सूचना प्रविधी

    Showing ८१-९० of १३५ items.
  • टीभीएस ‘तिहार एक्सचेन्ज मेला’ इटहरीमा सुरु

    इटहरी – तिहारको अवसरमा पारस अटोमोबाइल्स, इटहरीले ‘TVS Tihar Exchange Mela’ सुरु गरेको छ। असोज २८ देखि कात्तिक २ गतेसम्म चल्ने यो मेलामा जुनसुकै ब्राण्डको पुरानो बाइक वा स्कुटर साटेर नयाँ टीभीएस बाइक वा स्कुटर लिन सकिनेछ।मेलामा ग्राहकका लागि रु. ३०,००० सम्मको न्यूनतम मूल्यांकन, रु. १ लाखसम्मको क्यास डिस्काउन्ट, रु. १०,००० सम्मको भ्यालु एडिसन, साथै फ्री एक्सेसरीज, लाइफटाइम वारन्टी र सजिलो फाइनान्स सुविधा उपलब्ध छन्।पारस अटोमोबाइल्सका अनुसार मेलामा सहभागी भई पुरानो बाइक वा स्कुटर साटेर नयाँ सवारी साधन घर लैजाने सुनौलो अवसर ग्राहकले पाउनेछन्।

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • ६६५ पटक पढिएको
  • रोटरी क्लब अफ विराटनगरद्वारा सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीलाई पुनर्निर्मित भवन हस्तान्तरण

    विराटनगर, असोज ३० – आज मिति २०८२ साल असोज ३० गते, विहीबार, सामुदायिक प्रहरी सेवा केन्द्र विराटनगर–२, तिनपैनीमा आयोजित एक विशेष कार्यक्रममा उक्त केन्द्रको पुनर्निर्मित भवन रोटरी क्लब अफ विराटनगरद्वारा औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।गत २०८२ साल भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा आगजनीबाट पूर्णरूपमा ध्वस्त भएको उक्त भवन रोटरी क्लब अफ विराटनगरले सामाजिक उत्तरदायित्वअन्तर्गत पुनः निर्माण गरी सामुदायिक प्रहरी सेवा केन्द्रलाई प्रदान गरेको हो।कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष श्रीमती मीना जोशीको अध्यक्षता तथा मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्री कवित कटुवाल

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • ५१९ पटक पढिएको
  • “आस्थाको धरोहर : पाँचखपन वाना–भाङ्गटारस्थित पाथिभरा मन्दिर (फोटो फिचर)”

    संखुवासभा -  संखुवासभाको पाँचखपन नगरपालिका–वाना भाङ्गटारमा अवस्थित पाथिभरा मन्दिर धार्मिक आस्था र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा परिचित छ। स्थानीयवासी मात्र नभई टाढाटाढाबाट भक्तजन यहाँ दर्शन गर्न आउने गर्छन्। 

    • प्रकाशित मितिः असोज १५, २०८२
    • ६९१ पटक पढिएको
  • ब्लड क्यान्सर पीडित धनमाया पुरीलाई ४ लाख ६५ हजार ५ सय ३५ रुपैयाँ सहयोग

    सुनसरी - बराहक्षेत्र–३ नडाहाकी धनमाया पुरी ब्लड क्यान्सरसँग संघर्षरत छन् । आर्थिक अवस्था कमजोर भएपछि उपचार कठिन हुँदै गइरहेको अवस्थामा दिपक पुरीको पहलमा देश–विदेश र गाउँघरबाट संकलित ४,६५,५३५ रुपैयाँ आज बिरामीकी छोरा अंकुर पुरीलाई हस्तान्तरण गरिएको छ ।कार्यक्रममा स्थानीयको बाक्लो उपस्थिति थियो । दिपक पुरीले भने, “मैले समस्या देखाएँ, तर सहयोग गर्ने तपाईंहरू सबै हुनुहुन्छ । बिरामीको स्वास्थ्यमा सुधार हुनु तपाईंहरूको माया र आशीर्वादकै कारण हो ।”यस सहयोगले पुरी परिवारलाई ठूलो राहत पुगेको छ ।

    • प्रकाशित मितिः असोज १२, २०८२
    • ४४१ पटक पढिएको
  • नेपालमा जेन जि आन्दोलन: संघर्ष र सम्भावना

    -मनोज दाहाल इनरुवा - नेपालमा हरेक पुस्ताले आफ्नो आवाजले इतिहास लेखेको छ। अहिलेको जेन जि पुस्ता डिजिटल दुनियाँमा हुर्किएको, नतिजा खोज्ने, न्याय, समानता र इमानदार शासनको लागि आवाज उठाउने नयाँ शक्ति हो। उनीहरूले कुनै दल वा नेताको प्रतिक्षा गरेनन्—आन्दोलन स्वतः जन्मियो।सडक, सामाजिक सञ्जाल, फेसबुक, ट्विटर, टिकटक र इन्स्टाग्राम—यी सबै माध्यमले आन्दोलनलाई विश्वभर फैलाए। तर यसको मूल्य पनि ठूलो छ—सडकमा संघर्ष, अश्रुग्यास, गोलीबारी, हजारौं घाइते, धेरैले जीवन गुमाए।यस आन्दोलनले सबैभन्दा ठूलो उपलब्धि भनेको मौन समाजलाई बोल्न सिकाउनु हो। “किन बेरोजगारी? किन शिक्षा महँगो? किन स्वास्थ्य व्यापार भयो?”—जस्

