिय गायक बेल बहादुर परियारले आफ्नो नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ को म्युजिक भिडियो मंगलबार बर्दिबासमा सार्वजनिक गरेका छन् ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीको आयोजनामा गौतम होटल, बर्दिबासमा आयोजित कार्यक्रममा मधेश प्रदेशकी पूर्व राज्य मन्त्री सारदा देवी थापा र बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले संयुक्त रूपमा भिडियो विमोचन गरे । विमोचनपछि भिडियो उपस्थित दर्शक–श्रोतामाझ प्रोजेक्टरमार्फत देखाइएको थियो ।बेल बहादुर परियार र प्रतिमा अर्यालको स्वर रहेको गीतमा प्रेम, बिछोड र भावनालाई लोकलयमा बु

    • प्रकाशित मितिः माघ २०, २०८२
    • ३८९ पटक पढिएको
  • दर्ता भएको एक वर्षपछि सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय

    काठमाडौंः दर्ता भएको एक वर्षपछि सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिन स्वीकृति प्रदान गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले सो विधेयक संसद्बाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सो विधेयक ल्याएका थिए । १५ माघ २०८१ मा राष्ट्रिय सभामा दर्ता भएको विधेयक विवादका कारण धेरै अगाडि बढ्न सकेको थिएन ।प्रस्तावित विधेयकको उद्देश्य र कारणमा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन स्पष्ट बनाउने भनिएको थियो ।तत्कालीन

    • प्रकाशित मितिः माघ २०, २०८२
    • २८१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल