सुनसरी - राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्यांकन नतिजाअनुसार रामप्रसादराई  गाउँपालिका ७५.६८ अंकसहित भोजपुर जिल्लामा पहिलो र कोशी प्रदेशमा तेस्रो स्थानमा परेको छ।

कोशी प्रदेशका ८८ गाउँपालिकामध्ये रामप्रसादराइ गाउँपालिका पहिलो स्थानमा रहेको छ भने देशभरका ७५३ स्थानीय तहमध्ये २१ औँ स्थान हासिल गरेको आयोगले जनाएको छ।

गाउँपालिका अध्यक्ष थाम बहादुर राई ले यो उपलब्धि कर्मचारी, जनप्रतिनिधि र स्थानीयवासीको सामूहिक प्रयासको परिणाम भएको बताउँदै आगामी वर्ष अझ राम्रो नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

FB_IMG_1773401443638