स्वास्थ्य

    Showing १०१-११० of २०६ items.
  • गछियामा भएको रक्तदानमा ३७ पिण्ट रगत सङ्कलन

    इटहरी । गछिया जेसीज र सुन्दरदुलारी उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा ३७ पिण्ट रगत सङ्कलन भएको छ । विराट टिचिङ मेडिकल कलेजको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रियसभाका पूर्व सदस्य रमेशजंग रायमाझी रहेका थिए । गछिया जेसीज र सुन्दरदुलारी उद्योग वाणिज्य संघले हरेक वर्ष दशैंको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने गरेका छन् । 

    • प्रकाशित मितिः असोज ९, २०८२
    • ५७८ पटक पढिएको
  • जेनजी प्रदर्शनमा घाइतेलाई विराट मेडिकलले नि:शुल्क उपचार गर्ने

    जेनजी प्रदर्शनमा घाइतेलाई विराट मेडिकलले नि:शुल्क उपचार गर्नेविराटनगर। मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले जेनजी प्रदर्शनका क्रममा घाइते भएका सबैलाई नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ।सोमबार हस्पिटलले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालका विभिन्न स्थानमा भएका आन्दोलनका घटनामा घाइते भएकाको उपचार सामाजिक उत्तरदायित्व अन्तर्गत पूर्ण रूपमा निःशुल्क गर्ने उल्लेख गरिएको छ।हस्पिटलले एम्बुलेन्स सेवा थप प्रभावकारी बनाइ विभिन्न स्थानमा सहजै उपलब्ध गराउने तयारी गरेको जनाएको छ। आपतकालीन चिकित्सा प्रतिनिधि (ERT) टोली तथा आघात उपचार सुविधासहितका स्रोतहरूमार्फत आकस्मिक अवस्थाक

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • ६४३ पटक पढिएको
  • फोहर व्यवस्थापनमा स्थानीय तहको सहकार्य आवश्यक

    गण्डकी । फोहरको उचित व्यवस्थापनमार्फत आयआर्जनका गतिविधि एवं रोजगारी सृजना गर्न स्थानीय तहहरूबीच असल अभ्यास, प्रविधि र सीप आदानप्रदान गर्नुपर्नेमा जोड दिइएको छ । पोखरा महानगरपालिकाको टोलीद्वारा दाङको राप्ती गाउँपालिकाले सञ्चालन गरेको फोहरमैला प्रशोधन केन्द्रको अवलोकनमा क्रममा सहभागीले फोहरमैला व्यवस्थापन गर्न अन्तरपालिका सहकार्य र समन्वय आवश्यक भएकामा जोड दिएका हुन् ।     फोहर व्यवस्थापनको काम चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँहरूले यसका लागि सामुदायिक सचेतना र जनसहभागिता महत्त्वपूर्ण हुने बताउनुभयो । राप्ती–२ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पहलमान चौधरीले जोखिम मोलेर फोह

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • ४१९ पटक पढिएको
  • विराटनगरमा मेगा रक्तदान अभियान, प्रमुख जिल्ला अधिकारी यादवको समर्थन र शुभकामना

    विराटनगर - तेरापन्थ युवक परिषद् विराटनगरले आगामी सेप्टेम्बर १७ (अशोज १) गते आयोजना गर्न लागेको मेगा ब्लड डोनेशन ड्राइभ (MBDD) कार्यक्रम को जिल्ला प्रशासन कार्यलय मोरङ का प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले समर्थन जनाउनुका साथै शुभकामना पनि व्यक्त गर्नुभएको छ। प्रमुख जिल्ला अधिकारी यादवले रक्तदान मानव जीवनका लागि अत्यन्तै महत्त्वपूर्ण योगदान भएको उल्लेख गर्दै यस अभियानमार्फत हजारौँ जीवनलाई नयाँ ऊर्जा मिल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले युवाहरुले समाजमा सकारात्मक परिवर्तन ल्याउने खालका सामाजिक कार्यमा अग्रसर भएको देख्दा हर्ष लागेको भन्दै परिषद्को भूमिकाको प्रशंसा गर्नुभयो। तेरापन्थ युवक

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • ४२७ पटक पढिएको
  • फरक क्षमता भएकी २७ वर्षीया पन्थलाई निवासमै नागरिकता

    तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले फरक क्षमता (अपाङ्गता) भएलाई निवासमा नै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गर्ने कार्यलाई जारी राखेको छ ।     यसक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले आइतबार व्यास नगरपालिका–११ का मिनानाथ पन्थ र पवित्रादेवी पन्थकी फरक क्षमता भएकी छोरी २७ वर्षीया सविना पन्थलाई निवासमै नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभयो ।     विविध कारणवश हालसम्म नागरिकता प्राप्त नगर्नुभएकी सविनालाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।     सविनाको नागरिकता प्रमाणपत्रको सम्पूर्ण विवरण जिल्ला प्रशासन का

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • ४०६ पटक पढिएको
  • बुढीगंगामा अन्तर–वडा स्तरीय फुटबल प्रतियोगिता सम्पन्न, उत्कृष्ट ३२ खेलाडी छनोट

    मोरङ - मोरङको बुढीगंगा गाउँ युवा परिषद्को आयोजनामा “तिन युग तिन नेतृत्व : विगत र वर्तमान स्थानीय नेतृत्वको सम्मान” भन्ने मूल नारासहित अन्तर–वडा स्तरीय फुटबल प्रतियोगिता भव्यतापूर्वक सम्पन्न भएको छ।मिति २०८२ जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा गाउँपालिकाभित्रका ७ वटा वडा र १३ वटा विद्यालयमार्फत प्रतिनिधित्व गर्ने गरी कुल ८ टिम सहभागी भएका थिए। यसअघि बैशाख २४ गतेदेखि वडा स्तरीय छनौट प्रक्रिया सुरु गरी अन्ततः पालिका स्तरीय टिम निर्माण गरिएको हो।प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने ३२ जना खेलाडीलाई पालिका स्तरीय फुटबल टिमका लागि छनोट गरी  औपचारिक रूपमा गाउँपालिकाल

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • ७३९ पटक पढिएको
  • ‘जलवायु परिवर्तनका कराण् विकासोन्मुख मुलुक बढी प्रभावित भएका छन्’

    गण्डकी । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले जलवायु परिवर्तनका कारण नेपालजस्ता विकासोन्मुख मुलुक बढी प्रभावित भएका बताउनुभएको छ ।     कानुनी युवा मञ्च (फ्लाई)द्वारा आज यहाँ आयोजित ‘दक्षिण एसियाली जलवायु न्याय फेलोसिप तथा क्याम्प’मा उहाँले जलवायु परिवर्तनका असरबारे विभिन्न कार्यक्रममार्फत विश्व समुदायलाई सचेत गराइए पनि सोचेअनुसार प्रगति हासिल गर्न नसकिएको उल्लेख गर्नुभयो ।     मौसम तथा जलवायु परिवर्तन र विश्व उष्णीकरणको मारमा दक्षिण एसियाली राष्ट्र परेका भट्टको भनाइ छ । जलवायु परिवर्तनको मूल कारक नेपालजस्ता मुलुक नभए पनि यसको असर विकासोन्मुख मुलुकमा पर्ने उहाँल

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • ५६२ पटक पढिएको
  • विराट मेडिकल कलेजमा २ सय शैय्याको स्त्री तथा प्रसूति भवन उद्घाटन : पूर्वाञ्चलको स्वास्थ्य सेवामा नयाँ युग

    विराटनगर - पूर्वाञ्चलको स्वास्थ्य सेवा क्षेत्रमा ऐतिहासिक कदम चालेको छ—बुढीगंगा गाउँपालिका–२, टंकिसिनवारीस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले स्त्री तथा प्रसूति सेवाका लागि समर्पित २ सय शैय्याको अत्याधुनिक भवन मंगलबारदेखि सञ्चालनमा ल्याएको छ।महिला स्वास्थ्य सेवाको गुणस्तर र पहुँच विस्तारलाई लक्षित गर्दै निर्माण गरिएको यो नयाँ भवनको उद्घाटन काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेले गरेका हुन्।अत्याधुनिक सुविधानयाँ भवनमा ५ वटा अत्याधुनिक शल्यक्रिया कक्ष (अप्रेशन थिएटर), २ सय बेड क्षमताको वार्ड, ३० डिलक्स क्याबिन, छुट्टै गाइनो–आइसीयू, स्त्री तथा प्रसूति आपतकालीन सेवा र

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • ७२३ पटक पढिएको
  • टेम्केमैयुङमा तीन करोडको लागतमा पशुपंक्षी सेवा केन्द्र निर्माण

    भोजपुर । टेम्केमैयुङ गाउँपालिकामा करिब तीन करोड २१ लाख लागतमा अत्याधुनिक कृषि तथा  पशुपंक्षी सेवा केन्द्र निर्माण सम्पन्न भएको छ । आर्थिक करिडोर पाख्रीबासमार्फत बनेको यो भवन अत्याधुनिक प्रयोगशाला, उपकरण र सुविधासम्पन्न व्यवस्थासहित सञ्चालनमा आएको हो ।सुविधा सम्पन्न भवनबाट गाउँपालिकाको कृषि तथा पशुपालन क्षेत्रको विकासमा प्रत्यक्ष टेवा पुग्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिनुभयो । उहाँका अनुसार आधुनिक उपकरणसहितको भवनले सेवा प्रवाहसँगै विभिन्न समस्याको समाधान र अनुसन्धानमा नयाँ ढोका खोलेको छ ।“गाउँपालिकामा सुविधासम्पन्न कृषि तथा पशु सेवा केन्द्र सञ्चालनमा आएको छ”, उपाध्यक्ष राई

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • ६५० पटक पढिएको
  • वीरगञ्जमा समुदायरस्तरै फैलियो हैजा : दुईको मृत्यु, दुई दिन विद्यालय बन्द

    पर्सा । वीरगञ्ज महानगरपालिकामा हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द गरिएको छ । महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालहरूमा दुई दिनका पठनपाठन बन्द गरिएको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।केही दिनदेखि वीरगञ्जमा बढ्दै गएको हैजाको संक्रमणलाई मध्यनजर गर्दै आइतबार र सोमबार दुई दिनका लागि महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको महाशाखाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार शनिबार अबेर रातिसम्म वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • ४२३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल