इटहरी -तमु (गुरुङ) समुदायको साझा संस्था तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति सुनसरीको पाँचौँ अधिवेशन केन्द्रीय वरिष्ठ उपाध्यक्ष डम्बरबहादुर गुरुङ (डीबी कोके गुरुङ) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा केन्द्रीय उपाध्यक्ष केशरमान गुरुङ, केन्द्रीय सदस्यहरू बलिमान गुरुङ र दिव्यराज गुरुङ, कोशी प्रदेश अध्यक्ष होम घले तथा पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष भद्रमन गुरुङको उपस्थिति रहेको थियो।

अधिवेशनबाट दिलीप गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ। उपाध्यक्षमा विष्णुमाया गुरुङ र भोला कोराङ्गे गुरुङ, सचिवमा निरञ्जन गुरुङ, संगठन सचिवमा कृपास्वर घले, प्रचार सचिवमा वार्ता गुरुङ, कोषाध्यक्षमा जानुका गुरुङ तथा सह–कोषाध्यक्षमा हेमा तमु गुरुङ चयन भएका छन्।

साथै अन्य सदस्यहरू पनि चयन भएका छन्।