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • ९६७ पटक पढिएको
  • ‘संसारी खबर’ अनलाइन पोर्टल शुभारम्भ : धर्म, संस्कृति र समाजमुखी पत्रकारितामा जोड बिराटनगर

    विराटनगर -  विराटनगरबाट सञ्चालित नयाँ अनलाइन समाचार पोर्टल ‘संसारी खबर’ औपचारिक रूपमा शुभारम्भ भएको छ। नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्काले उद्घाटन गर्नुभएको यस पोर्टलले धार्मिक, सांस्कृतिक र सामाजिक मूल्य–मान्यतालाई प्राथमिकतामा राख्दै समाचार प्रवाह गर्ने अठोट सार्वजनिक गरेको छ।शुभारम्भ कार्यक्रममा पूर्वमन्त्री जयराम यादव, वडा नं. ८ का वडाध्यक्ष राम पोखरेल, पत्रकार महासंघ र प्रेस युनियनका पदाधिकारी, पत्रकार, सञ्चारकर्मी तथा सामाजिक अभियन्ताहरूको सक्रिय उपस्थिति थियो।अध्यक्ष खड्काले तथ्यपरक, जिम्मेवार र समाजलाई मार्गदर्शन गर्ने पत्रकारिताको खाँचो औंल्याउँदै “संसारी खबरले ध

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • ३९१ पटक पढिएको
  • दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्न सर्वाेच्चकाे परमादेश , बिहीबारदेखि निस्कृिय बनाउने सरकारकाे तयारीकाे

    इटहरी । नेपालमा इजाजत नलिएका सामाजिक सञ्जाल र विभिन्न ओभर द टप ओटीटी (ओटीटी) एप बन्द गर्न बाटो खुला भएको छ ।सर्वोच्च्च अदालतले बुधबार सामाजिक सञ्जाल र विभिन्न माध्यम ओटीटी एप्सलगायत इन्टरनेट ब्राउजरको माध्यमबाट विज्ञापनसहित प्रसारण हुने सामग्रीमाथि रोक लगाउन परमादेश जारी गरेसँगै नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुने बाटो खुलेको हो ।गत बिहीबार सरकारले सूचना जारी गर्दै एक साताभित्र नेपालमा सञ्चालन भएका सामाजिक सञ्जाललाई सूचीकरणका लागि निवेदन दिन आह्वान गरेको थियो । सरकारले विभिन्न सामाजिक सञ्जाल कम्पनीलाई दिएको अल्टिमेटम सकिएकै दिन सर्वोच्च्च अदालतले करिब ५ वर्षअघि दर्ता भएको रिटमाथि बुधब

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • ५३३ पटक पढिएको
  • नेपालसँग श्रम सम्झौता भएका देशहरूमा अनिवार्य हुलाक सेवा सम्झौता गर्नुपर्छ - मन्त्री गुरुङ

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालसँग श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रुपमा हुलाक सेवा सम्झौता गर्नुपर्ने बताउनुभएको छ ।हुलाक सेवा विभागले वार्षिक प्रगति समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा संवोधन गर्दै मन्त्री गुरुङले यस्तो निर्देशन दिनुभएको हो । उहाँका अनुसार हुलाकको पछिल्लो व्यावसायिक सम्भावना पार्सल डेलिभरी रहेको विदेशमा भएका नेपालीको पहुँच सम्म विस्तार बढाउन श्रम सम्झौता भएका देशहरूमा हुलाक सेवाको विस्तार गर्न आवश्यक हुने बताउनुभयो  । मन्त्री गुरुङले पार्सले सेवालाई भरपर्दो, व्यापक र विश्वसनीय बनाउन पनि आग्रह गर्नुभयो । अन्तरक्रिया का

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • २५३ पटक पढिएको
  • व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा नेता राणाको जोड

    ललितपुर । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाले सूचना प्रविधिको वर्तमान युगमा गलत सूचना प्रवाहलाई नियन्त्रण चुनौतीपूर्ण बनेको बताउनुभएको छ । साथै उहाँले व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभएको छ ।     नेपाल पत्रकार महासङ्घ ललितपुरले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले ‘डिजिटल मिडिया’मार्फत समाचार सम्प्रेषण गर्ने अवसरसँगै चुनौती पनि थपिएकाले सत्यतथ्यमा आधारित समाचार सम्प्रेषणमा जोड दिनुभयो ।     “पत्रकारितामा धेरै सम्भावना र चुनौती छन् । मूलधारका मिडिया पक्षपाती भइरहेका अवस्थामा स्वरोजगारमूलक मिडियाले परिपूरण गर्नुपर

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • ४७६ पटक पढिएको
  • समानुपातिक समावेशी निर्वाचन प्रणालीका पक्षमा जनमत सिर्जना गर्नुपर्ने – सञ्चारमन्त्री

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समानुपातिक समावेशी निर्वाचन प्रणालीमा जनमत सिर्जना गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आज यहाँ आयोजित पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले समानुपातिक समावेशी निर्वाचन प्रणाली हटाइयो भने संविधानको मूल मर्म नै मर्ने हुँदा यसका पक्षमा जनमत सिर्जना गर्नुेपर्नेमा जोड दिनुभयो ।नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङका अनुसार पछिल्लो समय समावेशी र समानुतापतिक प्रणालीलाई नेताहरूले नै कमजोर बनाउन लागेकाले त्यसको बचाउ गर्न सम्बद्ध पक्ष एक हुनुपर्ने बताउनुभयो । “कति

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • ५३९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल